भर्खरै :

प्राकृतिक विपत्ति सामना गर्न सरकारी अग्रसरता खोइ ?

हेटौँडा, १९ असार । बाग्मती प्रदेश सभाको बैठक शनिबार पनि चालु रह्यो । पहिलो बैठकमा पर्यटन र प्रदेश विश्वविद्यालयसँग सम्बन्धित दुई फरक विधेयकमाथि सैद्धान्तिक छलफल भयो ।
विपक्ष दलहरूको तर्पmबाट धारणा राख्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईले कोभिड र प्राकृतिक विपत्तिविरुद्ध सबै मिलेर लड्नुपर्ने तर सरकारबाट त्यसका निम्ति पहल नहुनु या वातावरण निर्माणको प्रयास नहुनु खेदजनक भएको धारणा राख्नुभयो । नेपाली जनता र प्रदेशवासीहरूको अपेक्षालाई शासक दलहरूले निराश पारेको बताउँदै प्रदेश सरकारलाई जिम्मेवार तथा गम्भीर भएर प्रस्तुत हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, विपत्तिमा एकताको वातावरण बनाउन नसक्ने सरकारको कमजोरी उदाङ्गो भइसकेको छ ।”
सञ्चार गृह सञ्चालनसम्बन्धी पार्टीको धारणा राख्दै सांसद गोसाईले हरेक जनउत्तरदायी सरकारले जनतालाई शिक्षित तथा सचेत बनाउन अनेक उपाय गर्ने र त्यो राज्यको कर्तव्यभित्र पर्ने विचार व्यक्त गर्नुभयो । सञ्चार जगतमा पुँजीपति वर्ग तथा माफियाहरूको हालिमुहाली अन्त्य आवश्यक भएको चर्चा गर्दै उहाँले देश र जनताको हित तथा देशको सम्प्रभुत्ता रक्षा गर्ने उद्देश्यले पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि सञ्चालन गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले स्पष्ट पार्नुभयो, Fत्यसमा पक्षपात, अनियमितता र भ्रष्टाचारको गन्ध आउनु भएन र निष्पक्षता सुनिश्चित हुनुपर्छ ।” सरकारले सञ्चार गृह सञ्चालन गर्न नहुने विचारसँग असहमति जनाउँदै उहाँले भन्नुभयो, Fमलाई त्यस्तो एउटा देश देखाउनुस् जसले सञ्चार गृह सञ्चालन गर्दैन । जनतालाई शिक्षित तथा सुसूचित पार्ने कामबाट राज्य भाग्न मिल्दैन ।”
विद्युतीय गाडी सञ्चालन सम्बन्धमा सांसद गोसाईले यातायातको सुविधा दिनु गलत नहुने तर व्यापक छलफल तथा तयारी आवश्यक हुने प्रस्ट पार्नुभयो । सही ढङ्गमा सदुपयोग हुन आवश्यक भएको विचार राख्दै उहाँले जनताको हक कसैले खोस्न नहुने विचार राख्नुभयो ।
शनिबारको दोस्रो बैठक माओवादी र काङ्ग्रेसको अवरोधका कारण आइतबार बस्ने गरी स्थगित गरिएको थियो ।
शनिबार भएको पहिलो बैठकमा नेमकिपाका सांसद सृजना सैंजूले शैक्षिक क्षेत्रमा दीर्घकालीन सोच तथा तयारीका साथ अगाडि बढी बाग्मती प्रदेशलाई ज्ञानविज्ञानको केन्द्र बनाइनुपर्ने विचार राख्नुभयो । प्रदेश विश्वविद्यालयबारे धारणा राख्दै उहाँले भन्नुभयो, Fशिक्षालाई उत्पादन श्रमसँग जोड्नु समयको आवश्यकता हो । सर्टिफिकेट बेच्ने र बेरोजगार उत्पादन गर्ने शिक्षा प्रदान गर्ने विश्वविद्यालय जनताले खोजेका होइनन् ।”
पर्यटन विकाससम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सैंजूले कोभिडपछि पर्यटन उद्योग खराब स्थितिमा पुगेको चर्चा गर्दै सम्पदा संरक्षणलगायतका कार्य तीव्र पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विपक्षीहरूको अवरोधका कारण बाग्मती प्रदेशसभाको बजेट पारित हुन केही ढिलाइ हुने देखिएको छ । यसलाई कतिपय विश्लेषकले प्रदेश सरकार परिवर्तन गर्ने प्रारम्भिक कसरतका रूपमा लिएका छन् भने मोलमोलाइमा टुङ्गिने अनुमान लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *