भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
नेपालको महत्वपूर्ण धार्मिक तीर्थस्थलहरूमध्ये भक्तपुरमा अवस्थित हनुमानघाट (खोरे) पनि एक हो । त्यहाँ भक्तपुरका मात्र नभई नेपालभरिका भक्तजनहरू आउँछन् । नेपालको सबैभन्दा ठुलो शिवलिङ्ग अवस्थित हनुमानघाटमा अनेक किसिमका देवीदेवताका मन्दिर, पाटी–पौवा, सत्तल, राम झुपडी, कुटी, मस्तिज आदि छन् । हनुमानघाट नजिकै रहेको राष्ट्रियस्तरको खेल मैदान (पाँचाख्यो), संस्कृति झल्काउने महेश्वरी पीठ र नगरपालिकाबाट बनाइएका विभिन्न बगैँचा, व्यायामस्थल, परोपकार संस्था र भजन मण्डलले त्यस ठाउँलाई आकर्षक बनाएको छ । त्यही घाट पनि छ । सारमा हनुमानघाट (खोरे) भक्तपुरका जनताका भावनात्मक एकता केन्द्रको रूपमा मान्न सकिन्छ ।
पहिले–पहिले हनुमानघाट खोलामा निर्मल पानी बग्थ्यो । त्यसबेला खोलामा थुप्रै मान्छेले पौडी खेल्थे । स्थानीय जनताले यसै स्थानमा नुहाइधुवाइ गर्थे । त्यस्तो घाटमा त्यसबेला जर्मन प्रोजेक्ट (भक्तपुर विकास परियोजना) ले सबै ढलको फोहोर खोलामा मिसाएको थियो । फोहोरलाई प्रशोधन गरेर खोलामा मिसाउने परियोजना भूगोलको अज्ञानताको कारण असफल भयो । यो प्रशोधन पोखरी अहिलेसम्म फोहोर फाल्ने डम्पिङ साइटको रूपमा प्रयोग भइरहेको छ । प्रशोधन पोखरी आधुनिकरूपमा एक्ष्म् बाट पुनः सञ्चालनमा ल्याइने सुन्दै आएको भए पनि अहिलेसम्म काम भएको देखिँदैन । तर, एक्ष्म् सँग योजनाको सम्झौता भई कार्ययोजना सुरु गर्न तयारी अवस्थामा पुगेको जानकारीमा आएको छ । यो आशामात्रै हुने हो कि ¤
हनुमानघाटको खोलामा उपचार पोखरी असफल भएपछि सीधै ढल निकास खोलामा गएर मिसियो । हावा, पानी र वातावरणमा आएको परिवर्तनका कारण समयमा वर्षा हुन सकेन । खोलामा पानी सुक्दै गयो । पछि ढलको फोहोरमात्र बग्न थाल्यो । खोला फोहोर हुनथाल्यो । खोलामा अनेक प्लास्टिक, सिसाका टुक्राहरू, बोतल, लुगाफाटा, मरेको जीवजन्तु आदि फालेको कारण खोलाको सतहमाथि सर्दै गयो । खोलाले बगाएर ल्याएको माटोले घाट पनि पुर्न थाल्यो । यो ठाउँ वर्षायाममा डुबानजस्तो हुन्छ । यसले मान्छेको अन्तिम संस्कार पनि सम्बन्धित ठाउँमा गर्न पाउँदैन । यसको कारण भक्तपुर नगरपालिकाले माटो निकाल्ने कार्य नियमितरूपमा गर्नुपरिरहेको छ । यसको लागि भनपाले छुट्टै बजेट छुट्याउनुपर्ने स्थिति छ ।
हनुमानघाट पाँचाखेल मैदान वरिपरि नगरका भग्नावशेषहरू माटो, इँटा, ढुङ्गा, सिसा र अन्य फोहोर फालिरहेको देख्न सकिन्छ । यो कार्य रोक्न महेश्वरी खेल मैदान र पाँचाखेल सुधार गर्दै लानुपर्दछ । यसै ठाउँमा अव्यवस्थित वधशालाहरू पनि धेरै छन् । वधशालाको लागि ल्याइएका राँगाहरूलाई बाटोमै दिसा गराएर छोड्ने र वधशालामा रहेका हाड र फोहोरहरू गनाउने र त्यसलाई सीधै खोलामा फाल्ने भएकोले त्यहाँको वातावरण प्रदूषित बनेको छ । यसले मानिसहरूको स्वास्थ्यमा असर पु¥याउन सक्छ । त्यसकारण, वधशालाहरू छिट्टै व्यवस्थित गर्न र फोहोरको उचित व्यवस्थापन जरुरी छ ।
मसानघाटमा शवदहन गर्दा दूषित हावा आउने त छँदै छ । शवदहन गर्दा लुगाफाटा तथा अन्य सामानहरू पनि खोलामा फालेका हुन्छ । अहिले विद्युतीय शवदहन मेसिन ल्याउने नीति र कार्यक्रम सुन्नमा आएको छ । यो खुसीको कुरा हो । तर, यो व्यवस्था नभएसम्म भनपाले सहुलियत दरमा दाउराको व्यवस्था गराउनको निमित्त सम्बन्धित गुठियारहरूले पहिलेदेखि नै अनुरोध गरिरहेको हामीमा स्मरण छ ।
खोला फोहोर हुने अर्को कारण हरेक दिन र महिनैपिच्छे गरिने पूजाआजा पनि हो । पूजा–आजा र परम्परागत संस्कारमा गरेको फूल, अक्षता फलफुल आदि माटो र खोलामा चढाउँदा फोहर भइरहेको देखिन्छ । त्यस्तै अनेक कारणले आरती, लाख बत्ती बाल्ने चलन, अनावश्यकरूपमा ठूलोठूलो स्वरमा घण्टी बजाउनाले ध्वनि प्रदूषण भएको छ ।
पहिले नगरपालिकाको आह्वानमा विभिन्न सङ्घ–संस्था, दाफाभजन र गुठीका मानिस मिलेर खोला सफाइ अभियान सञ्चालन हुन्थ्यो । अहिले त बर्सेनि खोलाको माटो निकाल्न लाखौँको बजेटले माटो झिकिरहनुपरेको छ ।
हनुमानघाट अवस्थित बाल सेवक विद्यालय त्यस स्थानको लागि उपयुक्त देखिँदैन । परोपकार संस्थाको भवन प्रयोग भइरहेको छ । बाल सेवक विद्यालयलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरी परोपकारको भवन आदर निकेतनको लागि उपयुक्त देखिन्छ ।
अन्त्यमा, हनुमानघाटलाई नेपालकै पवित्र धार्मिक तीर्थस्थल बनाइराख्न नगरपालिकाले भक्तपुरवासीको साथ र सहयोगबाट गुरु योजना बनाई बजेट राख्नुपर्ने देखिन्छ । साथै नियमित सरसफाइमा ध्यान दिन अनुरोध छ ।
Leave a Reply