भर्खरै :

विश्व जनसङ्ख्या दिवसको सन्दर्भ

बिहानी ६ः३० बजेको समय थियो । आफ्नो शरीरलाई खाटसँग अलग गर्ने आँट नभए पनि मेरो कोठाको पूर्व दिशामा रहेको पर्दाका बिचबाट पसिरहेको घामको झुल्केको कारण म निकै गहिरो निद्रामा भने थिइँ । सधैँझैँ आज पनि मेरो मोबाइल मसँगै पल्लो सिरानीमा पल्टिरहेको थियो । एक्कासि (टुङ्ग टुङ्ग) आवाज आयो । यो आवाज मेसेन्जरमा कसैले मेसेज पठाउँदाको हो । त्यसैले मैले हतारहतार गर्दै मोबाइल खोलेँ ।
गाउँघरमा सबेरै भाले बाँसेझैँ मेरो मोबाइल बाँस्नुको कारण मेरो साथी पो रहिछे । तर, जमुनाले पठाएको मेसेजमा सूचना नभई प्रश्न थियो । उसले ‘आज के हो बिर्सिस् तैँले ?’ भनेर सोधेकी थिइन् । मैले अल्मलिँदै गुगल खोलिहालँे, किनभने जमुनाले सधैँ पढाइ वा ज्ञानगुणसम्बन्धी कुराको लागि मेसेज गर्थिन् । इन्टरनेटको यो जमानामा आफ्नो दिमागलाई सवेरै दबाब दिन मेरो मनले मानेन । आज जुलाईको ११ तारिख रहेछ । सोही तारिख मैले गुगलको टेक्स्ट बोर्डमा राखेँ र सर्च गरेँ ।
आज त ‘विश्व जनसङ्ख्या दिवस’ पो रहेछ । मैले २ वर्षअगाडि कक्षामा पढेको कुरा सम्झिएँ । विश्व जनसङ्ख्या दिवस एक वार्षिक दिवस हो । जुन हरेक जूलाई महिनाको ११ गते मनाइन्छ । यो दिवस डा. के.सी श्बअजबचष्बअज नामक व्यक्तिले आफू विश्व बैङ्कमा कार्यरत रहँदाको बखत विश्व जनसङ्ख्या ५ अर्ब पुगेको कारण यस बढ्दो जनसङ्ख्याबाट सिर्जना हुने प्रकोपबाट विश्वलाई बचाउन र जनतालाई सचेत बनाउन प्रस्ताव गरेको दिवस हो । सोही प्रस्तावबमोजिम
न्यखभचलष्लन ऋयगलअष् िया ग्ल्म्ए ले सन् १९८९ देखि यो दिवस मनाउन सुरु गरेको हो ।
विश्व जनसङ्ख्या दिवसको मुख्य उद्देश्य ग्लोबल जनसङ्ख्याका मुद्दाहरूप्रति जनता एवम् सम्पूर्ण मानव जातिलाई जागरुक गर्नु हो । हरेक वर्ष यो दिवस एउटा कुनै खास विषयवस्तुका साथ मनाइन्छ । यस सन्दर्भमा २०२० को विश्व जनसङ्ख्या दिवसको विषयवस्तु महिलाहरूको स्वास्थ्य र अन्य अधिकार कसरी क्बाभनगबचम गर्ने भन्ने थियो । अन्य वर्षको जनसङ्ख्या नियन्त्रण गर्नको लागि प्रजनन स्वास्थ्य र सम्पूर्णको अधिकारलाई महत्व दिनुपर्छ भन्ने रहेको छ ।
अहिले २१ औँ शताब्दीमा आइपुग्दा यो दिवस निकै महत्वपूर्ण हुन्छ । तर, हामीले विश्वमा बढ्दै गइरहेको जनसङ्ख्याप्रति सचेतना नदेखाएका कारण २०२० सालमा ७.७९ अर्ब पुगेको जनसङ्ख्या १ वर्षको अन्तरालमा नै ७.९ अर्ब पुगिसकेको छ । जनसङ्ख्या वृद्धिमात्र सिङ्गो मुख्य समस्याको रूपमा देखिँदैन । तर, यसबाट श्रृजना भएको अन्य समस्याहरूलाई विचार गर्ने हो भने बढ्दो जनसङ्ख्याले यो पृथ्वीलाई नराम्रो असर नपर्ला भनी सोच्न सकिँदैन । विश्वका अधिकांश देशले भोगिरहेको मौसम परिवर्तन वन फँडानी, प्रदूषण, जैविक विविधताको लोप आदि सबै समस्याहरू बढ्दो जनसङ्ख्या कै उपज हो ।
आज विश्व नै बढ्दो जनसङ्ख्याको चपेटामा परेको छ । यसका कारणहरूप्रति ध्यान दिने हो भने बढ्दो जनसङ्ख्या नियन्त्रण गर्न गा¥हो हुनेछैन । प्राप्त तथ्याङ्कको आधारमा बढ्दो जनसङ्ख्याको मुख्य कारणहरू लैङ्गिक विभेद, प्रजनन सम्बन्धी अज्ञानता, परम्परागत विश्वास, गरिबी, मातृ स्वास्थ्यसम्बन्धी अचेतना, महिला शिक्षाको अभाव, विश्वमा घट्दो मृत्युदर, स्वास्थ्य पहुँचमा कमी आदि हुन् ।
देश भिन्न भएझैँ विभिन्न देशमा बढ्दो जनसङ्ख्याको कारण पनि फरक नै रहेको छ । नेपालको सन्दर्भमा भने लैङ्गिक विभेद, महिला सशक्तीकरणको अभाव, परम्परागत विश्वास र कुरीति मान्यता, अशिक्षा र गरिबीलाई बढ्दो जनसङ्ख्याको मुख्य कारणको रूपमा लिन सकिन्छ । नेपालमा बढ्दो जनसङ्ख्याको कारण परम्परागत विश्वास र लैङ्गिक विभेद यस अर्थमा हो कि नेपाली समाजमा छोरा पाए स्वर्गको बाटो खुल्छ भन्ने नमिल्दो मान्यता जीवित रहेको छ । यतिमात्र नभई कतिपय समुदायहरूमा गर्भनिरोधक साधनहरू प्रयोग गर्नु हुँदैन भनिन्छ र अधिकांश महिलाहरू प्रजनन् स्वास्थ्यको सन्दर्भमा अनभिज्ञ छन् । यिनै विभिन्न तत्वहरूका कारण नेपालले बढ्दो जनसङ्ख्या र यसको प्रकोपको सामना गर्नु परिरहेको छ ।
कारण र असर जे जस्तो भए पनि बढ्दो जनसङ्ख्याको प्रकोपबाट विश्वलाई बचाउने एउटै उपाय तीव्ररूपले बढिरहेको जनसङ्ख्यालाई नियन्त्रित गर्न जागरुक बन्नु हो । सोका लागि विभिन्न स्तरमा जनचेतना कार्यक्रम, युवा वर्गले विद्यार्थी जीवनमा पढेका कुराहरूको व्यवहारिक कार्यान्वयन गर्नुपर्छ । जनसङ्ख्या नियन्त्रण गर्ने क्षेत्रमा लागिरहेका आइएनजीओहरूलाई जनता र सरकारले सहयोग गर्नुपर्छ, महिला सशक्तीकरणप्रति ध्यान बढाउनुपर्छ, समाजबाट कुरीति हटाउने पहल चाली कानुन र सोको कार्यान्वयनलाई महत्व दिने आदि कार्य गर्नुपर्छ ।
हरेक व्यक्तिसँग परिवार बनाउने अधिकार हुन्छ । तर, त्यो अधिकारलाई लैङ्गिक विभेद र अन्य परम्परागत विश्वासहरूसँग जोडेर आफ्नो अधिकारको दुरूपयोग गर्नु हुँदैन । यस्ता अवधारणाहरूप्रति हरेक व्यक्ति सचेत हुने हो भने हरेक वर्ष ११ जुलाईको दिन मनाइने यो ‘विश्व जनसङ्ख्या दिवस’ ले साँचो अर्थ पाउनेछ । यही कारणले होला यस वर्ष जनसङ्ख्या दिवसको विषयवस्तु स्वरूप जनसङ्ख्या नियन्त्रण गर्नका लागि प्रजनन स्वास्थ्य र सम्पूर्ण अधिकारलाई महत्व दिनुपर्छ भन्ने रहेको हो ।
फेरि, मेरो मोबाइलमा ‘टुङ्ग टुङ्ग’ आवाज आयो । म आफ्नो काल्पनिक संसारबाट झ्वाट्ट यो संसारमा ओर्लेझैँ झस्किएँ । ‘के हो ? मेरो मेसेज हेरेर रिप्लाई नदिई बस्छेस् तँ । आज मेरो जन्मदिन हो भनेर पनि याद भएन तँलाई….. ? उनको यो मेसेज देखेर म ट्वाल्ल परेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *