आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, २२ असार । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिको आयोजनामा चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष स्थापनाको अवसरमा अनलाइन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव पे्रम सुवालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि खोप आवश्यक भएकोले नेपाललाई चाहिने खोप चीनसँग लिन अनुरोध गर्नुपर्ने बताउनुभयो । चीनले कोभिड–१९ रोकथामका लागि संसारका धेरै देशहरूसँग सहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
चीनको विकासमा चिनियाँ कम्युनिस्ट पार्टीले गरेको योगदानको चर्चा गर्दै उहाँले चीनमा गरिबी निवारणका लागि पार्टीको भूमिका महत्वपूर्ण छ भन्नुभयो । उहाँले भन्नुभयो, “चीनमा अहिले ३०० थरी वस्तु संसारमै धेरै उत्पादन हुन्छ । संसारमा हुने कुल उत्पादनको ५० प्रतिशत चीनमा भइरहेको छ । अर्को शताब्दी प्रविधियुक्त आधुनिक समाजवाद स्थापना गर्ने चिकपाको उद्देश्य सफल हुने विश्वास छ ।
चिकपा स्थापनाको एक सय वर्षको अवसरमा जुलाई १ को दिन चीनको राजधानी पेइचिङको थेआनमेन चोकमा ७० हजार चिनियाँ जनता भेला भएको उक्त कार्यक्रममा प्रस्तुत गीतको बोल– ‘चिनियाँ कम्युनिस्ट पार्टी नभए चीन हुने थिएन’, ‘समाजवादका हामी नयाँ उत्तराधिकारी’ ले पार्टीको महत्वपूर्ण भूमिका स्पष्ट गरेको बताउनुभयो । पुरानो चीन विदेशी थिचोमिचो र राजा महाराजाहरूको शोषणमा परेको र चिनियाँ जनताको जीवन कठिन एवम् गरिबीमा गुज्रिरहेको उल्लेख गर्दै अहिले चीनमा क्रान्तिको उत्तराधिकारीको रूपमा नयाँ पुस्ता तयार भइसकेको सचिव सुवालले बताउनुभयो ।
चीनका १ अर्ब ४० करोड जनता फलामको पर्खाल बनेर शत्रुको प्रतिरोध गर्ने चिकपा महासचिव सी चिन फिङले स्थापना दिवसमा व्यक्त गर्नुभएको प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजुले कार्यकर्ताको राम्रो गहना अनुशासन भएकोले पार्टी विधानमा उल्लेखित अनुशासन कायम गर्नु आवश्यकता औँल्याउँदै पार्टी प्रकाशनको अध्ययनले कार्यकर्ताको सांस्कृतिक स्तर विकास हुने भएकोले गहन अध्ययनमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल प्राध्यापक समाजका सुजन माकले चीनको विकासमा सहयोग पु¥याउनेको योगदानको कदर भएको छ भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका महेन्द्र बखुन्छेँले चीनको विकासमा चिनियाँ कम्युनिस्ट पार्टीको योगदानको बारेमा बोल्नुभएको थियो ।
Leave a Reply