सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
नयाँ दिल्ली, ५ जुलाई । भारतका आदिवासी अधिकारकर्मी स्टेन स्वामीको सोमबार निधन भएको छ । भीमा कोरिगाउँ मुद्दामा विगत नौ महिनादेखि पुने जेलमा रहेका उनलाई मे महिनामा मात्र उपचारको लागि मुम्बइ ल्याइएको थियो । उनी ८४ वर्षका थिए । मुम्बईको होली फ्यामेली अस्पतालमा गएको मे महिनाबाट उपचाररत स्वामी पार्किनसन रोगबाट पीडित थिए । आइतबार उनलाई हृदयघात भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । हृदयघात भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । बेहोस अवस्थामा भेन्टिलेटरमा राख्दा उनको होस नखुलेको चिकित्सकहरूले बताए । भीमाक कोरेगाउँ मुद्दामा उनी गैरकानुनी गतिविधि नियन्त्रण ऐनको आधारमा कैदमा राखिएको थियो । उच्च अदालतमा उनको मुद्दामाथि बहस चालु थियो ।
उनको मृत्युको कारणबारे शरीरको परीक्षण गर्नुपर्ने हो कि भनी उच्च अदालतमा गरेको प्रश्नको उत्तरमा चिकित्सकहरूले स्वामीको निधनको कारण प्रस्ट भएकोले त्यस्तो अनुसन्धानको आवश्यकता नभएको बताए । तर, स्वामीको पक्षबाट वकालत गर्दै आएका वकिल मिहिर देसाइले छानबिनको माग गरेका छन् । उनलाई दस दिन ढिला गरी अस्पताल लगिएको अधिवक्ता देसाइको भनाइ छ । “अस्पतालप्रति हाम्रो कुनै गुनासो छैन । उच्च अदालतले उनलाई राम्रो स्वास्थ्य उपचार गर्न आदेश जारी गरेको अवस्थामा राष्ट्रिय अनुसन्धान विभाग र जेल प्रशासनप्रति हाम्रो प्रश्न हो”, अधिवक्ता देसाइले भने ।
आइतबारमात्र नागरिक समाजका सदस्यहरूले मुम्बइको उच्च अदालतका प्रधानन्यायाधीशलाई स्वामीलाई कैद मुक्त गर्न र झारखण्डमा पठाउन माग गरेका थिए ।
आइतबार नै भारतको राष्ट्रिय मानवअधिकार आयोगले महाराष्ट्र सरकारको नाममा सूचना जारी गरी आदिवासी अधिकारकर्मीको खराब स्वास्थ्यप्रति चासो व्यक्त गरेको थियो । आयोगले सरकारको नाममा स्वामीको लागि आवश्यक सबै स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको थियो ।
अधिकारकर्मी स्वामीलाई गत वर्षको अक्टोबर ८ मा राष्ट्रिय अनुसन्धान विभागले राँचीबाट पक्राउ गरेर अर्को दिन मुम्बइ रवाना गरेको थियो । उनीमाथि भारतीय फौजदारी कानुन र गैरकानुनी गतिविधि (नियन्त्रण) कानुनको आतङ्क फैलाएको आदि अभियोगहरू लगाइएको थियो । अनुसन्धान विभागले स्वामीमाथि विभिन्न नागरिक अधिकारवादी सङ्गठनमार्फत् भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का गतिविधिमा सहयोग गर्दै आएको आरोप लगाएको छ ।
मार्च महिनामा स्वामीले दिएको प्रस्टिकरणमा राष्ट्रिय अनुसन्धान विभागले जनताको जातीय र भूमिसम्बन्धी सङ्घर्षमा समर्थन गरेको र त्यसको समर्थनमा लेखेको हुनाले गिरफ्तार गरेको बताएका थिए ।
तर विभागले सन् २०१८ को पुणेनजिकको भीमा कोरेगाउँमा जातीय हिंसा भड्काउने षड्यन्त्रमा स्वामीको हात रहेको दाबी गर्दै आएको छ ।
Leave a Reply