भर्खरै :

काठमाडौँमा चिकपाको १०० औँ स्थापना दिवस

काठमाडौँ, २१ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० औँ स्थापना दिवसको अवसरमा शनिबार अनलाइन प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सृजना सैँजुले चिकपा सय वर्षसम्म सफलतापूर्वक अगाडि बढ्नु माक्र्सवाद र लेनिनवादको सिद्धान्त अँगाल्नु हो भन्नुभयो ।
चिनियाँ विशेषतासहितको समाजवाद विश्वकै निम्ति एक उदाहरणीय कदम भएको उल्लेख गर्दै उहाँले यो पुँजीवादीहरूको लागि एक हाँक भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले आमूल परिवर्तनमा महिलाहरूको ठूलो हात रहेको बताउँदै चिकपाको समाजवाद अगाडि बढाउन महिलाहरूको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले चीन, भारत र नेपालमा १९४९÷१९५० ताकामै परिवर्तन आए पनि भारत र नेपालले पुँजीवादी व्यवस्थाको कारण प्रगति गर्न नसकेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष मीना डंगोलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समितिका चण्डेश्वरी महर्जन, ममिता श्रेष्ठ ,रमिता प्रजापति, राज्यश्री डंगोल, सृजना डंगोल, गीता डंगोल, मुना तामाङ, विद्या महर्जनलगायतले चिनियाँ कम्युनिस्ट पार्टी १०० वर्ष पुगेको र चीनको समाजवादले विश्वलाई गरिरहेको योगदानबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *