राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, १३ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दसौँ नगरसभाको बैठक आइतबार पनि चालु रह्यो ।
सभामा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरको आकार र विशेषताअनुसार भक्तपुर नगरपालिकाको सन्तुलित विकास गर्न बजेट विनियोजन गरेको उल्लेख गर्दै नगरको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई क्रमशः प्राथमिकतामा राखी बजेट छुट्याएको प्रस्ट्याउनुभयो
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेसम्ममा स्थानीय तहको बजेट पेश गर्नुपर्ने र निश्चित समयावधिभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको जानकारी दिँदै उहाँले नगरवासीबाट प्राप्त राय सुझावलाई समेटेर जनमुखी बजेट निर्माणमा जोड दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी देश चीन आफ्नो देशको विकाससँगसँगै संसारका अरू विकासशील र विकासोन्मुख देशको पनि विकास गर्ने उद्देश्यले अगाडि बढिरहेको छ । यसले समाजवादी र पुँजीवादी देशबीचको भिन्नताबारे प्रस्ट पार्छ ।”
भनपाको आ.व. २०७८÷०७९ को बजेटमाथि भएको दफावार छलफलमा १६ जना नगर सभासद्हरूले आफ्नो विचार राख्नुभएको थियो ।
छुट्याउनुपर्ने बैठकमा गोविन्द दुवालले आदर निकेतन निर्माण तथा सञ्चालन यसै वर्ष गर्नुपर्ने र भक्तपुरको साना उद्योग क्षेत्रलाई हस्तकलामा आधारित उद्योगको रूपमा विकास गर्नुपर्ने, जितेन्द्र मुनंकर्मीले अरनिको सभाभवन निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने, सम्झना खाइजुले नगरमा विषादी जाँच गर्ने ल्याबको लागि बजेट धारणा राख्नुभयो ।
त्यसैगरी नगर सभासद्हरू तुल्सीलक्ष्मी दुमरूले खानेपानी मुहानलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्नुपर्ने, रन्जना त्वातीले नगरका सबै वडामा स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्ने र राजेन्द्र माकले रामन्दिर पुललगायत पुराना र जीर्ण अवस्थामा रहेका पुलहरू मौलिक शैलीमा पुनःनिर्माण गर्नुपर्नेलगायतका सुझावहरू राख्नुभएको थियो ।
नगरसभाको अर्को बैठक असार १५ गते, मङ्गलबार दिनको १ बजे बस्ने नपा स्रोतले जनाएको छ ।
Leave a Reply