जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
२० वर्ष पहिले नै काठमाडौँ उपत्यकाका नगरपालिकाहरूले डेरामा रहेका हरेक व्यक्ति र परिवारको परिचयपत्रको नक्कल लिनैपर्छ । त्यसको रेकर्ड नगरपालिकाको वडा कार्यालयहरूले राख्नैपर्छ । त्यसको एकप्रति जिल्ला प्रशासन अर्थात् जिल्ला प्रहरी कार्यालयमा रहनु स्वाभाविक हो ।
नगरपालिका र घरपतिले डेरा गरी बस्न आउने व्यक्ति र परिवारबारे सम्बन्धित जिल्ला र नगर वा गाउँबाट जानकारी लिएरमात्रै डेरा दिनु मनासिब हुनेछ । अर्को शब्दमा, जिल्लाको सम्बन्धित व्यक्ति हो÷होइन डेरा दिनु पहिले नै बुझ्नु जरुरी छ ।
त्यसो नगर्दा यो २० वर्षको अवधिमा उपत्यकाका विभिन्न नगर र गाउँमा अनेक अपराधका घटनाहरू घटे, कति अपराधीहरू आजसम्म फरार छन् । डेरामा बस्नेहरूले नै भेष बदलेर राती घरपतिकै कोठामा खुकुरी देखाई धनमान लुटेका र अन्य सामान लगेको धेरै घटना घटेका छन् । छोरी–बुहारीलाई पेट बोकाई भागेका र भगाइएका घटनाहरू पनि सम्भवतः प्रहरीमा दर्ता छैनन् ।
१८ असार २०७८ को ‘नयाँ पत्रिका’ मा ‘दर्जनौँ महिलालाई दुव्र्यवहार गर्ने व्यक्ति समातिए’ शीर्षकको समाचारमा रामेछापको सुनापाती स्थायी घर भई भक्तपुर–१० कमलविनायक बस्दै आएका खेती र टिपर चलाउने चमारसिंह तामाङ पक्राउ परेको खबर छाप्यो । तर, स्थानीय ठाउँमा फैलेको हल्लाअनुसार ‘टोलमा काम गर्ने धेरै ’ छन् ।
निश्चित जिल्लामा निश्चित जातिका मानिसहरू मिलेर सङ्गठित रहेकाहरूसमेत त्यस्ता अपराधीहरूसँग सचेत रहन र परिचित भई समयमै सम्झाइबुझाइ गर्नुपर्नेबारे ध्यान जानु आवश्यक छ । एक समूह नै भएकोले एक जना व्यक्तिमात्रै पक्राउ हुँदा घटना र अपराध नियन्त्रण गर्न गा¥हो र समय लाग्ने निश्चय छ ।
साथै अभियुक्त चमारसिंह तामाङलाई काम दिने र उसबाट काम लिने मालिकसँग समेत सोधपुछ गर्नु आवश्यक हुन्छ ।
घटनाहरू हुनुभन्दा पहिले नै जिल्ला–जिल्लाबाट आई डेरामा बसेका व्यक्तिहरूबारे समयमै निगरानी राख्नु मनासिब होला । स्थानीय अपराधीको सूची र जानकारी प्रहरीसँग पहिले नै भएको हुनुपर्छ । जिल्ला–जिल्लाबाट आएकाहरूकै जानकारी र निगरानी हुन पाए प्रशासनलाई पनि होलो हुने निश्चय छ ।
Leave a Reply