भर्खरै :

नेपाली जनताको लागि आवश्यक खोप तत्काल चीनसँग खरिद गर्न जोड

काभ्रे, १९ असार । नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना (सन् १९२१ जुलाई) को १०० वर्षको अवसरमा अनलाइन प्रवचन कार्यक्रम शनिबार भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको एक सय वर्षमा चीनमा गरिबी उन्मूलन गरेको, चीनलाई संसारको दोस्रो ठूलो अर्थतन्त्र बनाएको, सदाको निम्ति कसैबाट अपमानित हुननपर्ने स्थानमा चीनलाई पु¥याएको चर्चा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीकै नेतृत्वमा चिनियाँ जनताले कोभिड–१९ महामारीविरूद्धको लडाइँ जितेको बताउनुभयो ।
सचिव सुवालले तल्लो वर्गका मजदुर, किसान र कामदार जनताले खोप नपाएकाले बढी सङ्क्रमित र मृत्यु भएकोले सबै जनतालाई खोप सुनिश्चित गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, Fकोभिड–१९ महामारीको दोस्रो लहर नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेकोमा असार ८ गतेदेखि खुकुलो भयो । निषेधाज्ञा खुकुलोसँगै सङ्क्रमित र मृत्यु पनि बढ्यो । यो महामारीबाट नेपाली जनतालाई बचाउन खोप लगाउनुपर्छ ।”
Fकोभिड–१९ विरूद्ध लड्न नेपाललाई चीनबाट १८ लाख खोप अनुदानमा प्राप्त भयो । भारतबाट १० लाख खोप, नेपाली सेनालाई १ लाख र कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार खोप अनुदानमा प्राप्त भयो । सरकारले भारतबाट २० लाख खोप खरिदको निम्ति रकम भुक्तानी गरेकोमा १० लाख खोपमात्र प्राप्त भयो भने १० लाख खोप आउन बाँकी भएकोले तत्काल ल्याउन आवश्यक छ ।” उहाँले बताउनुभयो ।
सचिव सुवालले भारत आफै कोभिड–१९ महामारीको जोखिममा परेकोले नेपालीलाई आवश्यक खोप चीनसँग खरिद गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले कोभिड–१९ महामारीविरूद्धको लडाइँ जित्न भारतसँगको खुला सीमामा परीक्षणको व्यवस्था गर्ने, खुला सीमा बन्द गर्ने, सिमानामा स्वयम्सेवक खटाउने, नेपालीलाई देशभित्र रोजगारी दिने र समयमै खोपको व्यवस्था गर्ने आदि विषय पार्टीले उठाउँदै आएको सचिव सुवालले बताउनुभयो ।
नेपाल सरकारको टेकुस्थित केन्द्रीय भण्डारमा १० लाख खोपमात्र राख्न सकिने सार्वजनिक भएको उल्लेख गर्दै सचिव सुवालले काठमाडौँ विमानस्थलबाट जिल्ला जिल्लाको अस्पताल र स्थानीय तहमा सोझै खोप पठाए भण्डारणको समस्या नहुने उल्लेख गर्नुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले चिनियाँ कम्युनिस्ट पार्टी नभएको भए अहिलेको नयाँ चीन हुने थिएन भन्नुभयो ।
सन् १९४९ मा क्रान्ति सफल भएपछि तन मनले जनताको सेवा गर्न र जनतासँग एकक्षण पनि अलग नहुन अध्यक्ष माओ त्सेतुङले दिनुभएको निर्देशनलाई कार्यकर्ताहरूले सधैँ स्मरण गरी अगाडि बढ्नुपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले चिकपा अध्यक्ष माओको दर्शन र माक्र्सवादको बलियो सैद्धान्तिक आधारमा खडा भएको बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुछेप्रधानको सभापतित्वमा भएको कार्यक्रममा डा. हरिप्रसाद मानन्धर, भोला खरेल, पुण्यशोभा श्रेष्ठ, सत्यनारायण श्रेष्ठ, मुना तामाङ, तुलाराज शाही ठकुरी, ज्ञानेन्द्र डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *