अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
काठमाण्डौ, २४ असार ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) र नेपालका लागि प्रजग कोरियाका राजदुत किम योङ हकले शनिबार राजधानीमा आयोजित भव्य साहित्यिक जमघटबीच कवि डा.रामप्रसाद ज्ञवाली लिखित महाकाव्य ‘स्वप्नदृष्टि’ सार्वजनिक गर्नुभयो ।
कवि ज्ञवालीले समाजवादी देश प्रजग कोरिया र चीनको भ्रमणपश्चात तीन सय चौबीस पृष्ठको यात्रा महाकाव्य लेख्नुभएको हो ।
‘प्रगतिशील साहित्यले सदा शोषण, अन्याय, अत्याचार र थिचोमिचोको विरोध गर्छ भने मित्रता, मेलमिलाप र शान्तिको समर्थन गर्छ । यो नारा होइन, नीति हो’
कार्यक्रममा बोल्दै नेमकिपा अध्यक्ष विजुक्छेंले सार्वजनिक महाकाव्य ‘स्वप्नदृष्टि’ पढ्दा थोमस मोरको ‘कल्पनालोक’, प्लेटोको ‘गणराज्य’ र मायावस्कीको ‘लेनिनको सम्झना’ कृतिको याद दिलाएको बताउनुभयो ।
पुस्तकको भूमिकामा प्रा.डा. महादेव अवस्थी र डा.देवी नेपालले महाकाव्यबारे प्रस्तुत विचारप्रति सहमति जनाउँदै बिजुक्छेंले पीडित राष्ट्र र देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकताको समर्थन गर्नु, विस्तारवाद र साम्राज्यवादी युद्धको विरोध गर्नु र तिनै उद्देश्यबाट रचित साहित्य र कला प्रगतिशील हुने धारणा राख्नुभयो ।
‘प्रगतिशील साहित्यले सदा शोषण, अन्याय, अत्याचार र थिचोमिचोको विरोध गर्छ भने मित्रता, मेलमिलाप र शान्तिको समर्थन गर्छ । यो नारा होइन, नीति हो’, उहाँले भन्नुभयो ।
कोरियाली क्रान्तिकारी नेता किम इल सङको व्यक्तित्वमा महाकाव्यको नायकमा हुनुपर्ने सबै गुण भएको चर्चा गर्दै उहाँले कोरियाली जनताको भावनाविपरीत साम्राज्यवादी शक्तिको योजनाअनुसार कोरिया विभाजित गरिएको बताउनुभयो ।
‘कोरियाको युद्ध दुई देशबीचको लडाई मात्र होइन, संरा अमेरिकी साम्राज्यवाद–नाटो देश र एसियाली देशहरुबीचको सङ्घर्ष हो । दुई कोरियालाई संरा अमेरिकी तथा नाटो साम्राज्यवादले मिल्न दिएको छैन ।’, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
महाकाव्यका स्रष्टा रामप्रसाद ज्ञवालीले प्रजग कोरियाबारे पूँजीवादी सञ्चारमाध्यमहरुले गरेको प्रचार आफू स्वंय त्यहाँ पुगेपछि झुट्ठा भएको देखेको बताउनुभयो ।
प्रजग कोरियाजस्तो अनुशासित समाज भए नेपाल ५–६ वर्षको अन्तरालमा विकासित देश बन्ने उहाँको भनाई थियो ।
कार्यक्रममा समालोचक प्रा.डा.महादेव अवस्थी, कवि मित्रलाल पंज्ञनी, प्रा.डा. हेमचन्द्र नेपाल, साहित्यकार माया ठकुरी, सोन्गुन अध्ययनको लागि नेपाली साहित्यिक मञ्चका शंकर भारतीलगायतले महाकाव्यका विविध पक्षबारे बोल्नुभएको थियो ।
आयोजक जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोहन दुवालको सभापतित्वमा भएको कार्यक्रममा गायकहरु रामकृष्ण दुवाल, शिशिर योगी र दामोदर अधिकारीले स्रष्टा ज्ञवालीरचित गीतहरु गाउनुभएको थियो । ज्ञवालीको ‘स्वप्नदृष्टि’ सातौं काव्य कृति हो । उहाँले हालसम्म ४० भन्दा बढी पुस्तकको एकल लेखन गर्नुभएको छ ।
Leave a Reply