भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
हामी कोभिड महामारीकै अवस्थामा छौँ । बाढी–पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । हामी अत्यन्त दुःखद घडीमा छौँ । यस विषयमा यहाँ धेरै कुरा उठिसकेका छन् । यो दुःखद घडीमा एउटा सुखद खबरबाट म आफ्नो भनाइ सुरु गर्छु । विपत्तिमा सधैँ हामीलाई साथ र सहयोग दिँदै आइरहेको छिमेकी देश चीनको चिनियाँ कम्युनिस्ट पार्टीले जुलाई १ को दिनमा १०० वर्षको दिवस मनायो । थियानमन स्क्वाएरमा अत्यन्त उल्लासका साथ चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्ष पुगेको घोषणा ग¥यो । सो समारोहमा चिनियाँ राष्ट्रपति सि चिन फिङले सिङ्गो चीनलाई गरिबीमुक्त तथा मध्यम आय भएको देश भनी घोषणा गर्नुभयो । पछिल्लो समय १० करोड चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेर चीनले विश्वलाई नयाँ सन्देश दियो । चीनको दुई सत्वार्षिकी लक्ष्यमध्ये त्यो एउटा पहिलो लक्ष्य हो । चिनियाँ कम्युनिस्ट पार्टी १०० वर्ष पुगेको अवसरमा चीनलाई आर्थिकरूपमा अगाडि बढाउने र मध्यम आय भएको देशमा रूपान्तरण गर्ने भनी केही समयअगाडि घोषणा गरिएको थियो । हिजो आधिकारिकरूपमा थियानमन स्क्वाएरबाट घोषणा भयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको सत्वार्षिकी कार्यक्रम अझै जारी छ । यो पहिलो सत्वार्षिकी लक्ष्य हासिल गरेकोमा दुनियाँका सम्पूर्ण राजनीतिक पार्टीहरू चिनियाँ सरकार, चिनियाँ जनतालाई तथा चिनियाँ कम्युनिस्ट पार्टीलाई बधाई दिँदै छन् । चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनतालाई यो गरिमामय सदनबाट पनि हार्दिकतापूर्वक बधाई तथा शुभकामना दिन्छौँ । यो सन्देश हामी चिनियाँ जनतासम्म पठाउन चाहन्छौँ । दोस्रो सत्वार्षिकी लक्ष्य अर्थात् आधुनिक चीन स्थापनाको सय वर्षको उपलक्ष्यमा सन् २०४९ सम्ममा सिँगो चीनलाई एउटा सु–संस्कृत समाज, समाजवादी आधुनिक समाजमा रूपान्तरण गर्ने लक्ष्य चीनले लिएको छ । त्यो लक्ष्य पनि पूर्वनिर्धारित समत्न्दा अगाडि नै हासिल हुनेमा विश्वका जनता विश्वस्त छन् । हामी त्यो विश्वास यो सदनबाट व्यक्त गर्न चाहन्छौँ ।
आजभन्दा ठिक ३० वर्षअगाडि समाजवादको अन्त्यको घोषणा गरिएको थियो । अब समाजवाद लागू हुन सम्भव छैन, समाजवादी विचार तथा माक्र्सवादी विचारको अन्त्य भयो भनेर पुँजीपति वर्गका चिन्तकहरू वा पुँजीवादी राजनीतिक चिन्तकहरूले हर्षोल्लास मनाएका थिए । तर, त्यसको ठिकविपरीत ३० वर्षपछि समाजवादले नयाँ सफलता हासिल गर्दै छ । समाजवाद अझ जिउँदो जाग्दो छ भन्ने सन्देश विश्वमा पैmलिँदै छ । माक्र्सवाद नयाँ जोश जाँगरका साथ अगाडि बढ्दै छ भन्ने जगमा जाहेर भएको छ । पुँजीपति वर्गको तानाशाही व्यवस्था, पुँजीपति वर्गको शोषणमा आधारित व्यवस्था अब ‘आउटडेटेड’ भयो भनेर हिजो थियानमन स्क्वाएरमा घोषणा भएको हामी अनुभव गर्दै छौँ । यस आधारमा यो सुखद खबर भनेको हुँ । हामीले गौरवका साथ अझ माक्र्सवादी झन्डालाई उँचो पार्ने अठोट गर्न आवश्यक छ । इमानदारीपूर्वक समाजवादी विचारको रक्षाको निम्ति सङ्कल्प गर्न आवश्यक छ । हिजो रक्षात्मक पङ्क्तिमा पुगेको समाजवादलाई फेरि नयाँ तयारीका साथ माथि उठाउन आवश्यक छ । व्यापक नेपाली कामदार जनताको सेवा गर्न प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । खोपको अभावमा बाँचिरहेका, विपत्तिमा बाँचिरहेका नेपाली कामदार जनता समाजवादको रसास्वादन गर्ने दिनको पर्खाइमा बसिरहेका छन् ।
यतिखेर वेस्टमिनिस्टर प्रणाली अब ‘आउटडेटेड’ भयो, अब चीनको जस्तो समाजवादी शैलीलाई अगाडि बढाउनुपर्छ भनेर नेपाली जनता र विश्वका कामदार जनता छलफल गर्दै छन् । बहस गर्दै छन् । पश्चिमा पुँजीवादी संसदीय प्रणाली विश्वभरि असफल हुँदै छ र बदनाम हुँदै छ । त्यसको विकल्प त्यसकारण खोजिएको हो । यो पनि कामदार जनताका निम्ति एउटा हर्षको विषय हो ।
यतिखेर सिन्धुपाल्चोक र बाग्मती प्रदेशका अन्य जिल्ला तथा सिङ्गो देशमा गइरहेको बाढी–पहिरो आदिको विषयमा छलफल गर्दै छौँ । हामी त्यसको पीडामा छौँ । ती जनताप्रति यो सदनबाट नेपाल मजदुर किसान पार्टीको तर्फबाट हामी सहानुभूति व्यक्त गर्दछौँ । छिटोभन्दा छिटो बाग्मती प्रदेश सरकारलाई हेटाँैडाबाट हेलम्बुमा पुग्न सुझाव दिन्छौँ । छिटोभन्दा छिटो आफ्नो उपस्थिति जनाओस् भनेर हामी माग गर्दछौँ । वास्तवमा जनताका निम्ति सरकार चाहिने भनेको विपत्तिमा हो, आपत्विपत्मा हो । अरू बेला त स्वाभाविकरूपमा हामी सरल जनता आफ्नो जीवन बाँच्छौँ । यस्तो घडीमा जनतालाई ढाडस दिनका निम्ति, जनतालाई सान्त्वना दिनका निम्ति, जनतालाई साथ तथा सहयोग दिनका निम्ति प्रदेश सरकारले तत्परता देखाओस् । तयारी गरोस् । तुरुन्त आवश्यक कदम चाल्न हाम्रो पार्टीको तर्फबाट माग गर्दछौँ ।
भौतिक संरचनाको निर्माण, बस्ती बसाल्ने आदि विषयमा अब प्राविधिकहरूसँग तथा भूगर्भविद्हरूसँग अनिवार्य छलफल चलाउन आवश्यक छ । हरेक वर्ष बाढी आयो, पहिरो आयो भनेर छलफलमात्र गर्ने कि दीर्घकालीन सोचका साथ अगाडि बढ्ने ? यस विषयमा पनि ध्यान पु¥याइयोस् । यस्ता घटनाहरू आगामी दिनमा नदोहोरियून् भन्नाका लागि सरकार सचेत बनोस् ।
म केही लाइन सुनाउने अनुमति चाहन्छु –
गाउँमा पहिरो जान्छ
मानिस, घर, गाईवस्तु पहिरोले पुर्छ
मन्त्री र मन्त्रीहरू पजेरोमा
अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन्
बाढीले बस्ती डुबाउँछ ।
बाढीले बस्ती बगाउँछ
मन्त्रीहरू हेलिकप्टरमा अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन् ।
हावाहुरीले वितण्डा मच्चाउँछ
हावाहुरीले पुल उडाउँछ
एक बथान मन्त्रीहरू
अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन् ।
हरेक विपत्ति, हरेक भ्रमणपश्चात्
सरकार प्रतिवेदन संसद्मा प्रस्तुत गर्छ
मन्त्री र मन्त्री आकाङ्क्षीहरू
‘हुन्छ….’ भनी निर्लज्ज डकार्छन्
र अर्को फेरि प्रतिवेदन लेख्ने वैधानिकता माग्छन् ।
मेरो सरकार, प्रतिवेदनप्रेमी सरकार
प्रतिवेदन लेख्छ, प्रतिवेदन बुझाउँछ
थाहा छैन के खान प्रतिवेदन लेख्छ ?
के खाएर प्रतिवेदन लेख्छ ?
तर मेरो सरकार निरन्तर प्रतिवेदन लेख्दै छ
हरेक साल बाढी आउँछ
सरकार प्रतिवेदन लेख्छ
हरेक साल पहिरो जान्छ
सरकार प्रतिवेदन लेख्छ, फेरि लेख्छ
वाह ! क्या गजब प्रतिवेदनप्रेमी सरकार ।
त्यसैले त प्रतिवेदन नै प्रतिवेदनमा भेटिन्छ मेरो सरकार
त्यसैले त बाढी पीडित पहिरो पीडित भन्दै छन्
अन्नको काल पृथ्वीको भार
सरकार, तिमीलाई धिक्कार !
(बाग्मती प्रदेशसभाको गत असार १८ गते बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)
Leave a Reply