विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय औँ र चिनियाँ गणतन्त्र स्थापनाको ७२ औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रम र कार्यक्रममा व्यक्त चिकपाका महासचिव सि चिनफिङको पार्टी प्रतिवेदन सुनेर, अध्ययन गरेर विश्वका राष्ट्र प्रमुख, पार्टी नेता, राजनीतिज्ञ, र बुद्धिजीवीहरू प्रभावित भए । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारले विगत र हाल गरिरहेका गतिविधि र विकासको प्रसङ्गमात्र उल्लेख गरेनन्, कम्युनिस्टको सिद्धान्त र विचारमा जोड दिए । चीन र चिनियाँ जनतालाई केन्द्रबिन्दु बनाएर चिकपा र सरकारले राजनीति गरेकै कारण चीन अहिले संसारकै दोस्रो ठुलो समृद्ध देश बनेको विश्वले बुझ्दै छ ।
कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार तथा शासनको विरोध गर्ने राष्ट्र प्रमुख, नेता र कूटनीतिज्ञहरूले पनि चीनले गरेको विकास र कार्यक्रमको प्रशंसा गर्न थालेका छन् । उनीहरूले सत्ता र भागबन्डाको राजनीतिमा पल्केका र सत्ताको निम्ति पार्टीभित्र अन्तरकलह गर्ने नेपालका बुद्धिजीवी र आफूलाई कम्युनिस्ट भनिने सत्तारूढ दलका नेताहरूलाई चीनको राजनीतिबाट सिक्न आग्रह गर्न थालेका छन् । लेखक पुरञ्जन आचार्यले त असार २० गते ‘नयाँ पत्रिका’ मा ‘चीनबाट सिक्लान् त काङ्ग्रेस–कम्युनिस्टले ?’ भनी लेख नै लेखे । नेका, एमाले, जसपाको सत्ता राजनीति र भागबन्डाको निम्ति भइरहेको राजनीति देखेर वाक्कदिक्क भएका देशका राजनीतिक विश्लेषक, लेखक र बुद्धिजीवीहरूले चीनबाट सिकेर, बुझेर नेपाललाई समृद्ध बनाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
राजनीतिमा नलागेका व्यक्तिहरूले वर्गसङ्घर्ष गरेर आमूल परिवर्तन या समाजवादी क्रान्ति गर्ने उद्घोषका साथ लागेका नेपालका कम्युनिस्टहरू कम्युनिस्टको सिद्धान्त र विचार छोडी गुटबन्दी र व्यक्तिवादमा लागेको देखेर असन्तुष्टिमात्र पोखेनन्, जनतालाई धोका दिएर बाटो बिराएकोमा आक्रोश पोखे । सामन्ती राजतन्त्रात्मक व्यवस्था ढालेर लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दशक बितिसक्दा पनि सत्तारूढ र प्रमुख प्रतिपक्षी नेताहरू सत्ता राजनीतिमा घम्साघम्सी गरिरहेको देखेर देशलाई अस्थिर र अनिर्णयको बन्दी बनाएर बर्बादीको खाडलमा जाँकिरहने कि चीनले जस्तै विकास गर्ने भन्ने प्रश्न जोकोहीले गर्न थालेका छन् ।
जनताले प्रश्न गर्न थालेका छन् – के पुँजीवाद र समाजवाद एउटै हो ? कम्युनिस्ट पार्टीको सरकारमा हिजोको नेकाको सरकारभन्दा मौलिकरूपमा के परिवर्तन भयो ? हिजोदेखिको बिचौलिया, भ्रष्टाचार, अनियमितता, कमिसनको चक्करबाट आज के हेरफेर भएको छ ? पुँजीपति वर्गको सरकारले पनि किन निजीकरणमा प्राथमिकता दिएको हो ? उनीहरूको राजशी ठाँट, सामन्ती चिन्तन, पुँजीवादी विचार र भद्दा जीवनशैलीमा किन परिवर्तन आएन ? सत्तारुढ कम्युनिस्ट पार्टीले किन वर्गसङ्घर्षको बाटो छोडेर वर्गसमन्वयको धारणा ल्यायो ? के कम्युनिस्टको नाउँमा पुँजीवादी शासन गर्ने ? चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारबाट नेपालले कहिले शिक्षा लिने ?
Leave a Reply