भर्खरै :

निरर्थक अमेरिकी प्रतिबन्ध

संरा अमेरिकी राष्ट्रपति कार्यालयले जुलाइ ७ मा हङकङको अवस्थाबारे प्रतिक्रिया दिँदै ‘राष्ट्रिय आपतकाल’लाई विस्तार गर्ने र हङकङसम्बन्धी प्रतिबन्धहरूलाई जारी राख्ने घोषणा ग¥यो । यसले वर्तमान अमेरिकी सरकारले अझै पनि हङकङ मामिलामा र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहेको देखाउँछ । अमेरिकाको यो कदमले गम्भीर अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डहरूको उल्लङ्घन गरेको छ । यो एक सम्प्रभुतावादी कार्य हो । चीनले यसको कडा निन्दा गरेको छ ।
अमेरिकाले यो निर्णय लिनुको मुख्य कारण चीनको हङकङसम्बन्धी कदमले अमेरिकी राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति र आर्थिक हितमा ‘खतरा’ पु¥याएको दाबी गरेको छ । हङकङ चीनको प्रशासनिक क्षेत्र हो, हङकङ मामिला चीनको आन्तरिक मामिला हो, अमेरिकाको सुरक्षाको लागि के खतरा छ ? वास्तवमा मानिसहरूले के देखेका छन् कि अमेरिकाले लामो समयदेखि हङकङमा चीन–विरोधी अराजकतालाई समर्थन गरिरहेको छ र चीनलाई सकेसम्म बदनाम गरिरहेको छ । यो चीनको सार्वभौमिकता, सुरक्षा र विकास हितको लागि गम्भीर ‘खतरा’ हो ।
यद्यपि उनीहरूको जस्तोसुकै प्रतिबन्ध भए पनि यसले काम गर्दैन । हङकङमा अब उनीहरूले खराबीलाई जारी राख्ने कुनै ठाउँ बाँकी छैन । एक वर्षदेखि हङकङको राष्ट्रिय सुरक्षा कानुनको कार्यान्वयनको प्रभावकारिताले हङकङ र हङकङका बासिन्दाको हितको संरक्षणमा सकारात्मक र स्थिर भूमिका खेलेको छ । हङकङले नयाँ वातावरण देखाउँदै छ ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *