हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
सन् २०२१ को जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो १०० औँ स्थापना दिवस मनायो । चिकपाको नेतृत्व र त्यसको शिलशिलाको कदर गर्दै चीनभर भव्य उत्सव मनाइयो भने यही सन्दर्भमा संसारभर चिकपाबारे चर्चा–परिचर्चा भयो । समाजवादीहरूले चिकपाको इतिहास र विशेषतः चीनको राजनीतिक अर्थतन्त्रको आजको अवस्थाबारे छलफल गर्नु उपयुक्त हो ।
सन् २०१३ को नोभेम्बर ९ मा चिकपाको अठारौँ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकमा बोल्दै सी चिनफिङले ‘सुधार र खुलापन’ को थालनी भएको दुई दशकभन्दा बढी समयपछि चीनको अर्थतन्त्रको पारिभाषिक विशेषताबारे चर्चा गरेका थिए । उनले सन् १९९२ मा सम्पन्न चिकपाको चौधौँ महाधिवेशनको स्मरण गर्दै ‘समाजवादी बजार अर्थतन्त्रको स्थापना, राज्यको बृहत् नियन्त्रणअन्तर्गत स्रोतको परिचालनमा बजारलाई प्रमुख भूमिका खेल्न दिने’ लक्ष्यमा पार्टी पुनःसमर्पित हुनुपर्ने बताए । उनले सन् २०१३ सम्ममा समाजवादी बजार अर्थतन्त्र ‘आधारभूत रूपमा स्थापित’ हुने तथापि ‘धेरै समस्या भने अझै बाँकी रहने’ बताएका थिए । आधारभूतरूपमा आजको चीनको अवस्थासँग मेल खाने यो बुझाइले सन् १९४९ मा मुक्ति भएयता चीनको ऐतिहासिक पथका जटिलता प्रतिबिम्बित छ ।
सी चिनफिङले चीनको राजनीतिक–अर्थतन्त्रलाई ‘समाजवादी तर बजार संयन्त्रले प्रमुख भूमिका खेल्ने व्यवस्था’को रूपमा व्याख्या गरेका छन् । विकासको यो अवधारणाको सुरुवात सन् १९७०–दशकको उत्तर्राद्र्धबाट भएको थियो । त्यत्तिबेला देङ स्याओपिङले ‘सुधार र बाहिरको लागि खुलापन’ नीतितिर उन्मुख कदम चालेका थिए । सो नीतिअन्तर्गत घरेलु आर्थिक प्रणाली तथा विश्व अर्थतन्त्र, पुँजीवादी विश्वको उत्पादन र व्यापारमा चीनको संलग्नता दुवैमा परिवर्तन गरिएको थियो । स्थापनाको प्रक्रिया पूरा गर्न दशकौँ, अझ शताब्दी पनि लाग्न सक्ने समाजवादी व्यवस्था लागु गर्ने प्रक्रियाको थालनीका लागि आवश्यक समृद्धिको भौतिक अवस्था बनाउन चीनले उत्पादनशील अर्थतन्त्रको विकासको लागि बजार संयन्त्रको प्रयोग गर्ने भएको थियो । तर, त्यो बजार भने बिनाअनुगमन र नियन्त्रणहीन तरिकाबाट सञ्चालन गर्न दिइनेछैन । कम्युनिस्ट पार्टीको लगाममा चल्ने राज्य नै चीनको आर्थिक र राजनीतिक जीवनको प्रभावशाली निर्देशक भूमिकामा रहनेछ । बजारले ल्याउने नकारात्मक प्रभावलाई पार्टी र राज्यले काँटछाँट गर्नेछ । यस्ता नकारात्मक प्रभाव पूर्ण निर्मूलन भने गर्न नसकिने अनुभवले देखायो ।
समाजवादतिरको बाटोबारे पार्टीमा बहस
चीनमा उत्पादनशील शक्तिको विकास अघि बढाउन बजारलाई उल्लेखनीय भूमिका खेल्न दिने विचारलाई अंशतः माक्र्सले र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ मा पुँजीवादी अर्थतन्त्रको उदयबारे गरेको समीक्षाको सापेक्षमा बुझ्न सकिन्छ । पुँजीवादको इतिहास, बजार शक्तिबाट निर्देशित नयाँ उत्पादन क्षमताको विस्तार, पुँजीवादी व्यवस्थाले ‘उत्पादन र विनिमयको लागि बनाएको विशाल साधन’ निर्माणको प्रक्रियाबारे पनि विस्तृत छलफल भएका छन् । पुँजीवादी बजार प्रणालीको विकासले उत्पादन शक्तिको विस्तार हुने, त्यसले भविष्यमा पुँजीवादी सामाजिक र राजनीतिक सम्बन्धलाई हावी बनाउने र त्यस चरणमा कामदार वर्गलाई समाजवाद निर्माणको पूर्वअवस्थामा पु¥याउने कुरा माक्र्स र एङ्गेल्सले राम्ररी बुझेका थिए । पुँजीवादी बजारको शक्तिले पुँजीलाई मुट्ठीभर शोषकहरूको हातमा केन्द्रित गर्छ । पुँजीपति वर्गले श्रमिकबाट अधिकतम अतिरिक्त मूल्य निकाल्न खोज्ने भएकोले त्यहाँ ठुलो सङ्ख्यामा गरिब सर्वहाराहरूको जन्म हुन्छ । बजारले दुवै रचनात्मक र विध्वंसात्मक परिणाम निम्त्याउँछ । त्यसकारण बजारलाई बिनाअनुगमन अनियन्त्रित चल्न दिनु हुन्न ।
बजार संयन्त्रको न्यूनतम रचनात्मक उपयोगको ढाँचाको अर्को नजिर हो–वोल्शेविकहरूले सन् १९२० दशकको सुरुमा लागु गरेको नयाँ आर्थिक नीति । लेनिन र सोभियत सङ्घका नेताहरूले प्रथम विश्वयुद्ध र गृहयुद्धले ध्वंस भएको अर्थतन्त्रमा समृद्धितिर ‘फड्को मार्न’ बजार र पुँजीपतिहरूलाई महत्वपूर्ण भूमिका दिएका थिए । नयाँ आर्थिक नीति एकातिर पुँजीपतिहरूको लागि आफ्नो व्यापार र वित्तीय हित हासिल गर्ने सीमित अधिकारसहितको लाइसेन्स थियो भने अर्कोतिर भविष्यको समाजवाद निर्माणको हिस्सा बनेका नयाँ औद्योगिक र वित्तीय संस्थाको जग र आरम्भिक विकासमा योगदान गर्ने अवसर पनि थियो । पुँजीपति वर्गमाथि सोभियत राज्यसत्ता र वोल्शेविक पार्टीले सावधानीपूर्वक अनुगमन गथ्र्यो । तर, पुँजीपति वर्ग राजनीतिक विकासमा प्रभावशाली स्थानमा थिएन ।
समाजवाद निर्माणको थालनी भएको तीस वर्षपछि चिनियाँ समाजको वस्तुगत अवस्थाबाट सुधार र खुलापनको नयाँ नीति लागु गर्ने निर्णय भयो । सन् १९४९ देखि १९७९ सम्मका दशकमा चीनले धेरै ठुलो प्रगति ग¥यो । जनस्वास्थ्यमा ठुलो प्रगति हासिल ग¥यो, ४० वर्षभन्दा कम औसत आयु झन्डै ८० वर्षमा पुग्यो । शिशु मृत्यु दरमा पनि ठुलो कमी भयो । शिक्षाको परिधि अझ फराकिलो बनाइयो र साक्षरता दर पनि उल्लेख्यरूपमा बढ्यो । जनतालाई आवासको पनि बन्दोबस्त गरियो । पूर्वाधार विकासमा पनि व्यापक प्रगति भयो । यो अवधिको समग्र आर्थिक विकास वार्षिक ३ प्रतिशत रह्यो । यद्यपि, सन् १९७० दशकको अन्त्यसम्ममा चीन न्यून आम्दानीको देश नै थियो । त्यस अवस्थालाई गरिबीको समानताको रूपमा लिन सकिन्थ्यो ।
विश्व पुँजीवादी प्रणालीमा चीनको प्रवेशले सकारात्मक र नकारात्मक तत्वको जटिल मिश्रण भएको छ । संरा अमेरिकाले विदेश व्यापार र लगानीमा चीनको विस्तारलाई आतुरीका साथ स्वागत गरेको छ । अमेरिकी र अन्य पश्चिमा राजनीतिक नेता र प्राज्ञ विश्लेषकहरूले पुँजीवादी विश्व व्यवस्थामा चीनमा सामेल भएको हेर्न चाहन्छन् । चीनको आन्तरिक अर्थतन्त्रमा वृद्धिसँगै चीनको राजनीतिक प्रणालीमा रूपान्तरण हुने र अन्ततः नयाँ विश्वव्यापी श्रम विभाजनको हाँगाको रूपमा नयाँ प्रणालीको विकास हुने अपेक्षा गरिएको छ । विश्व व्यापारको वास्तविकतामा संलग्नता र संयुक्त लगानी अथवा वैदेशिक लगानीको रूपमा चीनको उपस्थितिमार्फत अमेरिकाको विश्वव्यापी स्वार्थमा ठुलो राजनीतिक साठगाँठ हुने गरेको छ ।
समाजवादी निर्माणको प्रारम्भिक चरणमा जसरी माओ त्सेतुङ, चाओ एनलाई, चेन यी लगायतका नेताहरूले जसरी देङ स्याओपिङ र चिकपाका अन्य देशहरूले समयको पदचाप बुझे । वास्तविक समाजवाद स्थापना गर्न, साम्यवादतिरको भावी सङ्क्रमणमा सफल हुन चीनले भौतिक समृद्धिको उच्च तह हासिल गर्नुपर्ने उनीहरूले अनुभव गरे । समाजवाद र साम्यवाद मनग्यताको व्यवस्था हो । त्यो व्यवस्थामा सामाजिकरूपमा उत्पादित धन प्रारम्भिक चरणमा श्रमअनुसार वितरण गरिन्छ र समयान्तरमा आवश्यकताअनुसार वितरण गरिनेछ । तर, त्यो लक्ष्यतिर अघि बढ्नुअघि सामाजिक धन सञ्चय गर्न उत्पादन शक्तिको विकास गर्नु पहिलो आवश्यकता हो । समयान्तरमा स्रोतको समतामूलक वितरणको सुनिश्चितता गर्ने राजनीतिक संयन्त्र बनाउन जरुरी छ । बजार संयन्त्रको प्रयोगमार्फत आर्थिक विकासको योजना अघि बढाउन चिकपा प्रतिबद्ध रह्यो । आधुनिक उत्पादन प्रविधि र साङ्गठनिक अभ्यासमा पहुँच विस्तारको लागि चिकपाले विदेशी लगानी भित्र्याउन अर्थतन्त्रको ढोका खोल्यो । त्यो नीति उल्लेखनीयरूपमा सफल नीति हो । यद्यपि, त्यसमा गम्भीर अन्तरविरोध र जोखिम पनि नरहेको होइन ।
सुधारपछि चीनको अर्थतन्त्रका अन्तरविरोध
सन् १९८० यता चीनको अर्थतन्त्रले धेरै उथलपुथल सामना ग¥यो । दुई दशकभन्दा लामो समयको लागि कुल गार्हस्थ उत्पादन प्रतिवर्ष दस प्रतिशतभन्दा बढीले वृद्धि भयो । चिनियाँ जनताको भौतिक अवस्थामा उल्लेखनीय प्रगति भयो । चीनका १ अर्ब ४० करोड जनतामध्ये आधाभन्दा बढी मानिसको घर बनेका चिनियाँ सहरहरूमध्ये केही सहर त आज संसारकै सबभन्दा आधुनिक सहर बनेका छन् । विज्ञान र प्रविधिले ठुलो फड्को मा¥यो । ८० करोडभन्दा बढी मानिसलाई संयुक्त राष्ट्र सङ्घले तोकेको गरिबीको रेखाभन्दा माथि उकासियो । शिक्षा, विशेषतः उच्च शिक्षा विस्तार हुँदै गयो । माध्यमिक विद्यालय पूरा गरेका विद्यार्थीहरूमध्ये झन्डै आधा विद्यार्थीहरू विश्वविद्यालय जाने गर्छन् । विश्व अर्थतन्त्रमा चीन प्रमुख उत्पादन केन्द्र बनेको छ । यसले चीनमा विदेशी मुद्रा जम्मा गर्ने प्रक्रियामा मद्दत ग¥यो । जनगणतन्त्र चीन सरकारको बृहत् आर्थिक व्यवस्थापनको निम्ति त्यही विदेशी मुद्रा वित्तीय स्रोत बन्यो । तर, यी उपलब्धि भौतिकका साथै सामाजिक र राजनीतिक हिसाबले पनि उल्लेखनीय छन् ।
तीव्र आर्थिक वृद्धिको निम्ति बजारको प्रयोगले थुप्रै नकारात्मक परिणाम दिएको छ । आम्दानीमा असमानतामा निकै फराकिलो बनेको छ । निकै धनी पुँजीपतिहरूको सानो सङ्ख्या बहुमत चिनियाँहरूको आयमा उल्लेखनीय वृद्धिबाट अलग छन् । भ्रष्टाचार चीनको ठुलो समस्या बनेको छ । राज्य र पार्टी सङ्गठनका धेरै अधिकारीहरूले आफ्नो पदको दुरूपयोग गरी सार्वजनिक सम्पत्तिबाट धनी बनिरहेका छन् । विशेषतः सुधार युगको सुरुका दशकमा वातावरणीय समस्या बढेको छ । जस्तैः वायु, पानी र माटोको प्रदुषणको कारण स्वास्थ्य समस्या बढेका छन् । मृत्यु दर अत्यधिक बढेको छ । बजार प्रणालीमा अन्तरनिहीत नाफामा जोडले सुरक्षाका नियमको उपेक्षा भएको छ । जसले कहिलेकाहीँ त ठुला दुर्घटनासमेत निम्तिने गरेको छ । यस्ता अन्तरविरोधको कारण बेलाबेला विरोध पनि हुने गरेका छन् । नागरिकहरू आफ्ना अधिकारको माग गर्दै जनसङ्घर्ष हुने गरेका छन् । सरकार र पार्टीलाई आफ्नो घोषित लक्ष्य र मान्यतामा अडिग रहन जनताले सजग बनाउने गरेका छन् ।
विश्व अर्थतन्त्र, विश्व पुँजीवादी प्रणालीमा चीनको प्रवेशले सकारात्मक र नकारात्मक तत्वको जटिल मिश्रण भएको छ । संरा अमेरिकाले विदेश व्यापार र लगानीमा चीनको विस्तारलाई आतुरीका साथ स्वागत गरेको छ । अमेरिकी र अन्य पश्चिमा राजनीतिक नेता र प्राज्ञ विश्लेषकहरूले पुँजीवादी विश्व व्यवस्थामा चीनमा सामेल भएको हेर्न चाहन्छन् । चीनको आन्तरिक अर्थतन्त्रमा वृद्धिसँगै चीनको राजनीतिक प्रणालीमा रूपान्तरण हुने र अन्ततः नयाँ विश्वव्यापी श्रम विभाजनको हाँगाको रूपमा नयाँ प्रणालीको विकास हुने अपेक्षा गरिएको छ । विश्व व्यापारको वास्तविकतामा संलग्नता र संयुक्त लगानी अथवा वैदेशिक लगानीको रूपमा चीनको उपस्थितिमार्फत अमेरिकाको विश्वव्यापी स्वार्थमा ठुलो राजनीतिक साठगाँठ हुने गरेको छ । जस कारण क्युवा जस्ता अन्य समाजवादी देशसँगको ऐक्यबद्धता र संसारका धेरै भागमा फैलिरहेको क्रान्तिकारी आन्दोलनप्रति समर्थन जनाउन चीनले भुल्ने गरेको छ । सुधार युगका आरम्भिक दशकमा चीनले अँगीकार गरेको विदेशी नीति मूलतः संरा अमेरिकासँग नजिक थियो ।
सीको नेतृत्व, पछिल्लो परिवर्तन र चिनियाँ पथको मूल विचार
पछिल्लो वर्षमा सी चिनफिङ चिकपाको नेतृत्वमा आएपछि चीन अमेरिकी स्वार्थप्रति नतमस्तक हुने अवस्था क्रमशः अन्त्य हुँदै छ । चीनको राजनीतिक र आर्थिक प्रणालीमा रूपान्तरणको अपेक्षासामु चिकपा झुकेको छैन । चीन अझ बढी आत्मविश्वासपूर्ण बनेको छ । अन्तर्राष्ट्रिय मामिलामा चीन बढी सक्रिय हुनथालेको छ । दोस्रो विश्वयुद्धयता चल्दै आएको अमेरिकी प्रभावको विश्व व्यवस्थालाई चीनले अस्वीकार गरेको छ । अनि ‘बेल्ट एन्ड रोड परियोजना’ र पश्चिम विश्वबाट स्वतन्त्र अन्तर्राष्ट्रिय आर्थिक एवम् वित्तीय संस्था बनाएर चीनले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा विकास र साझा समृद्धिको नयाँ ढाँचा बनाउन थालेको छ ।
यस्तो ठुलो उपलब्धि र गम्भीर समस्याको जटिल गठजोडमा समकालीन चिनियाँ राजनीतिक अर्थतन्त्रलाई कसरी चित्रण गर्न सकिन्छ ? इमानदार समाजवादी र वामपन्थी कार्यकर्ताहरूबीच धेरै थरी विचार र धारणा छन् । कोही कोही सन् १९७० दशकको उत्तराद्र्धयता चीनले ‘पुँजीवादी बाटो’ अँगालेको देख्छ । कोही चीनको प्रणालीलाई अमेरिकी पुँजीवादी व्यवस्था जत्तिकै शोषणमूलकजस्तो देख्छन् । अमेरिकी पुँजीवाद र चिनियाँ व्यवस्थाबीच समानताको खोजी गर्न थाल्छन् । कोही भने चीनमा अहिले नै खास समाजवादी प्रणाली स्थापना भएको विश्वास गर्छन् । चीनका कुनै पनि कमजोरी वा गल्तीलाई पनि स्वीकार्न उनीहरू तयार छैनन् । पक्कै पनि कुनै सरल विभाजन छिचोल्न सक्ने थप सूक्ष्म विश्लेषण तर आलोचनात्मक समझदारी विकास गर्न सकिन्छ ।
माथि पनि भनिसकिएको छ, सी चिनफिङले चीनलाई समाजवादी बजार अर्थतन्त्र भनेका छन् । चीनमा ‘चिनियाँ विशेषतासहितको समाजवाद’ भएको पनि भनिन्छ । त्यसको अर्थ समाजवादको सैद्धान्तिक ढाँचालाई चीनको वस्तुगत अवस्थामा मिलाएर प्रयोगमा ल्याइएको छ । यी शब्दावलीले चीनमा आज अभ्यास भइरहेको अवस्थालाई नै चीनको आर्थिक र राजनीतिक व्यवस्थाका विशेषताको आधार मान्न सकिन्छ ।
उत्पादनमूलक उद्योग र वित्तीय संस्थामाथि सार्वजनिक र सामूहिक स्वामित्व नै अर्थतन्त्रको मूल तत्व हो । राज्य नियन्त्रित ठुला उद्योगदेखि नगरपालिका वा स्थानीय तहका सहकारीले सञ्चालन गरेको र स्वामित्वमा रहेको साना उद्योगसम्म, अर्थतन्त्रका सबै क्षेत्रमा विभिन्न प्रकारका सामाजिक स्वामित्व कायम छ । अर्थतन्त्रमा निजी क्षेत्रको पनि उल्लेखनीय हिस्सेदारी छ । निजी क्षेत्रअन्तर्गत विदेशी प्रत्यक्ष लगानी र आन्तरिक निजी पुँजी दुवैको गठजोड छ । पुँजीपतिको स्वामित्वमा रहेका व्यापारले चीनको कानुनी र नियमकारी प्रणालीको बृहत् छाताभित्र रहेर नाफा कमाउने लक्ष्य पूरा गर्छ । पक्कै पनि महत्वपूर्ण कुरा के हो भने चीनको सिङ्गो व्यवस्था कम्युनिस्ट पार्टीको अनुगमन र नियन्त्रणमा चल्छ । नीति निर्माणमा पार्टीको नेतृत्वदायी भूमिका हुन्छ । पार्टीले निर्धारण गरेको मापदण्डअन्तर्गत रहेर सार्वजनिक र निजी आर्थिक गतिविधि हुने गर्छ ।
उत्पादनका साधनमाथि स्वामित्व जमाएका पुँजीपति मालिक वर्गलाई श्रमबाहेक बेच्नको निम्ति आफूसँग केही नभएका परम्परागत परिभाषाका सर्वहाराभन्दा आजको चीनका श्रमिक वर्गको अवस्था फरक छ । समाजवादी सरकारले सबै नागरिकलाई घरको सुविधा दिन्छ जहाँ चिनियाँ श्रमिक बस्ने गर्छन् । उनीहरूलाई शिक्षा र स्वास्थ्योपचारजस्ता आधारभूत सामाजिक सेवा सुनिश्चित गरिएको छ । त्यसको अर्थ पुँजीवादी समाजभन्दा फरक चीनका श्रमिक जनताले आफूले उत्पादन गरेको सामाजिक धनमा आफ्नो हिस्सेदारी उपभोग गर्न पाउँछन् ।
अन्तरविरोध र चुनौती आउने थाहा भएरै सुधार र खुलापनको नीति अँगीकार र अवलम्बन गरिएको थियो । माथि चर्चा भएजस्तै चीनको अर्थतन्त्रको विकास र सामाजिक धनको विस्तारको क्रममा चुहाउनुपर्ने अनिवार्य मूल्यको रूपमा तिनलाई लिइएको छ । तर, समाजका सबै क्षेत्रका ९ करोड २० लाख सदस्य भएको र सामाजिक एवम् आर्थिक जीवनका सबै हाँगाबिँगामा उपस्थिति भएको पार्टीको नेतृत्वदायी भूमिकाको अर्थ बजार संयन्त्रका खराब प्रभाव र अतिवादलाई अनुगमन गर्न सकिने र न्यूनीकरण गर्नसक्नु हो । साथै चीनको विद्यमान खास वास्तविकताको आधारमा श्रमिक वर्गको हितको रक्षा र प्रवद्र्धन गर्न सक्नु हो ।
सन् १९९० दशकको सुरूबाट कम्युनिस्ट पार्टीले पुँजीपतिहरूले दिएको पार्टी सदस्यता स्वीकार्ने र पार्टी सदस्य दिन थालेको हो । तर, पार्टी सदस्यहरूको बृहत् पङ्क्तिमा उनीहरूको सङ्ख्या ज्यादै कम छ । आजको चीनमा पक्कै पनि पुँजीपतिहरूको सङ्ख्या बढी छ । तर, उनीहरूले राज्यलाई नै प्रभावित बनाउन सक्ने वर्गको रूप लिनसकेको छैन । चीनमा कामदार वर्गको अवस्था पुँजीपति व्यवस्थाका परम्परागत व्याख्याअनुसारका सर्वहाराको जस्तो छैन । उत्पादनका साधनमाथि स्वामित्व जमाएका पुँजीपति मालिक वर्गलाई श्रमबाहेक बेच्नको निम्ति आफूसँग केही नभएका परम्परागत परिभाषाका सर्वहाराभन्दा आजको चीनका श्रमिक वर्गको अवस्था फरक छ । समाजवादी सरकारले सबै नागरिकलाई घरको सुविधा दिन्छ जहाँ चिनियाँ श्रमिक बस्ने गर्छन् । उनीहरूलाई शिक्षा र स्वास्थ्योपचारजस्ता आधारभूत सामाजिक सेवा सुनिश्चित गरिएको छ । त्यसको अर्थ पुँजीवादी समाजभन्दा फरक चीनका श्रमिक जनताले आफूले उत्पादन गरेको सामाजिक धनमा आफ्नो हिस्सेदारी उपभोग गर्न पाउँछन् । उनीहरूको अवस्था बाँच्नको निम्ति श्रमशक्तिबाहेक आफूसँग केही पनि नभएको अवस्थामा छैन ।
त्यसको अर्थ चीनका श्रमिकहरू सकेसम्म राम्रो रोजगारी खोज्दैनन् भन्न खोजिएको होइन । कामको खोजीमा उनीहरू आफ्नो गाउँ र दर्ता भएको घर पनि छोड्छन् । चीन तुलनात्मकरूपमा न्यून प्रतिव्यक्ति आम्दानी भएको विकासशील देश भएको हुनाले ग्रामीण चीनमा त्यस्तो सामाजिक सेवा न्यून भएको पनि सत्य हो । तर, पुँजीवादी बजारले वास्ता पनि नगर्ने कुरालाई चीनमा श्रमिक जनताका आधारभूत आवश्यकताको रक्षाको गर्ने सुरक्षाको जालो भने छ । चीनको पार्टी र सरकारले पुँजीपति वर्गमाथि निगरानी राख्नु, अनुगमन गर्नु र श्रमिक जनताको निम्ति आधार समाजवादी सुविधा हुनुको अर्थ चीनलाई पुँजीवादी समाज भन्न मिल्दैन । केही व्यवहारिक वास्तविक उदाहरणले यो विशेषतालाई अझ प्रस्ट बनाउन मद्दत गर्नसक्छ ।
चिनियाँ व्यवस्थाका समग्र प्रकृति र उन्मुखताको सबभन्दा आधारभूत सूचाङ्क भनेको १ अर्ब ४० करोड चिनियाँ जनताको जीवनको भौतिक अवस्थामा भएको चुस्त र विस्तृत सुधार हो । गरिबी उन्मूलन कार्यक्रमले चीनका ८५ करोडभन्दा बढी जनतालाई निरपेक्ष गरिबीको अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त तहभन्दा माथि उकासेको छ । त्यसबाहेक चीनका बहुमत जनताले हरेक वर्ष आफ्नो आम्दानी बढेको देखिरहेका छन् । उनीहरूको जीवनस्तर उकासिएको छ । सामाजिक र सांस्कृतिक स्रोतमा बढीभन्दा बढी पहुँच विस्तार भएको छ । व्यक्तित्व विकासका अवसरहरू फराकिलो बन्दै गएको छ । करोडौँ चिनियाँहरू हरेक वर्ष विद्यार्थी वा पर्यटकको रूपमा विदेशको यात्रा गर्छन् । देशभित्र पनि उच्च गतिवान् रेलको प्रभावकारी सञ्जालमा यात्रा गर्छन् । सुधार र खुलापन नीतिको कारण ल्याएको आर्थिक विकासको परिणामस्वरूप धेरै तरिकाबाट चीनका जनताको जीवनस्तर उकासिएको छ ।
आर्थिक वृद्धि र विश्व सङ्कटको प्रतिरोधमा चिकपा
आर्थिक वृद्धिसँगै आएका चुनौती र पछिल्लो इतिहासमा आइलागेका प्रमुख सङ्कट दुवैको प्रतिरोधमा चीनको सरकार र पार्टी सरकारी र सामाजिक स्रोत परिचालन गर्न पनि सक्षम छन् । सन् १९८० र ९० को दशक हुँदै एक्काइसौँ शताब्दीको सुरुवातसम्म आर्थिक वृद्धिसँगै गम्भीर वातावरणीय समस्याहरू देखापरे । पश्चिमा देशहरूमा औद्योगिक अर्थतन्त्रको प्रारम्भिक विकासले उन्नाइसौँ र बीसौँ शताब्दीभरि प्रदूषण व्यापकरूपमा बढायो । तर, चीनमा सामाजिक धनको सञ्चय बढेसँगै धेरैभन्दा धेरै स्रोत राज्यले यस्ता समस्या समाधान गर्न परिचालन गर्नसक्यो । त्यसको पश्चिमा पुँजीवादी देशहरूसँग कुनै तुलना नै हुनसक्दैन । चीनले अरू कुनै पनि देशको तुलनामा थप वैकल्पिक ऊर्जा उत्पादन ग¥यो । सौर्य, वायु र अन्य प्रकारका सफा ऊर्जा उत्पादनको अनुसन्धान र विकासमा चीन सबभन्दा अग्रमोर्चामा छ । योजनाबद्ध अर्थतन्त्र र चिकपाको नेतृत्वमा रहेर चिकपाले वातावरणीय समस्याको समाधान गर्न दीर्घकालीन लगानी ग¥यो । तर, अमेरिका र युरोपमा पुँजीवादी बजार अर्थतन्त्र र पुँजीपति वर्गको जगजगीको कारण त्यस्तो लगानी गर्न सम्भव भएन ।
चीनले राज्य र अर्थतन्त्रबीच विद्यमान भ्रष्टाचारको समस्या समाधान गर्न र एकाधिकारतर्फ उन्मुखतामा नियमन र नियन्त्रण गर्न खोज्यो । साथै बजार सञ्चालनको क्रममा गुणस्तर नियन्त्रणमा आउने समस्याका समाधान गर्ने प्रयास पनि ग¥यो । सन् २०१२ यता भ्रष्ट सरकारी अधिकारी र व्यापारीहरूमाथि अनुसन्धान र कारबाही गर्ने क्रम तीव्र बन्यो । शासन व्यवस्थाका सबै तहका व्यक्ति र संस्थालाई लक्षित गरिएको यो अभियान अझै चालु छ । हालै चीनका ठुला पुँजीपति ज्याकमा र उनको व्यापारिक संस्थामाथि गरेको अनुसन्धानले पनि उच्च प्राविधिक क्षेत्रमा राज्य र पार्टीको क्षमतालाई उजागर गरेको छ । पश्चिमा देशहरूमा यस्ता कुरा हल्लाको विषयसम्म बन्न सक्ला । तर, कुनै नियमनकारी कारबाही हुनसक्दैन ।
पछिल्लो समय चीनमाथि आइलागेका दुई वटा सङ्कटको सामना गर्न पनि त्यहाँको सामाजिक, आर्थिक र राजनीतिक प्रणालीको सामुहिक चरित्रले टेवा पु¥यायो । चीनको सरकारी बैङ्किङ र मौद्रिक प्रणालीले सन् २००८ को पुँजीवादी वित्तीय सङ्कटबाट उसलाई मूलतः जोगाए पनि केही प्रभावबाट भने अछुटो रहन सकेन । देशभित्र उत्पादन भएका र निर्यात गरिने विभिन्न वस्तुको मागमा कमी आएपछि त्यसको प्रभाव अर्थतन्त्रमा पनि प¥यो । २ करोडभन्दा बढी मजदुरहरू कामबाट निकालिए । पुँजीवादी अर्थतन्त्रमा भए ती मजदुरहरूलाई बाहिर फालिन्थ्यो र बजारको अनपेक्षित व्यवहारको शिकारको रूपमा तिनकै भरमा बेवारिसे छोडिन्थ्यो । तर, चीनमा आफ्नै सहर वा गाउँमा परिवार पञ्जीकरणको प्रणाली भएकोले उनीहरू आफ्नो घर फर्किन सके जहाँ उनीहरूलाई आवास र स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत सामाजिक सेवा सुनिश्चित गरिएको थियो । सरकारले प्रदान गर्ने ती आधारभूत खालका छन् । यसले चीनको न्यून प्रतिव्यक्ति उपलब्ध स्रोतको तस्बिर प्रतिबिम्बित गरेको छ । तर, सरकारले दिने त्यो स्रोत सङ्कटको बेला एक जना श्रमिकको लागि जीवन धान्न मनग्य हुन्छ । विश्व अर्थतन्त्र टङ्ग्रिन थालेपछि र चीनले मूलतः आफ्नो आन्तरिक उपभोगमा जोड दिन थालेपछि ती मजदुरहरू आफ्नो औपचारिक काममा फर्के अथवा अन्यत्र कतै नयाँ अवसरको खोजीमा लागे ।
आश्चर्यजनकरूपमा सन् २०२० को आरम्भमा चीनमा जब कोभिड–१९ देखियो, चीन सरकार र पार्टीले जनस्वास्थ्य क्षेत्रमा आइपरेका चुनौतीको समाधान गर्न व्यापक स्तरमा सामाजिक र आर्थिक स्रोत परिचालन ग¥यो । चीनमा जनस्वास्थ्य मानवअधिकारको रूपमा लिइन्छ । नाफाको स्रोत वा निजी व्यवसायको क्षेत्रको रूपमा लिइँदैन । अस्पताल र स्वास्थ्य चौकीमा काम गर्ने चिकित्सक, नर्स, अनुसन्धानकर्ता, प्राविधिकसहित अन्य करोडौँ जनता पार्टीका सदस्य छन् । तर, आपत्को समयमा पार्टी बाहिरका धेरै मानिसले स्वयम्सेवा गरे । कोभिड–१९ भाइरससँगको लडाइँमा आइलाग्ने चुनौती र जोखिमका पहाड छिचोल्न बनाइएका टोलीमा उनीहरू नै समावेश भएका थिए । आफ्नो स्वास्थ्य र सुरक्षासँग समाजको स्वास्थ्य र सुरक्षाबीच अन्योन्यास्रित सम्बन्ध भएको सचेतना भएका चिनियाँ जनताले पार्टी र सरकारले जारी गरेका नीति र निर्देशिकाको कडाइपूर्वक पालना गरे । आफ्नो समुदाय र देशको रक्षाको लागि आफ्नो जिम्मेवारी पूरा गरे । त्यसैकारण कोभिड–१९ को महामारी साढे दुई महिनामा नै नियन्त्रणमा आयो । १ अर्ब ४० करोड जनता भएको देशमा महामारीको कारण ५ हजारभन्दा कममात्र मानिसको ज्यान गयो । तर, पुँजीवादी स्वास्थ्य प्रणाली र राज्य व्यवस्था भएको संरा अमेरिकामा भाइरस व्यापक स्तरमा फैलियो । ३३ करोड जनसङ्ख्या भएको देशमा ६ लाखभन्दा बढी मानिस कोभिड–१९ को कारण निधन भयो ।
संरा अमेरिकाका प्रगतिशील र वाम शक्तिले के गर्नुपर्छ ?
राज्य, पार्टी र जनताको संयुक्त अग्रसरतामा अनेकन सामाजिक र आर्थिक चुनौतीको सामना गर्ने यस्ता उदाहरणले चीनमा पुँजीपतिहरू पक्कै छन् तर चीन पुँजीवादी राज्य व्यवस्था होइन भन्ने कुरा देखाएको छ । पुँजीवादी राज्य व्यवस्थामा पुँजीपति शासक वर्गलाई धनी बनाउन अतिरिक्त मूल्यको लागि अन्य सबै हित र स्वार्थमाथि लगाम लगाइने गर्छ । कम्युनिस्ट पार्टी चीनको आर्थिक प्रणालीको विकास र समाजसँग तिनको अन्तरसम्बन्धलाई नीति निर्माण तथा सिद्धान्त एवम् व्यवहारबीच लगातारको द्वन्द्वात्मकताबाट निर्देशित गर्ने राजनीतिक शक्ति हो । जनगणतन्त्र चीनको सरकारले समाजका सबै मामिला सम्हाल्छ र बृहत् संसारमा चीनको सम्बन्ध सञ्चालन गर्छ । चीन अझै पनि पूूर्णतः समाजवादी देश बनिसकेको छैन । समाजवादी भविष्यतर्फको उसको बाटोमा अझै पनि अनेकन अवरोधहरू छन् । चीन अझै पूर्ण समाज होइन, अनेकन राम्रा र नराम्रा पक्ष एवम् सफलता र असफलतासहितको मानवीय समाज नै हो । पार्टीको नेतृत्व र सरकारका विभिन्न निकायमार्फत चिनियाँ जनता संसारमा आफ्नै बाटो खन्दै अघि बढिरहेका छन् । माक्र्सले भनेजस्तो ‘आफैले चुनेको अवस्थामा होइन, बरु उनीहरूले प्रत्यक्षरूपमा सामना गरिरहेका अन्तरनिहीत परिस्थिति’ हुँदै अघि बढिरहेको होइन । पश्चिमा साम्राज्यवादले लुट्नुसम्म लुटिसकेको र जापानी हमला र गृहयुद्धले क्षतविक्षत भइसकेको अवस्थाबाट उठेर चिनियाँ जनता आफ्नो र भावी पुस्ताको उज्ज्वल भविष्यको लागि दिलोज्यान दिएर काम गरे । चीन अहिले जोखिम र खतरा दुवै भएको बाटोमा लगातार अघि बढिरहेको छ ।
समाजवादी भविष्य बनाउनमा आशावादी, न्याय, समानता र शान्तिपूर्ण विश्व चाहने सबै चीन बाहिरका जनताले चीनका जनताले ‘चिनियाँ विशेषतासहितको समाजवाद’ को बाटो बनाउने यो अभियानमा होस्तेमा हैँसे गर्नुपर्छ । आवश्यक समयमा हामी आलोचनात्मक पनि बन्नुपर्छ । ‘ढुङ्गा छाम्दै नदी तर्ने’ चीनको अगाडिको यात्रामा चीनले सामना गर्ने समस्या र गल्तीलाई हामीले गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ । तर, हामीले चीनको समाजवाद निर्माणको अभियानलाई समर्थन गर्नुपर्छ, चिनियाँ नेतृत्वलाई समर्थन गर्नुपर्छ । गल्ती र दुरूपयोग सम्बोधन गर्ने र नियन्त्रण गर्ने उनीहरूको प्रयासलाई समर्थन गर्नुपर्छ । चिनियाँ जनताको कडा मिहिनेत र आशाप्रति हामीले समर्थन जनाउनुुपर्छ । सबभन्दा महत्वपूर्ण कुरा त हामीले संरा अमेरिका नेतृत्वको साम्राज्यवादले चीनविरुद्ध गर्ने आक्रमणको विरोध गर्नुपर्छ । नयाँ शीतयुद्धको उर्लिंदो छाल रोक्नुपर्छ र चीनको राक्षसीकरणको विरोधमा उभिनुपर्छ ।
स्रोतः मन्थ्ली रिभ्यु अनलाइन
नेपाली अनुवादः सुशीला
Leave a Reply