विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
खोप अभियान प्रभावकारी नहुँदा देशमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउन सकेको छैन । महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाका कारण देशको पर्यटन, व्यापार, उद्योग व्यवसाय सबै ठप्प प्रायः छ । कोभिडविरुद्धको खोप दिन नसकिएकै कारण वैदेशिक रोजगारमा जान तयारी गरेका युवाहरूले पनि भिसा पाइरहेका छैनन् । कोभिडविरुद्धको खोपमा नेपाल छिमेकी देशहरूभन्दा पछाडि परिसकेको छर्लङ्ग छ ।
छिमेकी देश चीनले त अरबौँ मात्रामा कोभिडविरुद्धको खोप उत्पादन गरी आफ्नो देशमा मात्र खोप अभियान व्यापक चलाएको होइन विश्वका दर्जनौँ देशहरूलाई खोप अनुदानमा दिन र बिक्री गरिरहेको छ । अर्कोतिर भारतले पनि करोडौँ मात्रा खोप उत्पादन गरी खोप अभियान चलाइरहेको छ । भारतले आफ्ना देशका खोप उत्पादन कम्पनीहरूबाट उत्पादित खोप आफ्नै देशमा प्रयोग गर्न छिमेकी देशलाई समेत पूर्वसम्झौताअनुसारको खोप बिक्री गर्न दिएको छैन । खोपलाई सहजरूपमा प्राप्त गर्न सकिने सार्वजनिक वस्तु बनाउने चीन र क्युवाको प्रयास भए पनि कोभिडविरुद्धको खोप अहिले व्यापार र कूटनीतिको वस्तु भएको छ । धनी देशहरूले करोडौँ करोड मात्रा खोप खरिद गरी आफ्नो देशमा थुपारेका छन् । खोप अब गहन कूटनीतिबिना प्राप्त गर्न सकिने अवस्था छैन । छिमेकी देशहरू पाकिस्तान, बङ्गलादेश, श्रीलङ्काले प्रभावकारी कूटनीतिको माध्यमले चीन र संरा अमेरिका दुवै देशबाट खोप प्राप्त गरी खोप अभियान चलाइरहेका छन् । नेपाल सरकार र सत्तारुढ दल भन्ने सरकार र पार्टी बचाउने कसरतमै समय खर्च गरिरहेका छन् । जनतालाई कोभिडबाट बचाउन खोप खरिद गर्न वा अनुदानबाट प्राप्त गर्नमा सरकारको ध्यान गएको छैन । के यो सरकारको गैरजिम्मेवारी होइन र ?
Leave a Reply