आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, २२ असार । महानगरीय प्रहरी परिसर भक्तपुरमा नवनियुक्त प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई एक समारोहबीच भक्तपुर उद्योग वाणिज्य सङ्घले स्वागत गरेको छ । सङ्घका कार्यवाहक अध्यक्ष शिव मानन्धरले प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत गर्नुभयो ।
कार्यबाहक अध्यक्ष मानन्धरले उपरीक्षक श्रेष्ठलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । स्थानीय उद्यमी व्यवसायीहरूको हक हितका लागि समर्पित सङ्घले ५५ वर्षको इतिहासमा धेरै उल्लेखनीय कार्यहरू गरेको कुरा बताउँदै उहाँले विगतका वर्षहरूमा जिल्ला प्रहरी कार्यालयसित सहकार्य गरी धेरै जनउपयोगी कार्यहरू गरेको बताउनुभयो ।
उक्त अवसरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण भक्तपुर जिल्लामा काम गर्न पाउँदा यहाँका सांस्कृतिक गतिविधिहरूमा प्रत्यक्ष सहभागी हुन पाउने हुनाले आफू एकदम उत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा सङ्घका सचिव गणेशहरि प्रजापति, सङ्घका कार्य समिति सदस्य विश्वराम दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply