भर्खरै :

नेकामा सभापति बन्नेको होड !

देशको प्रमुख प्रतिपक्षी दल नेका गुट उपगुटमा विभाजित छ । नेकाले महाधिवेशन गर्ने मिति निर्धारण गरिसकेको छ । तर, नेकाका नेताहरू नै महाधिवेशन होला कि नहोला भनी शङ्का व्यक्त गर्दै छन् । महाधिवेशनको मिति नजिकिएसँगै नेकाभित्र नेताहरू सभापति पदमा उम्मेदवारी दिनेतर्फ होडबाजी गर्दै छन् । सभापतिका दाबेदार शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई अभिभावकको रूपमा काम गर्न दोस्रो पुस्ताका नेताहरू अनुनय विनय गर्दै छन् । अहिले नै नेकाका केन्द्रीय नेताहरू गुट र उपगुटमा विभाजित भएर मत पाउनका लागि जुट्दै छन् ।
अहिले चर्चामा आएअनुसार शेरबहादुर देउवा, गोपालमान श्रेष्ठ, शशाङ्क कोइराला तथा अन्य नेताहरू गुट बनाउँदै सभापति पदमा उम्मेदवारी दिनेछन् । महाधिवेशनले जुनसुकै गुट या उपगुटका नेता सभापतिमा निर्वाचित भए पनि नेकाले श्रमजीवी जनताको पक्षमा काम गर्दैन । नेका पुरानो पार्टी हो । आफूलाई प्रजातान्त्रिक पार्टी दाबी गर्ने नेका नेपाल र नेपाली जनताको भन्दा भारतको स्वार्थ र हित हेर्ने पार्टी हो । नेका नेपाल र नेपालीको अहितमा भारतसँग असमान सन्धि गर्ने पार्टी हो । देशका नदी नाला भारतलाई सुम्पिने, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाए पनि तमासे भएर बस्ने दल हो नेका ।
विदेशी नागरिकलाई सहजै वंशजको आधारमा नेपाली नागरिकता दिने पक्षमा नेका जहिल्यै अगाडि छ । नेपाली भूमि कालापानीमा रहेका भारतीय सेना फर्काउनेतर्फ नेकाले आवाज उठाएन । सीमा अतिक्रमण र भारतको आर्थिक नाकाबन्दीबारे नेकाले आवाज उठाएन । नेपाली भूमि जोगाउने, नेपाली सीमा कायम गर्ने र युवालाई स्वदेशमै रोजगारी दिनतर्फ नेका लागेन । लामो समयसम्म सरकारमा बसेको नेकाले उहिल्यै नेपाली भूमि जोगाउने अभियानमा लागेको भए भारतले हेक्टरका हेक्टर नेपाली भूमि मिच्न सक्दैनथ्यो । भारत भूमि मिचाहा देश बन्दैनथ्यो । तर, नेका भूमि मिचाहा देश बनेको छ ।
नेका नदी बेचुवा दल बनेको छ । नेका नेपाली युवा विदेशी पठाउने दल बनेको छ । नेका नेपाल र नेपालीको भन्दा भारतको स्वार्थ हेर्ने देशविरोधी, भारतको इसारामा चल्ने अप्रजातान्त्रिक दल बनेको छ । नेका किसानविरोधी दल हो । नेका भारतीय नागरिकलाई वंशजको आधारमा नेपाली नागरिकता दिने दल बनेको छ । नेका सबभन्दा बढी असमान सन्धि गर्ने दल हो । नेपाली भूमि डुबानमा पार्ने काममा नेकाको पनि अप्रत्यक्ष सहयोग रहेको छ । नेका किसान र कमैयाहरूको मोहियानी हक खोस्ने दल हो । नेका भारतीय विस्तारवादी दलको समर्थन गर्ने दल हो । पुँजीपति, शोषक, सामन्त, जमिनदार र षड्यन्त्रकारीहरूको हितमा काम गर्ने दल नेकाले कसरी श्रमजीवी या बहुमत जनताको हित हेर्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *