सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, १ जून । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा सोमबार पेइचिङमा आयोजित सांस्कृतिक कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी बन्नुभयो ।
पार्टी नेताहरू सी चिनफिङ, ली खस्याङ, ली चाङ्सु, वाङ याङ, चाओ लिचे, हान चेङ र वाङ छिशानसहित २ हजार मानिसले रङशालामा ‘महान यात्रा’ शीर्षकको सांस्कृतिक प्रस्तुति हेर्नुभएको थियो ।
रङशालामा सहभागीहरूको कर्तल ताली र स्वागतबिच साँझ सी र चिनियाँ नेताहरू रङशाला प्रवेश गर्नुभएको थियो ।
त्यही बेला आकाशमा एक सय अङ्क झल्किने गरी आतसबाजी गरिएको थियो । अनि रङशालाको मञ्चको पर्दा अनावरण भएको थियो ।
‘महान यात्रा’ चार भागमा विभाजित प्रस्तुति थियो । चिकपाको नेतृत्वमा कसरी चिनियाँ जनताले बितेका एक सय वर्षमा क्रान्ति, निर्माण र सुधार गरेका थिए भन्ने कुरा त्यसमा चित्रण गरिएको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता सी चिनफिङको नेतृत्वमा चिकपा केन्द्रीय समितिको सशक्त नेतृत्वमा चीन चिनियाँविशेषता सहितको समाजवादी नयाँ युगमा प्रवेश गरेको र चीनले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रा थालेको कुरा सांस्कृतिक प्रस्तुतिमा प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको समापनपछि सहभागी दर्शकहरूले एक स्वरमा भनेका थिए–कम्युनिस्ट पार्टी नहुँदो हो त नयाँ चीन बन्ने सम्भावना छैन ।”
समारोहमा विशिष्ट विदेशी पाहुना, कूटनीतिक प्रतिनिधि, विदेशी विज्ञ र अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरू पनि आमन्त्रित थिए ।
Leave a Reply