भर्खरै :

सकारात्मक रचना र समाचारको निम्ति

‘मजदुर’ दैनिकलाई साधुवाद ! १२ असार २०७८, शनिबारको ‘मजदुर’ दैनिक हेरेँ । मैले सन्तोषको सास फेरेँ । किन ?
भारतमा ‘अर्बन नक्सल’ पछि अब ‘साहित्यिक नक्सल’ शीर्षकको बीबीसी हिन्दी सेवाका पूर्वसम्पादक’ प्रियदर्शनको लेख हेर्ने अवसर मिल्यो । अङ्ग्रेजहरूको शासनमा पनि भारतमा कवि, लेखक, कलाकार वा साहित्यकारहरूले स्वतन्त्र अभिव्यक्तिकै कारण सजाय पाएका थिए ।
नेहरू र इन्दिरा गान्धीको आपत्काल (१९७५ जून ५) पछि पनि कलमजीवीहरू, कलाकार र सिने कलाकारहरूले पनि मानसिक यातना भोगेका थिए, पत्रकारहरूसमेत पीडित थिए ।
वर्तमान भाजपाको मोदी सरकारको शासनमा झैँ, नेहरू र इन्दिरा गान्धीको पुँजीवादी शासनमा पनि शासकहरूले प्रजातन्त्र र जनताको पक्षमा लेख्ने प्रगतिशील कलमजीवीहरूलाई जेलको सजाय दिन्थे, तिनको बहिष्कार गर्थे, उनीहरूलाई पेशाबाट वञ्चित गर्थे । संसारका सबै काग काला हुन्छन् भनेजस्तै पुँजीवादी र फासीवादी शासकहरू पनि सबै जनताविराधी र देशविरोधी हुन्छन् ।
पुँजीवादी ऐन कानुन र पुँजीवादी अदालतबाट भारतका बहुमत जोताहा किसान र गरिब किसानहरूले न्याय नपाउँदा पूर्वी भारतको नक्सलवादी भन्ने हाम्रो झापाभन्दा पूर्वको सिलगुडी इलाकामा किसानहरूले विद्रोह गरेका थिए– १९६०–७० को दशकमा !

पुँजीवादी प्रजातन्त्रमा वाक् स्वतन्त्रता, विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता पाइन्छ भनिएको ‘संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक देश’ भारतमा कसरी सर्जकहरू फासीवादी दमनका शिकार हुँदै छन् भारतमा भनी प्रस्ट पा¥यो ‘मजदुर’ दैनिकले । नेपालका ठुल–ठुला पत्र–पत्रिका र समाचार पत्रहरूले भारतमा भइरहेको अभिव्यक्ति स्वतन्त्रताको विरोधमा सा¥है कम लेखेका छन् । यसको अर्थ ठुला दैनिक पत्रिकाहरू ‘अभिव्यक्ति स्वतन्त्रता’ लाई मन पराउँदैनन्, तिनीहरू व्यापारी र पुँजीवादी वर्गको सामान बेच्ने ‘पैसा’ वा ज्यामीमात्रै हुन् भन्ने प्रस्ट छ ।

भारतीय काङ्ग्रेसको शासनको दमनचक्रको विरोधमा भारतका विभिन्न क्षेत्रका किसान जनताले शासक वर्गको दमनको विरोधमा सशस्त्र प्रतिकार गरेका थिए । सरकारको त्यो दमन चक्रको विरोधमा कलमजीवीहरूले पीडित किसान र त्यस आन्दोलनको पक्षमा कविता लेखे, गीत गाए, नाटक लेखे, कथा र लेखहरू लेखे । जनताका साहित्यकार र प्रगतिशील साहित्यकारहरूलाई आजको भाजपाका फासीवादी शासकहरू र शासनले पनि ‘सहरी नक्सल’ र ‘साहित्यिक नक्सल’ भन्दै दमन गर्दै छन् । पुँजीवादी प्रजातन्त्रमा वाक् स्वतन्त्रता, विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता पाइन्छ भनिएको ‘संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक देश’ भारतमा कसरी सर्जकहरू फासीवादी दमनका शिकार हुँदै छन् भारतमा भनी प्रस्ट पा¥यो ‘मजदुर’ दैनिकले । नेपालका ठुल–ठुला पत्र–पत्रिका र समाचार पत्रहरूले भारतमा भइरहेको अभिव्यक्ति स्वतन्त्रताको विरोधमा सा¥है कम लेखेका छन् । यसको अर्थ ठुला दैनिक पत्रिकाहरू ‘अभिव्यक्ति स्वतन्त्रता’ लाई मन पराउँदैनन्, तिनीहरू व्यापारी र पुँजीवादी वर्गको सामान बेच्ने ‘पैसा’ वा ज्यामीमात्रै हुन् भन्ने प्रस्ट छ ।
‘मजदुर’ को त्यस अङ्कमा सन् १८४० देखि १९४९ सम्मः नेपाल र चीनको तुलनात्मक अध्ययन’ शीर्षकको लेख र ‘कम्युनिस्ट पार्टीसँगै चीनमा अरू आठ पार्टी’ को समाचार पनि प्रस्तुत छ ।
यसको सान्दर्भिकता अमेरिकाको ‘दुई पार्टी तानाशाही’ को राजनैतिक बन्दोवस्त र बेलायतको बहुमत दलले शासन गर्ने प्रतिपक्ष वा अल्पमतले विरोधी भूमिका खेल्ने ‘वेस्टमिनिस्टर सिस्टम’, उत्तर र दक्षिण अमेरिका, अफ्रिका, एसिया र नेपालमा समेत असफल भएको प्रस्ट पार्छ । संरा अमेरिकामा कोभिड–१९ मा सबभन्दा बढी सङ्क्रमित र मृत्यु हुनु, ट्रम्प निर्वाचनमा पराजित हुँदा ह्वाइट हाउसमा आक्रमण गर्नु र जर्ज फ्लोयडको घटनापछिको अमेरिकाव्यापी र विश्वव्यापी प्रतिक्रियाबाट दुई पार्टी तानाशाही व्यवस्थाको टाटपल्टाइ प्रस्ट भयो ।
कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र मृतकको सङ्ख्या समाचार, ‘क्युवामा असफल संरा अमेरिका’, ‘लिविया, गद्दाफी र पश्चिम हमला’, ‘कोभिड–१९ को उत्पत्ति र दोषारोपणको राजनीति’ क्रमशः ब्राडले ब्लानकेनसीप, स्टेफन नेद्वा र हैदर रिफातका लेखहरू सा¥है सान्दर्भिक अनुभव गरेँ ।
भक्तपुर जिल्लाको कोभिड–१९ अपडेट (असार–१२) मा जिल्ला स्वास्थ्य कार्यालयको सूचना, मध्यपुर, सूर्यविनायक र चाँगुनारायणको पीसीआर रिपोर्ट कम हुँदै जानु र भक्तपुर नगरपालिकाको पीसीआर रिपोर्ट शून्य देख्दा भक्तपुर जिल्ला विस्तारै कोरोना रोगबाट जनता मुक्त हुँदै जाने आशाले मन हलुङ्गो भयो । यस अर्थमा सु–समाचार सम्प्रेषणको निम्ति ‘मजदुर’ दैनिकलाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *