भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, असार २२ गते ।
स्थानीय तहको निर्वाचनपश्चात भक्तपुर नगरपालिकाको प्रथम नगरसभा आगामी असार २९, ३० र ३१ गते बस्ने भएको छ । नगरपालिकाको विहिबार सम्पन्न बोर्ड बैठकले नगरसभा बस्ने निर्णय गरेको हो ।
असार २९ गते ख्वप इन्जिनियरिङ कलेजको सभाकक्षमा उद्घाटन हुने उक्त नगरसभामा आगामी आर्थिक वर्ष २०७४–०७५ का लागि नगरपालिकाको बजेट र नीति तथा कार्यक्रम पेश गरिने प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट नगरबासी जनतामा प्रतिबद्धता व्यक्त गरेअनुसार जनभावनालाई कदर गर्दै योजनाहरु अगाडि बढाउने जानकारी दिनुभयो ।
बैठकले नगरपालिकाको कार्य प्रगतिबारे नगरबासीहरुलाई जानकारी दिने र नगरबासीका गुनासोहरु सुन्ने उद्देश्यले यही असार २६ गते दिनको २ बजे ख्वप कलेज सभाकक्षमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय गरिएको पनि प्रमुख प्रजापतिले बताउनुभयो ।
Leave a Reply