भर्खरै :

समाचार सत्य नभए अन्याय–प्रम

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तक बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गर्नुभयो ।
समारोहमा बोल्दै प्रम देउवाले पत्रकारहरुले सत्य–तथ्यमा आधारित भएर समाचार नलेख्दा कसैमाथि अन्याय हुन सक्ने बताउनुभयो ।
नेपालमा प्रेस तथा वाक् स्वतन्त्रता संवैधानिक रुपमा संरक्षण गरिएको चर्चा गर्दै उहाँले नेपाल संसारकै प्रेस स्वतन्त्रता बलियो भएको देश भएको जिकिर गर्नुभयो ।
केही दिन बीबीसी साझा सवाल कार्यक्रममा आक्रोशित भएका कारण निकै आलोचित प्रम बिहीबारको कार्यक्रममा निकै शालिन तरिकाले प्रस्तुत हुनुभएको थियो ।
उहाँले विचारमा पत्रकारले स्वतन्त्र भएर लेखे पनि समाचार सत्य तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएर बोल्नुभएको थियो ।
प्रजातन्त्रको आधार प्रेस स्वतन्त्रता भएको उहाँको भनाई थियो ।
कार्यक्रममा पुस्तकका लेखक महेन्द्र विष्ट, पत्रकार पी खरेललगायतले पुस्तक र नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे बोल्नुभएको थियो ।
३०० पृष्ठको पुस्तकमा पत्रकार विष्टले नेपालमा पत्रकारिताको अवस्था र पत्रकारको सुरक्षाबारे अध्ययन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *