कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा कोरियाली मजदुर पार्टीको सरकार छ । प्रजग कोरिया समाजवादी बन्दोबस्तको देश हो । साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाबाट पीडित यो देश ठुृला शक्ति राष्ट्रसामु नझुक्ने देशहरूमध्ये एक हो । सानो देश भएर पनि साम्राज्यवादी देश अमेरिकालाई हाँक दिने एक स्वाधीन र सार्वभौम देश हो । कोरियाली मजदुर पार्टी, कोरियाली सरकार, कोरियाली जनता र कोरियाली सेना साम्राज्यवादी देश र साम्राज्यवादी नीतिविरुद्ध एक छन् । त्यहाँको पार्टी र सरकारले जहिल्यै सिद्धान्त र विचारलाई जोड दिँदै आइरहेको यथार्थ हो । देशका आम जनतालाई सिद्धान्तनिष्ठ बनाउन, एकत्रित गर्न र क्रान्तिकारी विचारबाट सुसूचित बनाउन प्रजग कोरियाली सरकार र पार्टी निरन्तर लागिरहेका छन् । कोरियाली मजदुर पार्टी र कोरियाली सरकारको त्यो एकता भाड्न, साम्राज्यवादविरोधी भावनामा ठेस पु¥याउन र कोरियाली जनताबीच भेद बढाएर कमजोर पार्न साम्राज्यवादी र पुँजीवादी देशहरूले अनेक षड्यन्त्र गरिरहेका छन्, अनेक झूट फलाकिरहेका छन् । ती देशका शासकहरूले प्रजग कोरिया ‘संसारकै एक्लो’ देश भनी संसारका जनतालाई भ्रम पार्ने कुचाल चालिरहेका छन् । साम्राज्यवादी र पुँजीवादी देशका शासकहरूमात्र होइन, कम्युनिस्ट भनिने नेपालका शासकहरू पनि अरूको लहैलहैमा लागेर या अन्ध समर्थन गरेर प्रजग कोरियाको विरोध गर्न पछि परेनन् ।
संसारका मुलुकमा आफ्नो प्रभाव र दबाब बढाउने, आक्रमण गर्ने, अतिक्रमण गर्ने, देश देशबीच अन्तरकलह बढाएर युद्धमा सामेल गराएर हतियार बेचेर अकुत सम्पत्ति कुम्ल्याउने, सत्ताच्युत गराउने, आर्थिक नाकाबन्दी गर्ने, झूट फलाक्ने, आक्रमणकारी र साम्राज्यवादी शासकहरूको भ्रम अन्त्य गर्न र त्यसबारे जनतालाई सुसूचित पार्ने ध्येयले नै प्रजग कोरियाली सरकार र पार्टीले देशका जनता, सेनालाई देशभक्त बनाउन, क्रान्तिकारी बनाउन, साम्राज्यवादविरोधी भावना कायम राख्न सिद्धान्त र विचारलाई जोड दिँदै आएको हो । यसै सन्दर्भमा प्रजग कोरियाका नेता किम जङ इलले कोरियाली मजदुर पार्टीको स्थापनाको ४७ औँ वार्षिकोत्सवको अवसरमा १० अक्टोबर १९९२ मा ‘क्रान्तिकारी पार्टी निर्माण गर्नेसम्बन्धी’ लेख लेखेका थिए । उक्त रचना या लेख सन् १९९३ मा नेपाल–कोरिया मैत्री सङ्घ काठमाडौँले पुस्तकको रूपमा छापेको थियो । उक्त पुस्तकमा ‘समाजवादअन्तर्गत सरकारी पार्टी निर्माण गर्ने काममा ऐतिहासिक शिक्षाहरू’, ‘जुछे क्रान्तिकारी पार्टीको निर्माण गर्ने आधारभूत सिद्धान्तहरू’ र ‘क्रान्तिकारी पार्टीहरूको अन्तर्राष्ट्रिय एकता र सम्बद्धता’ विषयक रचना समावेश गरिएको छ । देशी र विदेशी वर्ग दुश्मन र षड्यन्त्रकारी तथा शासन सत्ताको लोभ लालचमा फसेर सिद्धान्त र विचार बन्धक राख्ने दल र दलको सरकारलाई खबरदारी गर्न, तिनीहरूलाई विश्वका जनतामाझ उदाङ्ग्याउन, पार्टी निर्माण गर्न, पार्टी सङ्गठन विस्तार गर्न या क्रियाकलाप बढाउन पार्टीको सङ्गठनात्मक र विचारधारात्मक आधारहरू सुदृढ पार्न नेता किम जङ इलले सो लेख लेखेको थाहा हुन्छ ।
संसारका कुनै पनि साम्राज्यवादी र पुँजीपति शासकहरूले कुनै पनि कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार या समाजवादी देशको विकास, विस्तार र विचार मनपराउँदैनन् । ती शासकहरू जसरी हुन्छ समाजवादी देश, समाजवादी समाज या विचारलाई टिक्न नदिने, उठ्न नदिने, कुत्सित चाल चाल्छन् । संयुक्त राज्य अमेरिकाले चीनसँग व्यापार युद्ध त्यसै गरेको होइन, ‘बहादुरहरूको देश’ क्युवा र ‘शिक्षाको देश’ प्रजग कोरियामा अमेरिकी नाकाबन्दी त्यसै गरेको होइन । तर, कुनै पनि कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले कुनै देशमाथि गरिएको नाकाबन्दी, आक्रमण, अतिक्रमण, प्रभाव र दबाब आत्मसात गर्दैनन् गर्नु हुँदैन । कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले कम्युनिस्ट पार्टी सरकारको विरोध गर्ने कि समर्थन गर्ने ! ऐक्यबद्धता जनाउने कि खिसी उडाएर साम्राज्यवादी र पुँजीवादी शासकहरूको नाकाबन्दी र आक्रमणको धम्कीको समर्थन गर्ने ?
एक कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले अर्को कम्युनिस्ट पार्टी र पार्टीको सरकारको विरोध गर्नुको अर्थ पुँजीपति र साम्राज्यवादी शासकहरूको समर्थन गर्नु हो । उनीहरूलाई साथ दिनु हो र टेवा पु¥याउनु हो । यसबारे प्रजग कोरियाली सरकार र कोरियाली मजदुर पार्टी सचेत, सजग र चनाखो देखिन्छ । यही कारण प्रजग कोरियाली पार्टी र सरकारले मजदुर वर्गीय पार्टीको निर्माण र क्रियाकलापमा जोड दिइरहेका हुन् । कम्युनिस्ट पार्टीको सरकारले समाजवादी व्यवस्थालाई सुदृढ पार्न सकेन भने, समाजवादी सिद्धान्त र विचारअनुसार अघि बढाउन सकेन भने आफ्नै दल र सरकारभित्र अन्तरकलह बढ्छ, अन्तरकलह चर्केर दल फुट्छ, सरकार कमजोर हुन्छ । सिद्धान्त र विचारको ख्याल नगरी सत्तामुखी राजनीति गरेमा, सत्तामा जान तँछाडमछाड भएमा शत्रुले फाइदा लिन्छ, अनियमितता र भ्रष्टाचार बढ्छ, कर्मचारीतन्त्रको हैकम चल्छ । त्यसैले प्रजग कोरियाले जहिल्यै साम्राज्यवादी कदम र नीतिको निरन्तर विरोध गरी मजदुर वर्गीय पार्टी र समाजवादी समाज निर्माणमा ठोस ध्यान दिइरहेको हो । यो प्रजग कोरियाली सरकार र कोरियाली मजदुर पार्टीको साहसिक कदम हो, कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारले गर्नैपर्ने काम हो ।
एक क्रान्तिकारीले दस जना, दस जनाले सय जना, सय जनाले हजार जनालाई शिक्षा दिएमा कार्यकर्ता, समर्थक, शुभेच्छुक र सर्वसाधारण जनता सिद्धान्तनिष्ठ हुन्छन्, क्रान्तिकारी हुन्छन्, यसले समाज परिवर्तनमा टेवा पु¥याउँछ । यो समाजलाई बदल्ने भरपर्दो उपाय हो । यो पार्टी सङ्गठन विस्तारको तरिका पनि हो । पार्टी सञ्चालन गर्दा ध्यान दिनुपर्ने पक्ष पनि हो । जनतालाई पथ प्रदर्शन गर्ने आधार सिद्धान्त ठानेर नै पार्टी अघि बढेको हुन्छ र क्रान्तिको बाटो तयार गरेको हुन्छ । प्रजग कोरियाले क्रान्तिकारी पार्टी निर्माण गर्नुको कारण पनि यही हो ।
पहिले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा र अहिले एमालेको सरकारभित्र अन्तरविरोध चर्केर नेपाली जनतामाझ उदाङ्गो हुनुको कारण सिद्धान्त र विचार भुलेर नै हो या माक्र्सवाद र लेनिनवादको नीति भुलेर सत्तामुखी राजनीतिमा लाग्नु हो । एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टी या एउटा कम्युनिस्टको सरकारले अर्को कम्युनिस्टको सरकारको राम्रो कामको अनुकरण गर्ने हो, शिक्षा लिने हो ।
नेपालका सत्तारुढ दल एमालेको पथ प्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । तर, त्यो सिद्धान्तलाई एमालेले कहिल्यै व्यवहारमा ल्याउने प्रयासै गरेन । माक्र्सवाद र लेनिनवादको सिद्धान्त झुन्ड्याएर त्यही सिद्धान्तको उल्लङ्घन गरियो । कति कम्युनिस्ट पार्टीले आर्थिक कुरा मात्र गरे, जनतालाई क्रान्तिकारी भावनाको शिक्षा दिएनन् या राजनीतिक शिक्षा दिएनन् । प्रजग कोरियाले सिद्धात र विचारमा जोड दियो । नेपालको सत्तारुढ कम्युनिस्ट पार्टीहरूले सिद्धान्त र विचारको ख्याल नगरी सत्ता र भागबन्डा नै आफ्नो उद्देश्य ठान्यो । कुनै दलको सिद्धान्त र विचारमै खिया लागेपछि मजदुर वर्गीय पार्टी र समाजवादी व्यवस्थामा असर पर्नु स्वाभाविक हो । दलका नेता तथा कार्यकर्ताहरूको प्रवृत्तिमा खिया लाग्छ । अतः नेता, कार्यकर्ता, समाज तथा देशलाई गलत या सही बाटोमा लैजाने मुख्य आधार दलको विचार र सिद्धान्त हो ।
समाजवादी विचारधारा मान्ने कति कम्युनिस्ट पार्टीहरू संशोधनवाद र अवसरवादमा पतन भएको इतिहास पनि छ । संशोधनवाद कम्युनिस्ट आन्दोलनमा देखापरेको पुँजीवादी विचारधाराकै प्रतिबिम्ब हो । यसले समाजवादी विचार र समाजवादी क्रान्तिमा बाधा पु¥याउँछ । अतः कम्युनिस्ट आन्दोलनमा कहीँ कतै कमी कमजोरी देखियो भने त्यसलाई सुधार्नुपर्छ, सच्याउनुपर्छ, गल्ती छोप्न अर्को गल्ती गर्ने होइन । सच्याइएन भने कम्युनिस्ट आन्दोलन अघि बढ्दैन र कम्युनिस्ट पार्टी सुदृढ हुँदैन । प्रजग कोरियाका प्रिय नेता किम इल सङले जुछे सिद्धान्त प्रतिपादन गरे । पार्टी भनेकै एक विचारधारा बोकेको राजनीतिक सङ्गठन भएकोले प्रिय नेता सङले क्रान्तिकारी विचारलाई जोड दिए । पार्टीले बदलिँदो परिस्थिति र अवस्थासित मिल्ने गरी क्रान्तिकारी सिद्धान्त अपनाइरहनुपर्छ । परिस्थिति र अवस्था बदलियो भनेर क्रान्तिकारी सिद्धान्त त्याग्नु हुँदैन । क्रान्तिकारी सिद्धान्त त्याग्नु पार्टीको विचार छोड्नु हो, जनतालाई धोका दिनु हो ।
आम जनतालाई शिक्षित बनाउने या क्रान्तिकारी बनाउने काम नेता तथा कार्यकर्ताहरूको हो । पार्टी, सिद्धान्त र नेताप्रति कार्यकर्ताहरू समर्पित हुनुपर्छ । समाजवाद निर्माण गर्नु भनेको सम्पूर्ण समाजलाई मजदुर वर्गीय क्रान्तिकारी विचारबाट सुसूचित पार्नु हो । क्रान्तिकारी पार्टी या सच्चा कम्युनिस्टको पार्टीको उद्देश्य सबै प्रकारका प्रतिक्रियावादी, पुँजीवादी, साम्राज्यवादी विचार छ्यास्दै समाजवादी विचारलाई उन्नत बनाउनु हो । उन्नत समाज निर्माण गर्न पार्टी सदस्यहरूलाई क्रान्तिकारी शिक्षा दिनुपर्छ । एक क्रान्तिकारीले दस जना, दस जनाले सय जना, सय जनाले हजार जनालाई शिक्षा दिएमा कार्यकर्ता, समर्थक, शुभेच्छुक र सर्वसाधारण जनता सिद्धान्तनिष्ठ हुन्छन्, क्रान्तिकारी हुन्छन्, यसले समाज परिवर्तनमा टेवा पु¥याउँछ । यो समाजलाई बदल्ने भरपर्दो उपाय हो । यो पार्टी सङ्गठन विस्तारको तरिका पनि हो । पार्टी सञ्चालन गर्दा ध्यान दिनुपर्ने पक्ष पनि हो । जनतालाई पथ प्रदर्शन गर्ने आधार सिद्धान्त ठानेर नै पार्टी अघि बढेको हुन्छ र क्रान्तिको बाटो तयार गरेको हुन्छ । प्रजग कोरियाले क्रान्तिकारी पार्टी निर्माण गर्नुको कारण पनि यही हो ।
Leave a Reply