भर्खरै :

पार्टी सय वर्षको, आकर्षण युवाको

(चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) आउँदो बिहीबार जुलाई १ मा पर्ने आफ्नो शतवार्षिक स्थापना दिवस बनाउने तयारीमा लागेको छ । एक सय वर्ष लामो इतिहास बोकेको चिकपा अझै पनि युवा भावनाले भर्भराउँदो देखिन्छ । चिकपामा ९ करोड २० लाख सदस्यहरू छन् । उनीहरूमध्ये एक तिहाइभन्दा बढी ४० वर्षभन्दा कम उमेरका छन् । एक सय वर्षअघि उत्तिबेलाका युवाहरूले स्थापना गरेको पार्टी अझै पनि युवाहरूका आकर्षण बनिरहनुको कारण के होला ? शान्तिपूर्ण परिस्थितिमा हुर्केका, आर्थिक र सामाजिक विकास उकालो लागिरहेको देशमा जन्मनुको लाभ प्राप्त र पश्चिमा विश्वसँग परिचित आजका ती चिनियाँ युवाहरू के आफ्ना बाजे र बुबा पुस्ताले भन्दा फरक आँखाबाट चिकपालाई हेर्ने गरेका छन् ? के यी युवाहरूमा पार्टीप्रति योगदान गर्ने उही बलियो भावना छ ?

चिकपाले १०० औँ स्थापना दिवस मनाउँदै गरेको समयमा चीनका युवाहरू, विशेषतः पार्टीका सदस्यहरूका टाउकामाथि कयौं प्रश्न मडारिइरहेका छन् : एक सय वर्ष पुरानो चिकपाप्रति के अझै युवाहरू आकर्षित छन् ? उनीहरूका आमाबुवाले जस्तै चिकपालाई ‘चीनको एक मात्र रक्षक’ मान्न के उनीहरू तयार छन् ? अनि जनता र देशको सेवामा उनीहरूसँग पुर्खाको जस्तो भावना र उत्साह छ त ?

चिकपा चिनियाँ जनताको स्वाभाविक छनौट किन बन्यो, एक शताब्दीको समयावधिमा आइलागेका चुनौती र परीक्षण सामना गर्दै चिकपा किन अघि बढ्न सक्यो र यति विशाल देशमा सफल शासन गर्न र चीन अनि सम्पूर्ण विश्वको लागि आर्थिक चमत्कार ल्याएको प्रभावशाली आर्थिक नीति कार्यान्वयनमा ल्याउन सक्नुको कारण के हो भन्ने विषयमा चीनको ग्लोबल टाइम्सले चलाएको लेख शृङ्खलाअन्तर्गत यो लेखमा चिकपाप्रति युवाहरूको दृष्टिकोणबारे छलफल गरिएको छ । आउनुहोस्, चिनियाँ युवाहरूको कुरा सुनौँ ।)
जून महिनाको पहिलो साता । अरू बिहीबारजस्तै सामान्य बिहीबार । बिहानको २ बजे । चीनको राजधानीको मुटु मानिने ऐतिहासिक तेनआन मेन चोक । मानिसहरूको लामो लाम । तीमध्ये अधिकांश युवाहरू थिए । दुई घण्टापछि तेनआन मेन चोक खुला गरियो । चुलबुले युवाहरू आफू अरूभन्दा अगाडि हुने होडमा दौडादौड गर्दै अघि बढे । केही बेरपछि उडाइने चम्किलो राष्ट्रिय झण्डालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने उनीहरू सबभन्दा उपयुक्त ठाउँको खोजी गर्दै थिए ।

त्यो भीडमा थिए– विश्वविद्यालयका विद्यार्थीहरूको एउटा समूह । उनीहरू सबै चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य हुन् । पार्टीको शत्वार्षिक स्थापना दिवसको अवसरमा पार्टीप्रति सम्मान व्यक्त गर्न उनीहरू त्यहाँ आएको बताए । जुलाई १ मा मानिसहरूको ठुलो भीड हुने भएकोले आफूहरू केही दिनअघि नै आएको उनीहरूले सुनाए ।
सन् २०१९ को अन्त्यको तथ्याङ्कअनुसार चिकपामा ९ करोड २० लाख सदस्य छन् । उनीहरूमध्ये एक तिहाइभन्दा बढी सदस्य त चालिस वर्षमुनिका छन् । पार्टीको कुल सङ्ख्यामध्ये २ प्रतिशत विद्यार्थीहरू छन् । यो तथ्याङ्कले चिकपालाई संसारकै तुलनात्मक रूपमा युवा सत्तारूढ दल बनाएको छ ।
चिनियाँ युवाहरूको आजको पुस्तामाथि सूक्ष्म पर्यवेक्षण भइरहेको छ । यी युवाहरू परिवारको एक्लो सन्तान हुन् । उनीहरूको काँधमा परिवारको आशा छ । उनीहरूको देशको उकालिंदो विकासमा रमाउँदै हुर्कियो । यो पुस्ताले अब्बल शिक्षा पाएको छ । उनीहरू आफ्ना अभिभावकभन्दा बढी संसारसँग जोडिएका छन् । उनीहरूलाई त चिनियाँ भाषामा ‘स्याओह्वाङदी’ अर्थात् परिवारको ‘बिग्रेको सानो राजकुमार’ भन्नेहरू पनि छन् । तर, तीव्र गतिशील र उच्च प्रतिस्पर्धात्मक समाजमा श्वास फेर्न पनि फुर्सद नपाएको यो पुस्तालाई ‘उत्तानो परेको’ पुस्ता भन्ने शब्दावली पनि खुब प्रयोग हुने गरेको छ ।
चिकपाले १०० औँ स्थापना दिवस मनाउँदै गरेको समयमा चीनका युवाहरू, विशेषतः पार्टीका सदस्यहरूका टाउकामाथि कयौं प्रश्न मडारिइरहेका छन् : एक सय वर्ष पुरानो चिकपाप्रति के अझै युवाहरू आकर्षित छन् ? उनीहरूका आमाबुवाले जस्तै चिकपालाई ‘चीनको एक मात्र रक्षक’ मान्न के उनीहरू तयार छन् ? अनि जनता र देशको सेवामा उनीहरूसँग पुर्खाको जस्तो भावना र उत्साह छ त ?
अनुभवसिद्ध शिक्षा
ल्व निङ पच्चिस वर्षका युवक हुन् । उनको घर उहानमा पर्छ । उनले यो वर्ष पार्टी सदस्यताको लागि आवेदन दिइन् । उनका पिता चिकपाका सदस्य र स्थानीय तहका पदाधिकारी हुन् । उहान सहर कोभिड–१९ सँग लड्दै गर्दा उनको पिता पनि अग्रमोर्चामा थिए । आफ्नो पिताको सक्रियताले नै ल्वलाई पार्टी सदस्य बन्न अभिप्रेरित ग¥यो ।
“कडाइका साथ बाहिरी समुदायबाट सम्पर्क विच्छेद गरिएको टोलको मूल प्रवेशद्वारमा बुबा रूमालले मुख छोपेर र प्लास्टिकको पीपीईले जीउ मोडेर काम गरिरहेको मैले देखेकी थिएँ । गत वर्षको फेब्रुअरी र मार्च महिनामा उहानलाई कोरोनाभाइरसले निकै सताएको थियो । मास्क, सुरक्षा पोशाकजस्ता अत्यावश्यक सुरक्षा सामग्रीको चरम अभाव थियो । त्यो समय निकै कठिन समय थियो”, ल्वले भनिन् ।
उहान सहर कोभिड–१९ सँग लड्दै गर्दा जनताको सेवामा परिचालन हुने पहिलो समूहमा आफ्नो पिता पनि भएकोमा ल्व गौरव गर्छिन् । “म पार्टीको सदस्य हुँ, त्यसकारण म जनताको सेवामा सबभन्दा अगाडि बढ्नुपर्छ”, पिताले भनेका कुरा स्मरण गर्छिन् ल्व ।
“जनताको सेवामा पार्टी सदस्य सबभन्दा अगाडि हुनुपर्छ । म सानैदेखि बुबाको यो वाक्य सुन्दै हुर्कें । यो एउटा नाराजस्तै भइसकेको छ । तर, कोभिड–१९ सँगको भीषण लडाइँमा बुबा र अरू पार्टीका सदस्यहरूले आफ्नो जीवन नै जोखिममा राखेर जनतालाई गरेको वाचा पूरा गर्न लागेको देखेर मेरा आँखा खुले । म पनि कुनै पनि आपतविपद्मा सबभन्दा अग्रमोर्चामा उभिन चाहन्छु”, ल्वले भनिन् ।
तथ्याङ्कले चीनमा २ करोड ९० लाख पार्टी सदस्यले कोभिड–१९ सँग अग्रमोर्चामा बसेर लडेका थिए । अग्रमोर्चामा खटिएका २५ हजार स्वयम्सेवकलाई पार्टी सदस्यता दिइयो । उनीहरूमध्ये ८ हजार २०९ जना अर्थात् ३२.८ प्रतिशत ‘चिउलिनक्व’ अर्थात् सन् १९९० र त्यसपछि मात्र जन्मेका थिए ।
“सन् २०२० ले कसरी १ अर्ब ४० करोड जनसङ्ख्या भएको देशका बलियो नेतृत्वमार्फत् छोटो अवधिमा नै कोभिड–१९ लाई सफलतापूर्वक पराजित गर्न सक्यो भन्ने कुरा हेर्ने चिनियाँ युवाहरूलाई अवसर प्रदान ग¥यो । कसरी पार्टी सदस्यहरूले व्यवहारमै जनतालाई नै पहिलो प्राथमिकतामा राख्दो रहेछ भन्ने कुरा पनि आफैले भोग्ने अवसर दिएको छ”, चिकपाको चुङकिङ नगर समितिको पार्टी विद्यालयका प्राध्यापक सु वेइले भने । चिकपाको सफलता र जिम्मेवारीलाई केही पश्चिमा राजनीतिक दलहरूको झगडा, स्वार्थीपना र महामारीलाई समेत राजनीतिक लाभको निम्ति प्रयोग गर्न खोज्ने व्यवहारले हाम्रो पार्टीप्रति चीनका युवाहरूको आकर्षण अझ बढेको छ”, सुले भने ।

उनले महामारीविरूद्धको लडाईँका नायक–नायिका वा अग्रमोर्चाका लडाकूहरूले युवाहरूमा गहिरो प्रभाव पारेको पनि बताए । चिकपाको इतिहासमा जनताको हितमा आफ्नो जीवन रक्षा गर्ने मानिसहरूको उदाहरणको कुनै कमी छैन । धेरै युवाहरू त त्यस्तै बलिदानका कथाहरू सुनेर नै हुर्केका हुन् । सुनको भनाइमा महामारीलाई पराजित गर्न अग्रमोर्चाका स्वास्थ्यकर्मी, पार्टी सदस्य र अन्य स्वयम्सेवकहरूले देखाएको समर्पणले युवाहरूको विश्वास अझ बलियो भएको छ । “किनभने त्यो लडाई उनीहरू आफैले भोगेको लडाइँ हो”, उनले भने ।
ली वेनलियाङ कोरोनाभाइरसको कारण जीवन गुमाएका अग्रमोर्चामा खटिएका चिकित्सक हुन् । सन् २०१९ को डिसेम्बरको अन्त्यमा मध्य चीनको हुपेइ प्रान्तको उहानमा सेवा गरिरहेका आँखाका चिकित्सक डा.लीले सामाजिक सञ्जाल वीच्याटको एउटा संवाद समूहमा आफ्ना साथीहरूसँग सार्सजस्तै सङ्क्रामक अज्ञात रोगबारे कुरा राखेका थिए । दुई महिनापछि ली आफै भाइरसको सङ्क्रमणबाट निधन भयो । उनको निधनले धेरै चिनियाँ जनतालाई भावविह्वल बनायो ।
चिकपाका सदस्य डा.लीलाई सन् २०२० को अप्रिलमा सहिद घोषणा गरियो । तथापि, केही पश्चिमा सञ्चारमाध्यम र राजनीतिक नेताहरूले लीको निधनलाई उछालेर चीनले कोभिड–१९ को सही तरिकाले व्यवस्थापन गर्न नसकेको भनी आलोचना गर्न छोडेनन् ।
संरा अमेरिकाका सांसदहरूले वाशिङ्टनस्थित चिनियाँ दूतावासअघिको बाटोलाई ‘ली वेनलियाङ मार्ग’ नामकरण गर्न प्रस्ताव गरेका थिए । तर, डा. लीकी पत्नीले एउटा वक्तव्य जारी गरी आफ्नो श्रीमान चिकपाको सदस्य भएको र आफ्नो देशलाई अगाढ प्रेम गर्ने भएकोले चीनलाई हानी हुने कुनै पनि काममा उनको नाम दुरूपयोग नगर्न आग्रह गरिन् ।
डा.लीको निधन भएको वर्षदिनभन्दा बढी समय भइसकेको छ । तर, उनलाई भाइरस सङ्क्रमण पुष्टि भएको सार्वजनिक भएको दिन सन् २०२० को फेब्रुअरी १ मा लीले चिनियाँ सामाजिक सञ्जाल साइना वेइपोमा राखेको स्टाटसमा नेटप्रयोगकर्ताहरूले अझै पनि टिप्पणी गरिरहेका छन् । हालसालै लेखिएको एउटा टिप्पणी यस्तो छः “डा.ली, हाम्रा नायकहरूले बनाएको हाम्रो पार्टीको इतिहास पढ्दा मैले तपाईँलाई सम्झेंँ । हामी कोभिड–१९ बारे क्रमशः कम कम कुराकानी गर्न थालेका छौँ । तर, हामी तपाईंलाई कदापि पनि बिर्सने छैनौं । म तपाईंले अगाढ माया गर्ने र जसको लागि तपाईंले जीवन दिनुभयो, त्यो देश र जनताको लागि कामना गर्न चाहन्छु ।”
अक्षुण्ण भावना
युवा र पार्टीबीच विशेष सम्बन्धको इतिहास खोज्दै हामी सन् १९१० – दसकको साम्राज्यवादविरोधी राजनीतिक आन्दोलनमा पुग्न सक्छौँ । चिकपाका संस्थापक सदस्य चेन तुस्यु र ली ताचाओका साथै पार्टीका प्रारम्भिककालका सदस्यहरू उत्तिबेलाका चीनका बुद्धिजीवीहरूबीच चर्चित थिए । सन् १९१९ को विद्यार्थी आन्दोलनमा उनीहरूको बलियो प्रभाव थियो । त्यो आन्दोलन मे ४ को विद्यार्थी आन्दोलनको नामले पनि विख्यात छ ।
भीरबाट खस्न लागेको देशको लागि आफ्नो व्यक्तिगत सुरक्षा र जीवनसमेत उत्सर्ग गर्न तयार युवाहरूको समय थियो–त्यो । आजको चीनमा युवाहरू, विशेषतः सन् १९९० पछिको पुस्ता चीनकै सबभन्दा अब्बल शिक्षा पाएको पुस्ता हो । समृद्धिको समयमा जन्मेका परिवारकै उनीहरू एक्ला सन्तान हुन् । त्यही भएर पनि उनीहरूलाई ‘बिग्रेका र आस्था नभएका’ भनी व्याख्या गरिन्छ । देश र जनताको सेवा गर्न आफ्ना पुर्खाको जस्तो भावना उनीहरूमा छ वा छैन भन्ने विषयमा उनीहरूमाथि बरोबर सन्देह गर्ने गरिन्छ ।
“मैले सिपाहीं बनाउने निधो गरेको हुनाले मेरो दायित्व के हो भन्ने कुरा मलाई थाहा छ । हामीमध्ये कसैले बन्दुक नउठाए कसले देश, हाम्रो मातृभूमिको रक्षा गर्छ ?”, सेनामा भर्ती भएपछि पहिलो शरद् चाडमा स्याओ सियुआनले सन् २०१६ को सेप्टेम्बरमा आफ्नो दैनिकीमा लेखेका थिए ।
दैनिकी लेखेको चार वर्षपछि २४ वर्षका स्याओले सन् २०२० को जून महिनामा चीन–भारत सीमा द्वन्द्वमा शहादत प्राप्त गरे । उनीसँगै बटालियन कमान्डर चेन होङचुन र अन्य दुई जना सिपाहींहरू चेन स्यानरोङ र वाङ चुओरनले पनि आफ्नो जीवन बलिदान गरेका थिए । उनीहरूको बलिदानको खबरपछि चीनको भूमि रक्षाको लागि आभार व्यक्त गर्दै चिनियाँ समाजमा उनीहरूप्रति श्रद्धाञ्जलीको बाढी नै आयो ।
३० वर्षका पेइचिङ निवासी चुन यिस्याओ (नाम परिवर्तन) सात वर्षअघि पार्टीको सदस्य बनेका थिए । अप्रिलमा मध्य चीनको हेनान प्रान्तमा रहेको वाङ चाओरनको चिहानमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । “हाम्रो पुस्ता आरामदायी जीवनमा अभ्यस्त पुस्ता हो । हाम्रो पुस्तालाई त ‘उत्तानो परेको’ पुस्ता पनि भनिन्छ । त्यसकारण पार्टीको सदस्यको रूपमा म सधैँ आफूलाई यो ‘बिग्रेको ९० पछिको पुस्ता आफ्ना पुर्खाले मे ४ को आन्दोलनमा गरेजस्तो देश र समाजको लागि योगदान गर्न सक्लान् वा नसक्लान् भन्ने प्रश्न गरिरहेको हुन्छु”, चुनले भने ।
तर, युवा सिपाहीँहरूको बलिदान र वाङको चिहानअघि उभिंदा मनमा उम्लेको बलियो भावनाले आफ्नो पुस्ताले जतिसुकै आरामदायी जीवन बिताएको भए पनि र खातमा जतिसुकै उत्तानो परेर सुतेको भए पनि चीनका युवा र चिकपाका सदस्यहरूको भावना अक्षुण्ण रहनेमा चुनलाई विश्वस्त बनायो ।
“जब देश कुनै सङ्कटमा फस्छ, बिना हिचकिचाहट हामी ‘बिग्रेको’ पुस्ता अग्रसर हुन्छौँ । जसरी गत वर्ष चीन–भारत सीमा लडाईमा मारिएका सिपाहीं चेन स्यानरोङले कुनै बेला लेखेका थिए–चीनप्रति अगाढ पवित्र प्रेम ।”
गरिबी, रोग र वैचारिक सङ्घर्षको समयमा जन्मे–हुर्केका र चिकपाले मात्र चीनको रक्षा गर्नसक्ने सरल विश्वास बोकेका आफ्ना बुबा–आमा र हजुरबा–हजुरआमाभन्दा फरक युवा चिकपाका सदस्यहरूले चिकपालाई ‘प्रकाशस्तम्भ’ को रूपमा लिएका छन् जसले मानिसलाई उत्तम मानिस बन्न मार्गनिर्देशन गर्छ ।
पार्टीको इतिहास पढेका जो कोहीलाई थाहा छ, चिकपा अँध्यारो कालरात्रीमा स्थापना भएको थियो । युवा उमेरमा एक समूह मानिसले चीनको विकासको लागि उपयुक्त बाटो पहिल्याउन आफ्नो जीवन नै बलिदान गरेको थियो । “त्यस्तो महान् देशभक्तिको भावनाबाट स्थापना भएको पार्टीप्रति युवाहरूको आकर्षण कहिल्यै कम हुन सक्दैन”, २७ वर्षका छेन्दु निवासी चेङ छिङले भनिन् । उनले जुन महिनामा मात्र पार्टी सदस्यताको लागि आवेदन दिएकी छिन् ।
“मेरो लागि पार्टी भनेको उच्चस्तर र उच्च आवश्यकता भएको सङ्गठन हो । त्यसकारण पार्टीका सदस्यबाट जनताले धेरै अपेक्षा गर्ने गर्छन्”, चेङले भनिन् । चिकपा स्थापनाकालदेखि नै आफ्नो लक्ष्यमा अडिग रहेको उनको बुझाइ छ । पार्टीले चीनका जनतालाई आत्मसम्मानपूर्वक जीवन बाँच्न र शिक्षा प्रदान गरेको चेङले भनिन् ।
उनले पार्टीले आफ्नो जीवनको बाटो उज्यालो बनाइदिएको बताइन् । “पार्टीले मलाई पश्चिमा बुद्धिजीवीहरूका विचारबाट प्रभावित हुनबाट जोगाएको छ । म इन्टरनेटसँगै हुर्केर इन्टरनेटभरि पश्चिमा बुद्धिजीवीहरूको विचार छ । चिकपाका केही सदस्यहरू आफ्नो मूल लक्ष्यबाट विचलित भएर गल्ती गर्दा म आफ्नो समीक्षा यसरी गर्ने गर्छु”, उनले थपिन् ।
आत्मविश्वासले पूर्ण पुस्ता
केही मानिस आफ्नो जीवनको लक्ष्य पूरा गर्न पार्टीलाई भ¥याङ बनाउन खोज्छन् । केही युवाहरूले पार्टीको इतिहास र मार्गनिर्देशनलाई आफ्नो देशभक्तिपूर्ण भावनाको लागि ऊर्जा ठान्छन् । अनि आधुनिक चीनप्रति उनीहरूको विश्वास अझ बलियो बन्छ ।
चार वर्षअघि पार्टीमा सदस्य बनेका ३० वर्षका चुङकिङ निवासी चेङ के नियमितरूपमा पार्टी इतिहास पढ्छन् । “हरेकपटक मैले नयाँ कुरा सिकेको छु । हामीले पार्टीको इतिहास थाहा पाए मात्र हामी मूलभुत प्रश्नको उत्तर दिन सक्छौँ । मूलभुत प्रश्न भन्नालेः हामीले कहाँबाट यात्रा थालेका थियौं र कहाँ जाँदैछौँ ? यसको उत्तर दिमाग राखे हामी बाह्य शक्तिको भड्काव र प्रभावबाट मुक्त हुन सक्छौँ । विशेषतः अहिलेको जस्तो गम्भीर समयमा यो कुरा लागू हुन्छ ।”
गम्भीर अवस्था भन्नाले उनको शब्दमा चीन आज जटिल अन्तर्राष्ट्रिय अवस्थामा छ । संरा अमेरिका र अन्य केही देशहरू चीनको उदय र प्रगति दबाउन उद्यत्त छन् ।
चीनको युथ डेलीले अप्रिल महिनामा २ हजार ४२ जना युवाहरूमा गरेको एक सर्वेक्षणअनुसार ७४.७ प्रतिशत युवाहरू चीनको इतिहास अध्ययनले आजको अवस्था बुझ्न र लक्ष्यबारे बुझाइ प्रस्ट पार्न मद्दत गर्ने देखाएको छ ।
यो पुस्ता आयातीत पप संस्कृतिमा डुबेको छ । अधिकांश युवाहरू वर्षौंसम्म विदेशमा पढेका छन् । आज यी युवाहरू चीनका उपलब्धि रक्षा गर्न थप उत्साहित छन् । पार्टी र देशप्रति वफादारीमा उनीहरू अझ खुलेका छन् । देशभक्तिको ‘सीमारेखा’ नाघ्नेहरूविरूद्ध उनीहरू विपक्षमा बोल्न थप उत्सुक छन् ।

सिन्च्याङ प्रान्तको कपास उत्पादनमा उइगुरहरूलाई जबरजस्ती श्रम गराइएको आरोपको विषयलाई लिएर हालै विदेशी खुद्रा कम्पनी नाइक र एचएन्डएमले चीनमा बहिष्कार भोग्नुप¥यो ।
कोभिड–१९ महामारी नियन्त्रणमा चीनको सफलतापछि पनि हालैका वर्षमा चीनमाथि संरा अमेरिकी दमन र सन् २०१९ मा हङकङमा अराजकताले चिनियाँ युवाहरूलाई ‘देशभक्तिको अमूल्य पाठ’ सिकाएको छ । चिकपाको जनतामा आधारित अवधारणा, प्रभावशाली र सशक्त नेतृत्वले जगाएको देशभक्तिपूर्ण भावनाको कारण पश्चिमा देशप्रतिको छोटो अवधिको अस्थायी भावना छिन्नभिन्न भएको छ । स्वार्थी व्यक्तिवाद, पाखण्डी र पार्टीको झगडाले पश्चिमा विश्वप्रतिको विश्वास क्षतविक्षत भएको छ ।
‘द ग्लोबल टाइम्स’ले अप्रिलमा १५ देखि ३५ वर्ष उमेरका १ हजार २८१ जना युवाहरूबीच गरेको एक सर्वेक्षणले ४२.१ प्रतिशतले आफूलाई पश्चिमा देशहरूकै बराबरमा सोच्ने गरेको बताए । १८.४ प्रतिशतले त चीनभन्दा पश्चिम तल रहेको समेत बताए ।
“चिकपाको नेतृत्वमा चीन दिनानुदिन समृद्ध बन्दै गएपछि चीनका युवाहरूबीच चीनले ठुलो इज्जत पाएको छ । उनीहरू केही देशहरू विशेषतः संरा अमेरिकासित आक्रोशित छन् । किनभने उनीहरूले चीनको विकासलाई रोक्न खोजिरहेका छन्”, पेकिङ विश्वविद्यालयका प्राध्यापक चाङ यीउले भने ।
चीनका जनतासामु संरा अमेरिकाले आफ्नो पाखण्डी व्यवहार प्रदर्शन गरेको छ । स्वतन्त्रता, खुलापन र बहुपक्षवादको वकालत गर्ने एउटा देशले चीनको विकास रोक्न र प्रभुत्ववाद कायम राख्न कसरी आफ्ना मूल्य मान्यता त्याग्न तयार भयो भन्ने कुरा चीनका जनताले देखे ।
संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पदावधिको अन्तिम समयमा चिकपाका सबै सदस्यहरूमाथि निशाना साँधे । चिकपाका सदस्य र उनीहरूका परिवारजनलाई संरा अमेरिका आउन रोक लगाए ।
छेन्दुका चेङले केही वर्ष नेदरल्यान्डमा पढे । “पश्चिमा देशहरूका केही मानिसहरू कसरी चिकपालाई बेइज्जत गर्छन्, मैले देखेको छु । अनि मैले पश्चिमाहरूको जीवन पनि देखेको छु । उनीहरू पनि हामीजस्तै नै जीवनयापन गर्छन्”, उनले भने ।
चेङकी हजुरआमा चिकित्सक हुन् । सन् १९७० को दसकमा चीन सरकारले उनलाई मोजाम्बिकमा सहायताको लागि पठाएको थियो । दुई वर्षपछि उनी फर्किंदा उनले दुई केजी चिनी ल्याएकी थिइन् । त्यत्तिबेला चीनमा चिनी दुर्लभ चिज थियो ।
“त्यो अन्तर, त्यो आश्चर्यले हजुरआमाको पुस्ताको व्यक्तिगत छनौटलाई सजिलै प्रभावित बनाउन सक्थ्यो । तर, मेरो पुस्तासम्म आइपुग्दा चीन र पश्चिमा देशहरूबीच कुनै अन्तर छैन । टेलिकम्युनिकेसन, लुगाफाटा र अन्य सामानहरूमा हामीले पश्चिमलाई पछि पारिसक्यौँ”, उनले भने ।
वैज्ञानिक अध्येताको रूपमा काम गर्दा संरा अमेरिकी नाकाबन्दीले उनलाई कुनै प्रत्यक्ष प्रभाव पारेको छैन । “हामी कहिलेकाहीं हाँसो पनि गर्छौं, कुनै समूह वा व्यक्तिमाथि संरा अमेरिकी नाकाबन्दी थोपर्नु भनेको उनीहरूले संरा अमेरिकालाई पछार्नुको मूर्त प्रमाण हो”, चेङले भने,“मेरो ज्ञान मैले मेरो देशको नाममा समर्पण गर्दा मलाई केही कुराले पनि रोक्न सक्दैन ।”
युवा रगत
विज्ञहरू केही चिनियाँ युवाहरूले पार्टीलाई आफ्नो शिल्प तिर्खाने र आफ्नो विश्वास बलियो बनाउने थलोको रूपमा लिने गरेको कुरा सत्य भएको बताउँछन् । त्यसैले पनि एक सय वर्ष लागेको पार्टीको महत्व र उर्जाले अझ युवाहरूलाई आकर्षित बनाएको उनीहरूको मत छ ।
चीनको कम्युनिस्ट युवा लिग (सीसीवाईएल) ले युवाहरूलाई पार्टीसँग नजिक ल्याउन महत्वपूर्ण काम गरिरहेको छ । युवा लिगको केन्द्रीय समितिको चीनमा ट्वीटरजस्तो सामाजिक सञ्जालमा १ करोड ६१ लाख १० हजार सदस्य छन् । चीनको सबभन्दा ठुलो श्रव्यदृश्य सामाजिक सञ्जाल बिलिबिलीमा ८३ लाख ८० हजारभन्दा बढी पछ्याउनेहरू छन् । त्यस्तै चीनको कोरा जस्तो सामाजिक सञ्जाल चिहुमा १० लाख ५० हजार सदस्यहरू छन् ।
युवा लिगको न्यु मिडिया सेन्टरका सम्पादक चेङ युआनले युवा लिगको २० भन्दा बढी सामाजिक सञ्जाल दबु भएको बताए । केही साङ्गीतिक एप पनि रहेको उनले बताए । उदाहरणको लागि बिलिबिलीमा युवा लिगले पार्टीका महत्वपूर्ण घटना र इतिहास झल्काउने चित्रहरू पोस्ट गर्ने गरेको छ । अरू प्रयोगकर्ताहरूले त्यसमा सहभागिता जनाउने गरेको उनले बताए ।
चिकपाको १०० औँ स्थापना दिवस बनाउने क्रममा वेइपोमा युवा लिगले ‘तपाईँ किन चिकपामा सामेल हुनुभयो ?’ ह्यासट्याग अन्तर्गत छलफल चलाइरहेको छ । हालसम्म ३ लाख ६४ हजार जनाले त्यो ह्यासट्यागमा क्लिक गरिसकेका छन् । चेङले त्यो प्रश्नमाथि छलफलमा भाग लिने युवाहरूले देश र जनताको सेवा गर्न चिकपामा सामेल भएको लेखेका छन् । अधिकांश नेट प्रयोगकर्ताहरूले यस्तै विचार राखेका छन् ।
इन्टरनेटमा सक्रियताबाहेक युवाहरू विभिन्न समाजसेवी गतिविधि गरेर पनि पार्टीसँगको सम्बन्ध बलियो बनाइरहेका छन् । केही इन्टरनेट कम्पनीहरूले त चिकपाका ऐतिहासिक घटनालाई झल्काउने गरी अनलाइन खेलहरूको पनि विकास गरेका छन् ।
साङघाईमा बस्ने ह्वाङ थरका एक जना युवाले सन् १९४८ को ऐतिहासिक समयमा आधारित भएर बनाइएको खेलमा आफू सहभागी बनेको बताइन् । सन् १९४८ जनगणतन्त्र चीन स्थापना हुनु एक वर्षअघिको समय हो । त्यत्तिबेला चिकपा र कोमिन्ताङका सदस्यहरू युद्धक्षेत्रमा मात्र होइन, सूचना सेवाको क्षेत्रमा पनि लडिरहेका थिए ।
“जनगणतन्त्र चीन स्थापना हुनुअघिको इतिहास मलाई थाहा छैन । त्यसकारण मैले यो खेल खेल्न खोजेकी हुँ । मलाई पुस्तक पढ्न अल्छी लाग्छ, त्यसकारण खेल खेलेर इतिहास थाहा पाउँदैछु”, उनले भनिन् । खेल खेल्ने क्रममा उनले इतिहासका पात्रहरूलाई चिन्न थालेकी छिन् ।
“खेल समापनपछि सपथ ग्रहण गर्नुपर्छ । म जुन पात्र भएर खेल खेलेकी थिएँ, त्यसमा पूरै डुबेकी थिएँ । म चिकपाको भूमिगत सदस्य भएर खेल खेलेको थिएँ । भूमिगत सदस्यको रूपमा मैले अन्तिममा आशाको प्रकाशलाई स्वागत गरेकी थिएँ । सपथ पढ्दा मैले देश र जनताको सेवामा प्रतिबद्ध हुने भावना बलियो भयो । चिकपाको लागि म आफ्नो जीवन समर्पित गर्न तयार भएँ”, सपथ ग्रहणपछि आँखाबाट आँसु झार्दै उनले भनिन् ।
पार्टीको इतिहासबारे टीभी शृङ्खला पनि बनाइएको छ । अहिले सबभन्दा चर्चित टीभी शृङ्खला ‘जागरण युग’ हो । त्यसमा सन् १९१५ देखि १९२१ सम्मको अवधिको चित्रण गरिएको छ । नयाँ सांस्कृतिक आन्दोलन, मे चार आन्दोलन हुँदै चिकपापको स्थापनासम्मको घटना त्यसमा समेटिएको छ ।
२६ वर्षका स्याओ छिङ (उपनाम) आफू काम गर्ने कार्यस्थलको पार्टी कार्यालयमा गएर चिकपाको सदस्यताको लागि आवेदन भरिन् । चिकपाको इतिहासबारे टीभी शृङ्खला हेरिसकेपछि त्यसको निम्ति उनी प्रेरित भइन् । बिहीबार उनी पनि तेनआनमेन चोकमा राष्ट्रिय झण्डोत्तोलन हेर्न भीडमा मिसिएकी थिइन् । ‘पार्टी र देशप्रति सम्मान व्यक्त’ गर्न उनी त्यहाँ पुगेकी थिइन् ।
“जनगणतन्त्र चीनको स्थापनाअघिको इतिहास अपमानपूर्ण भएको म सोच्थेँ । त्यसकारण म त्यो कालखण्डको इतिहास नै पढ्न मन पराउँदिन । तर, टीभी शृङ्खलाले इतिहास जीवन्त रूपमा हेर्न पाएँ । इतिहासका पात्रबाट पनि निकै प्रभावित भएँ । पार्टीबारे मेरो बुझाइ अझ गहिरो बन्यो । त्यो कालरात्रीमा पनि युवाहरू देशमा उज्यालो ल्याउन लडेका थिए”, उनले भनिन् ।
स्याओले अन्त्यमा आफ्नो र राष्ट्रिय झण्डाको अर्थपूर्ण सेल्फी खिचिन् । उनीहरूको पश्र्वभागमा चीनका दिवंगत नेता माओ त्सेतुङले एकपल्ट भन्नुभएको थियो,“यो संसार तिम्रो पनि हो, हाम्रो पनि हो । तर, आखिरी विश्लेषणमा यो तिमीहरूको हो । तिमी युवाहरू बिहान आठ–नौ बजेको घाम जस्तै हो । हामी तिमीप्रति आशावादी छौं ।” चीनका युवाहरूको नाममा माओले यस्तो भन्नुभएको थियो ।
स्रोतः द ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *