भर्खरै :

क्युवामा खास के भइरहेको छ ?

जुलाई ११ मा क्युवाका राष्ट्रपति मिगुएल डाएज कानलले क्युवामा अराजकता फैलाउन विरोधीहरूका विभिन्न खेमाले गरेका अस्थिरता फैलाउने प्रयासको भत्र्सना गरे । राष्ट्रप्रमुखले पुँजीवादी सञ्चारमाध्यमका भ्रामक प्रचारबाजीका साथै कोभिड–१९ महामारीबीच क्युवाविरुद्ध संरा अमेरिकाले थोपरेको गैरकानुनी आर्थिक, वित्तीय र व्यापारिक नाकाबन्दीको सघनताको पनि विरोध गरे ।
विद्युत्त आपूर्तिमा समस्या र औषधि अभावको विरोधमा हजारौं क्युवाली जनताले सडकमा प्रदर्शन गरेको केही घण्टापछि क्युवाको राष्ट्रिय टेलिभिजनमा देशवासीको नाममा राष्ट्रपति डाएजले सम्बोधन गरेका थिए । त्यही दिन उनी विरोध प्रदर्शन भएको सान एन्टोनिओ डी लोस बनोस नगरको स्थलगत भ्रमणमा पुगेका थिए । त्यहाँका नगरवासीहरूसँग उनले कुराकानी गरेका थिए । विरोध प्रदर्शनमा सहभागी बन्ने प्रदर्शनकारीहरूका असन्तोषका मुख्य कुरा उनले सुनेका थिए । साथै उनले जनताको कठिन समयमा फाइदा उठाउन खोज्नेहरूप्रति सजग हुन पनि आग्रह गरेका थिए ।
“विरोध प्रदर्शनमा सामेल धेरै क्रान्तिकारी नागरिकहरू देशको वर्तमान अवस्थाको कारण जान्न चाहन्छन् । तर, अहिलेको सङ्कटलाई व्यवस्थाको विरोध गरेर र अराजकता फैलाएर फाइदा उठाउन खोज्ने समूहहरू पनि मिसिएका छन्”, कानलले भने ।
उनले प्र्रदर्शनमा घूसपैठ भएकाहरू क्युवामा कुनै पनि सकारात्मक परिवर्तन भएको हेर्न नचाहने बरु नवउदारवादी प्रणाली थोपरेर व्यवस्था परिवर्तन गर्न चाहनेहरू भएको बताए । “प्रस्ट शब्दमा भन्दा कायरतापूर्वक र अवसरवादी तरिकाबाट नाकाबन्दीको समर्थन र याङ्की साम्राज्यका भाडाका मान्छे र पिछलग्गू भएर काम गर्नेहरू आज मानवीय सहायताको खोल ओडेर आजको अवस्था समाधान गर्न क्युवा सरकार अक्षम भएको दाबी गरिरहेका छन् । यदि वास्तवमै उनीहरू क्युवालाई समर्थन गर्न चाहन्छन् भने र क्युवाली जनताको लागि उनीहरूको मनमा चिन्ता छ भने उनीहरूले नाकाबन्दी हटाउनुपर्छ”, राष्ट्रपतिले भने ।

आन्दोलनको व्यानर र क्युवाको राष्ट्रिय झन्डा फहराउन गरेको आह्वानलाई जनताले साथ दिएका थिए । क्युवाको सामाजिक व्यवस्थाप्रति समर्थन जनाउने त्यस्तो गर्न आह्वान गरिएको थियो ।
जुलाई १२ को दिन क्युवाका विभिन्न सङ्गठन, समूह र मजदुर सङ्गठनहरूले राष्ट्रपति डाएज कानल सरकारको समर्थनमा देशव्यापी प्रदर्शन र जनपरिचालनको आयोजना ग¥यो ।
क्युवामा हालै भएको अस्थिरता फैलाउने प्रयास र प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रदर्शनबारे अतिरञ्जना फैलाइरहेको अवस्थामा संसारभरका विभिन्न राजनीतिक एवम् सामाजिक नेता तथा सङ्गठनहरूले विपक्षी आन्दोलन पक्षधर प्रचारबाजीको विरोधमा बोलेका छन् । उनीहरूले क्युवा सरकार र क्रान्तिप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेका छन् ।

उनले नाकाबन्दी कडा गरेकोले क्युवामा अत्यावश्यक सामग्रीको अभाव भएको र त्यसै कारण आन्तरिक द्वन्द्व भएको अनि त्यही द्वन्द्वमा खेलबाड गर्दै अन्तर्राष्ट्रिय खेलाडीहरू सक्रिय भएको बताए । “उनीहरूले एकपछि अर्को निषेधहरू थोपरे, नाकाबन्दी कडा बनाए र ऊर्जा क्षेत्रमा वित्तीय तगारा तेर्साइदिए । क्युवाली अर्थतन्त्रलाई श्वास फेर्नै गाह«ो बनाउने उद्देश्यले उनीहरूले त्यस्ता कदम चाले । त्यस अवस्थामा आफूले चाहेको जस्तो ठुलो सामाजिक उपद्रव हुने उनीहरूको अपेक्षा थियो । यस्तो अस्थिर अवस्थालाई उनीहरूले वैचारिक परिवर्तन गर्ने सम्भावनाको रूपमा प्रयोग गर्न खोजे । त्यही बहानामा उनीहरू मानवीय हस्तक्षेपको लागि आह्वान गर्छन् जो अन्ततः गएर सैनिक हस्तक्षेप र हमलामा टुङ्गिने गर्छ । फलतः सबै क्युवाली जनताका अधिकार, सार्वभौमिकता र स्वाधीनतालाई प्रभावित बनाउँछ”, डाएज कानलले भने ।
राष्ट्रपतिले क्युवाली जनताप्रति सरकार इमानदार रहेको र विद्यमान अवस्थाको जटिलताबारे जनतालाई पटक–पटक जानकारी दिएको बताए । उनले संरा अमेरिकाले क्युवाली जनताको प्रतिकूल अवस्थाबाट फाइदा उठाएकोमा भत्र्सना गर्दै विरोध प्रदर्शनमा सहभागी बन्ने प्रतिक्रान्तिकारी समूहलाई पैसा दिइरहेको बताए । संरा अमेरिकाले क्युवामा सरकारविरोधीहरूलाई मलजल गरिरहेको छ । कानलले आजको सङ्कट समाधान गर्न संवादको लागि राज्यसँग राजनीतिक इच्छाशक्ति भएको बताए ।
उनले कोभिड–१९ महामारी र संरा अमेरिकी सघन नाकाबन्दीको कारण क्युवामा औषधि मुलोको अभाव हुनुका साथै विद्युत्त आपूर्तिमा समस्या भएको प्रस्ट बनाए । उनले कोभिड–१९ सङ्क्रमित बिरामी र कोभिड–१९ को उपचार गर्ने अस्पतालहरूमा औषधि, स्वास्थ्योपचार र विद्युत् सेवालाई प्राथमिकतामा राखिएको बताए । पछिल्ला साता क्युवामा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढेयता क्युवाली जनता थप कठिनाइ र अभाव झेल्न बाध्य भएको उनले बताए ।

सान एन्टोनिओ डी लस बानोस नगरमा राष्ट्रपति मिगुएल डाएज कानल । तस्बिरः ग्रान्मा


क्युवाका विभिन्न भागमा भएको सरकारविरोधी प्रदर्शनको प्रतिरोधमा सरकार र क्युवाली क्रान्तिको समर्थनमा क्युवाका सहरहरूमा भएका प्रदर्शनमा हजारौँ क्युवाली जनता सहभागी बनेका थिए । त्यस्तै आ–आफ्नो घर र कार्यालयको झ्याल र बालकोनीमा २६ जुलाई आन्दोलनको व्यानर र क्युवाको राष्ट्रिय झन्डा फहराउन गरेको आह्वानलाई जनताले साथ दिएका थिए । क्युवाको सामाजिक व्यवस्थाप्रति समर्थन जनाउने त्यस्तो गर्न आह्वान गरिएको थियो ।
जुलाई १२ को दिन क्युवाका विभिन्न सङ्गठन, समूह र मजदुर सङ्गठनहरूले राष्ट्रपति डाएज कानल सरकारको समर्थनमा देशव्यापी प्रदर्शन र जनपरिचालनको आयोजना ग¥यो ।
क्युवामा हालै भएको अस्थिरता फैलाउने प्रयास र प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रदर्शनबारे अतिरञ्जना फैलाइरहेको अवस्थामा संसारभरका विभिन्न राजनीतिक एवम् सामाजिक नेता तथा सङ्गठनहरूले विपक्षी आन्दोलन पक्षधर प्रचारबाजीको विरोधमा बोलेका छन् । उनीहरूले क्युवा सरकार र क्रान्तिप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय ऐक्यबद्धता
‘हाम्रो अमेरिकी जनताको बोलिभारियाली मोर्चा–जनश्रम सम्झौता(अल्बा–टीसीपी)का महासचिव सचा लोरेन्टीले संरा अमेरिकाको आडमा क्युवाविरुद्ध हस्तक्षेपकारी गतिविधिको भत्र्सना गर्दै अमेरिकी राज्य सङ्गठन (ओएएस) का सचिव लुइस अल्मार्गोका आरोपको खण्डन गरे । अल्मार्गोले क्युवामा अस्थिरता फैलाउने गतिविधिको पक्षमा बोलेका थिए । “सत्ताविप्लव र रगतले लतपतिएको लुइस अल्मार्गोको हातले क्युवाको आन्तरिक मामिलामा हस्तक्षेप प्रयासको पक्षमा फेरि एकपल्ट समर्थन गरेको छ । यो हस्तक्षेपकारी मुद्दा नराम्ररी पराजित हुनेछ किनभने क्युवाली क्रान्ति अरू कसैमाथि भन्दा क्युवाली जनता आफैमाथि निर्भर छ । क्युवा जिन्दावाद”, लोरेन्टीले ट्वीट गरे ।
बोलिभियाका राष्ट्रपति लुई आक्रेले पनि क्युवाको पक्षमा बोलेका छन् । “अस्थिरता प्रयासको विरोधमा क्युवाली जनताको लडाइँप्रति हामी पूर्ण समर्थन गर्दछौं । क्युवा जति जति स्वास्थ्य र विज्ञानमा अघि बढ्दै जान्छ, त्यत्ति नै गलत सूचना र विदेशी हमलाको सामना गर्दै जानुपर्नेछ”, उनले ट्वीट गरे ।
मेक्सिकोका राष्ट्रपति एन्डे«स मानुएल लोपेज अब्राडरले जोडका साथ ‘यदि संरा अमेरिका क्युवाप्रति चिन्तित छ भने सबभन्दा पहिले ६० वर्षदेखि थोपर्दै आएको नाकाबन्दी हटाउनुपर्ने’ बताए ।
त्यस्तै सिमोन बोलिभार प्रतिष्ठानका सभापति कार्लोस रोनले पनि ट्वीटमा जोडका साथ भने, ‘साम्राज्यवादीहरूले ‘स्वतन्त्रताको नाममा अमेरिकालाई दुःखको सागरमा डुबाउन खोजिरहेको’ छ, तथापि आफ्नो विवेक र आत्मस्वाभिमान बेच्न नचाहने जनतासँग उनीहरूको सामना हुनेछ । क्युवाली क्रान्ति जिन्दावाद !”

संरा अमेरिकाको समाजवाद र मुक्ति पार्टीले पनि क्युवामाथिको पछिल्लो हस्तक्षेपको विरोध गर्दै त्यसलाई प्रष्टतः ‘क्युवाली स्वाधीनता र समाजवाद ध्वस्त बनाउने साम्राज्यवादी युद्धको पछिल्लो षड्यन्त्र’ भनेको छ । सन् १९५९ मा क्युवाली क्रान्तिको विजयदेखि नै संरा अमेरिकाले ‘आतङ्कवादी हमला, नेताहरूको हत्या गर्ने सीआइएको प्रयास, संरा अमेरिकामात्र नभई सारा संसारबाट क्युवालाई व्यापार गर्न नदिन भएको अन्त्यहीन र निर्मम आर्थिक युद्ध’सम्मका संरा अमेरिकी हस्तक्षेपको शिलशिलाबारे सो पार्टीले प्रस्ट पा¥यो । त्यस्ता हमलाको मूल लक्ष्य भनेको ‘जनतालाई सकेसम्म बढी दुःखमा पार्ने अनि त्यही अवस्थामा प्रतिक्रान्ति गर्नु’ भएको वक्तव्यमा उल्लेख छ ।

अल्बा–टीसीपी, अल्बा आन्दोलनलगायतका सामाजिक सङ्गठनहरूले पनि क्युवाविरुद्ध अस्थिरताको प्रयासको भत्र्सना गरेका छन् । उनीहरूले नाकाबन्दी र संरा अमेरिकी लगातार हमलाबीच कोभिड–१९ महामारीको समयमा सबभन्दा कम मृत्यु दर भएको देश क्युवा भएको बताए । महामारीको समयमा मानिसको जीवन रक्षा एवम् मानवताको लागि क्युवाले पचास देशलाई समर्थन गरेको छ । यसैबीच संरा अमेरिकी नवउदारवादी व्यवस्था लागु भएको क्यारिबियाली क्षेत्रका कोलोम्बिया, ब्राजिल, पेरु र चिलीजस्ता देशहरूमा कोभिडको कारण संसारकै सबभन्दा बढी मृत्यु दर छ । वक्तव्यमा भनिएको छ, “हाम्रो अमेरिकाका जनता र संसार क्युवाका बहादुर जनता र क्युवाली जनताको क्रान्तिकारी सरकारको सक्रिय ऐक्यबद्धता र समर्थनमा उभिनेछ ।”
उनीहरूले ल्याटिन अमेरिकी महादेशका सबै जनसङ्गठनहरूलाई क्युवाका राजदूतावासको रक्षा गर्न आग्रह गरेको छ । ल्याटिन अमेरिकाका विभिन्न देशमा दक्षिणपन्थी र क्युवाली क्रान्तिविरोधीहरूले हमला गरिरहेका छन् ।
मानवता रक्षाको लागि बौद्धिक र कलाकार सञ्जाल (आरईडीएच)ले संसारभरका जनतालाई क्युवामाथि संरा अमेरिकी हस्तक्षेपको विरोध गर्न र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ‘संयुक्त राष्ट्र सङ्घको महासभामा २९ औँ पटक नाकाबन्दीको विरोधमा पारित प्रस्तावको पालना गर्न’ आह्वान गरेको छ । साथै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवामाथिको नाकाबन्दीमा कडाइ गर्ने निर्णय फिर्ता गर्न पनि आग्रह गरेको छ ।
संरा अमेरिकाको समाजवाद र मुक्ति पार्टीले पनि क्युवामाथिको पछिल्लो हस्तक्षेपको विरोध गर्दै त्यसलाई प्रष्टतः ‘क्युवाली स्वाधीनता र समाजवाद ध्वस्त बनाउने साम्राज्यवादी युद्धको पछिल्लो षड्यन्त्र’ भनेको छ । सन् १९५९ मा क्युवाली क्रान्तिको विजयदेखि नै संरा अमेरिकाले ‘आतङ्कवादी हमला, नेताहरूको हत्या गर्ने सीआइएको प्रयास, संरा अमेरिकामात्र नभई सारा संसारबाट क्युवालाई व्यापार गर्न नदिन भएको अन्त्यहीन र निर्मम आर्थिक युद्ध’सम्मका संरा अमेरिकी हस्तक्षेपको शिलशिलाबारे सो पार्टीले प्रस्ट पा¥यो । त्यस्ता हमलाको मूल लक्ष्य भनेको ‘जनतालाई सकेसम्म बढी दुःखमा पार्ने अनि त्यही अवस्थामा प्रतिक्रान्ति गर्नु’ भएको वक्तव्यमा उल्लेख छ ।
प्रगतिशील अन्तर्राष्ट्रिय सङ्गठनले गरेका ट्वीटमा ‘६० वर्षदेखिको संरा अमेरिकी नाकाबन्दीले क्युवाली जनतालाई भोको बनाएको छ र महामारीको समयमा पनि अत्यावश्यक स्वास्थ्य सामग्रीबाट वञ्चित गरेको छ । यो अमानवीय, गैरकानुनी र ज्यादै अलोकप्रिय हो’ भन्दै ‘यस्तो समयको अन्त्य हुनुपर्ने’ बताएको छ । अन्तर्राष्ट्रिय सङ्गठनले ‘गत महिनामात्र संसारको कुल जनसङ्ख्याको ९४ प्रतिशतको प्रतिनिधित्व गर्ने १८४ वटा देशहरूले क्युवामाथि संरा अमेरिकी नाकाबन्दी अन्त्यको माग गरेको’ बताएको छ । क्युवामाथिको आर्थिक नाकाबन्दी जनताको जीवनमा ठुलो कठिनाइ र असन्तोषको बिजारोपण गर्ने उद्देश्यले थोपरिएको आर्थिक लडाईको रूप हो ।
स्रोत : पिपुल्स डिस्प्याच
नेपाली अनुवाद :सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *