भर्खरै :

नेक्रासांस्कृतिक सङ्घको प्रवचन

काठमाडौँ, २८ असार । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा अनलाइन प्रवचन भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले विश्व परिवेशमा साम्राज्यवादी र पुँजीवादी देशको हार भइरहेको बताउँदै समाजवादी क्रान्तिले सफलताको सिंढी चढिरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “चीनको समाजवादी आन्दोलन सही ढङ्गले अगाडि बढिरहेको छ । यसले विश्वका कामदार जनताको सेवा गर्छ ।”
बेलायतको वेस्टमिनिस्टर प्रणाली नेपालमा असफल भइरहेको स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईंले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न समाजवादी व्यवस्था भएका देशले सफलता हासिल गरेको बताउनुभयो ।
चिकपाले युवा पुस्तालाई समाजवादी शिक्षामा हुर्काउने काम गरिरहेको छ भन्दै उहाँले चिनियाँ नयाँ पुस्ता समाजवादको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य पाण्डव सुवालले सही नेतृत्वले मात्र समाजवादी विचार फैलाउन सक्ने भएकोले नेमकिपा संशोधनवादको विरोधमा छ भन्नुभयो ।
चिकपा स्थापनाको १०० वर्षमा गरिबी शून्यमा झार्न सफल भएको तर नेपाललगायत दक्षिण एसियाका अन्य देशमा गरिबी सङ्ख्या बढिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “उत्पादनका साधन मुठीभर व्यक्तिको हातमा भएसम्म गरिबी दर झन्झन् बढ्नेछ ।”
आयोजक समितिका अध्यक्ष बालकृष्ण बनमालाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्राध्यापक समाजका सुनिल दुवालले चिकपाप्रति त्यहाँका युवाहरूको आकर्षणको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा समितिका राजन ग्वाछाले चिकपाको इतिहासबाट नेपालले सिक्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *