ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
हेटौँडा, २७ असार । बाग्मती प्रदेशसभाको बजेटमाथि छलफल गर्न आइतबार बाग्मती प्रदेश सभाको बैठक बस्यो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले बाग्मती प्रदेश सरकारको चौथोे बजेटले केही तात्विक भिन्नता देखाउन नसकेको चर्चा गर्दै बजेटको स्वागत गर्नेलाई बजेटको उपलब्धि देखाउन चुनौती दिनुभयो ।
उहाँले भन्नुभयो, “चौथो बजेट आइसक्दा पनि काठमाडौँबाट हेटौँडा आउने बाटो बन्यो बनेन ? बाटोमा आउने पहिरोलाई नियन्त्रण गर्न सक्यो या सकेन ? हिजोका तीन वटा बजेटले ती काम गर्न सक्यो या सकेनन् ? मूल्याङ्कन गर्न जरूरी छ ।”
प्रदेश सरकार गठन भएको तीन वर्षमा पनि प्रदेशसभाको भवनसमेत बनाउन नसक्नेले अरू काम गर्छ भन्ने के आशा गर्ने भनी उहाँले प्रश्न गर्नुभयो ।
समाजवादउन्मुख व्यवस्था भनेको विद्युतीय गाडी सञ्चालन गर्नु नभएको स्पष्ट पार्दै प्रदेशसभा सदस्य गोसाईले समाजवादको अपव्याख्या गर्ने तल्लो स्तरको काम सरकारले गर्न नहुनेमा सचेत गराउनुभयो ।
समाजवादउन्मुख संविधान भनिए तापनि समाजवादी व्यवस्थासम्बन्धी केही काम सुरू गर्न नसकेको स्पष्ट गर्दै उहाँले आफ्ना दलका सभासद्हरूलाई समेत चित्त बुझाउन नसक्नेले प्रदेश सरकारले विपक्षी दलका सभासद्हरूको विश्वास कसरी जित्ला ? भनी व्यङ्ग्य गर्नुभयो । बजेटले कुनै उत्साहको सङ्केत दिननसकेको चर्चा गर्दै सभासद् गोसाईले बजेट पुरातन सोच, पक्षपात, अहङ्कार र सङ्कीर्णताको सङ्कलनमात्र रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “सरकार बजेटमार्फत सुझबुझका साथ प्रस्तुत हुनसकेन । प्रदेश सरकारले संवेदना र संयमताको न्यूनतम सन्तुलनसमेत गुमायो । बजेटमार्फत सरकारले चलाखीपूर्ण वाक्पटुतामात्र प्रकट गरेको छ ।”
सिङ्गो देशका लाखाँै विद्यार्थी पढ्न नपाउनुको प्रमुख कारण विद्यालय र विद्यार्र्थी प्रविधिमाथि पहुँच नपुग्नु हो भन्दै उहाँले सरकारले बजेटमार्फत यस विषयमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “कोभिडको महामारीको कारण सार्वजनिक विद्यालयको स्थिति नाजुक छ । लाखाँै जनता बेरोजगार छन् । यतातर्फ बजेटले चित्तबुझ्दो जवाफ दिन नसकेकोले नेमकिपाले बजेटको समर्थन गर्र्नेछैन ।”
विद्यालय, अस्पताल सञ्चालन गर्न बजेट ल्याउनुको सट्टा राम–सीताको मन्दिर बनाउनु किमार्थ बहादुरीको काम नभएको स्पष्ट पार्दै उहाँले बजेट उत्पादनमुखी, कामदार र तल्लो वर्गलाई उपलब्धि दिने खालको हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री डोरमणि पौडेलले बोल्दै गर्दा विद्युत् गएको कारण संसद् बैठक अवरूद्ध भई हो–हल्ला भएको थियो । बत्ती गएको कारण नेपाली काङ्ग्रेस, राप्रपालगायतका विपक्षी पार्टीका सभासद्हरुरू बाहिरिएका थिए भने सभा हलमा विपक्षी दलको तर्फबाट नेमकिपाका सभासद्हरूको मात्र उपस्थिति थियो । स्मरणीय छ, उक्त बजेटको विरोध नेमकिपाले बाहेक अरु दलले गरेको छैन ।
Leave a Reply