भर्खरै :

बाग्मती प्रदेशको बजेटमा नेमकिपाको विरोध किन ?

नेपाल मजदुर किसान पार्टीको तर्पmबाट विनियोजन विधेयकमाथि केही भनाइ राख्ने अनुमति चाहन्छु । यो चौथो बजेट हो । यो चौथो बजेटसम्ममा के एउटा तात्विक भिन्नता या परिवर्तन यो प्रदेशमा आयो ? हिजोको बजेटबाट के एउटा उल्लेख्य उपलब्धि भयो ? चार वर्षमा हेटाँैडासम्म आउने बाटो बन्यो ? पहिरो आउने क्रमलाई हामीले रोकथाम गर्न सक्यौँ या सकेनौँ ? के हिजोका तीनवटा बजेटले के ती कामहरू गरेका थिए ? कतिको उपलब्धि हासिल भयो ? यी प्रश्नको जवाफ मिलेको भए हामीले चित्त बुझाउने ठाउँ पाउथ्यौँ । यही हलमा सम्माननीय प्रधानमन्त्रीले यो बैठक हलको बीचको खाँबो औँल्याउनुभएको थियो । के त्यो खाँबो हट्यो ? यसको जवाफ छ प्रदेश सरकारसँग ? यो तीन वर्षमा प्रदेशको आफ्नै घर नबनाउनेले अरू यो बनायौँ र त्यो बनायौँ भन्दैमा कसले विश्वास गर्ला ? हामी चितबुझ्दो जवाफ चाहन्छौँ ।
समाजवादउन्मुखको आधारभूत पक्ष भनेको विद्युतीय गाडीको सञ्चालन होइन । यसरी बङ्ग्याउने काम नगरियोस् । आफूले आफूलाई अत्यन्त अप्ठ्यारो पार्ने काम नगर्नु उचित होला । समाजवादको अपव्याख्या नगरौँ ! त्यो सा¥है तल्लो स्तरको कुरा भयो । त्यसकारण विनम्रतापूर्वक भन्छौँ, यो चौथो बजेटसम्म आइपुग्दा समाजवादउन्मुखको सङ्केत, सामान्य विन्दु या किरणसम्म हामीले किन भेटाउन पाइरहेका छैनौँ ? नेपाली कामदार वर्ग, प्रदेशको तल्लो वर्ग, काम गरी खाने जनताले यी प्रश्नहरू तेस्र्याइरहेका छन्।
यो बजेटमा धेरै कुरा आइसकेका छन् । यसमा कुनै नयाँपन छैन न त यसले उत्साह जगाउन सकेको छ । आफ्नै दलका सांसदहरूलाई उत्साह दिन नसकेको दलले के अरूलाई उत्साह दिन सक्ला ? कसरी विश्वास गर्ने ? यो बजेटमा कुनै उत्साहको किरण भेटिन्न । पुरातन सोच, पक्षपात, अहङ्कार र सङ्कीर्णताको एउटा सङ्कलन वा सङ्ग्रहबाहेक यो विनियोजन विधेयक केही होइन भन्ने लाग्छ । यस्तो विशिष्ट परिस्थितिमा विनियोजन विधेयक ल्याइरहँदासमेत सरकार किन संवेदनशील हुँदैन ? किन सन्तुलित हुँदैन ? किन संयम र सुझबुझका साथ प्रस्तुत हुँदैन ? हामीलाई आश्चर्य लाग्छ । यो निम्नत्तम सन्तुलनसमेत गुमाएको सरकारको असन्तुलित बजेट हो, असन्तुलित विनियोजन विधेयक हो ।
देशभरि कोभिड महामारी, बाढी तथा पहिरोका कारण विकराल अवस्था छ, वितण्डा छ । यी सबै विषयको जवाफ शब्द, वाक्य, अभिव्यक्तिबाट होइन, वाक्चातुर्यबाट पनि होइन, बरु विभिन्न अङ्कहरूबाट, बजेटका अङ्कहरूबाट त्यसको जवाफ आउनुपथ्र्यो । यतिखेर सरकार र सत्ताधारी दलले अरू कुनै किसिमबाट होइन, बजेटको अङ्कबाट बोल्नुपथ्र्यो ! तर, अत्यावश्यक जनहितका विषय तथा जल्दाबल्दा विषयमा बजेटको अङ्क भने शून्यसरि छ अनि यहाँ ठूल्ठूला कुरामात्र गरेर हुन्छ ? त्यसकारण हाम्रो आपत्ति छ । हाम्रो विरोध छ ।
अहिले यो प्रदेशका मात्र होइन सिङ्गो देशका लाखौँ विद्यार्थीहरूले पढ्न पाइरहेका छैनन् प्रविधिमा पहुँचको अभावको कारणले गर्दा ! के त्यो सरकारको दायित्व होइन ? सरकारले त्यसबारे बोल्नुपर्दैन ? यो बजेटले खोइ बोलेको ? खोइ तयारी गरेको ? कतिजनाले प्रविधिमा पहुँच राख्न पाउने भए ? कतिजनाले पढ्न पाउने भए ? त्यसको जवाफ यो बजेटमार्फत आउनुपथ्र्यो । विडम्बना ! शिक्षाको क्षेत्रमा, आशालाग्दो केही काम हुन सकिरहेको छैन । हाम्रा लालाबालाहरूलाई, हाम्रा सार्वजनिक विद्यालय तथा विभिन्न संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई पढाउने तथा पढ्ने वातावरण यो चौथो बजेटले दिन नसक्नु असफलताको पराकाष्ठा हो । त्यसको जवाफ छ सत्ताधारी दलसँग ? कतिवटा विद्यालय बन्ने भए ? कतिवटा कलेज बन्ने भए ? कति जनाले पढ्न पाउने भए ? यसको चित्तबुझ्दो जवाफ नभएकै कारण हामी यो विनियोजन विधेयक र बजेटको समर्थन गर्नसक्दैनौँ । सार्वजनिक शिक्षा तहसनहस पारिएको बारे योभन्दा अगाडि हामीले धेरै भनिसकेका छौँ ।
कोभिडपछि लाखौँ मानिस बेरोजगार भएका छन् । कोभिडपछि मजदुर र शिक्षकहरू अत्यन्त विचलित अवस्थामा छन् । यो विषयमा पनि मूर्तरूपमा चित्तबुझ्दो कुरा यो बजेटले ल्याउन सकेको छैन । त्यसकारण, हामीले यो बजेटको विरोध गरिरहेका छौँ । यो बजेटले ल्याउनुपथ्र्यो विद्यालय, अस्पताल, स्वास्थ्यकेन्द्र सञ्चालन गर्ने कार्यक्रम । अक्सिजन प्लान्ट मागिरहँदा, आइसीयू बेड मागिरहँदा यो बजेटले के भन्छ ? रामसीताको मन्दिर बनाइदिन्छौँ भन्छ ! लामो, ठूलो, अग्लो त्रिशुल बनाइदिन्छौँ भन्छ । यो कुन बहादुरी हो ? यो कुन विवेक हो ? यो कुनै बुद्धिसम्मत निर्णय हो ? त्यसकारण, हामी यो बजेटको विरोध गरिरहेका छौँ ।
हाम्रो प्राथमिकताको विषय भनेको उत्पादनमा वृद्धि हुनुपथ्र्यो । हाम्रो बजेट उपलब्धितर्फ उन्मुख हुनुपथ्र्यो । समाजवादतर्फ त यो उन्मुख छैन । कमसेकम तल्लो वर्ग, कामदार वर्ग तथा नेपाली सर्वसाधारण जनतालाई केही उत्साह जगाउने खालको, उपलब्धि दिने खालको, केही मूर्त चीज दिने खालको हुनुपथ्र्यो । त्यो हुन सकेन । तेस्रो पटक फेल खाँदा नलजाउने र चौथो पटक फेल खाँदा पनि पटक्कै अप्ठ्यारो नमान्ने ! हरेक पटकको बजेट असफल भए पनि घमण्ड गर्नु निर्लज्जताको सीमा नाघ्नु हो । त्यसकारण, यो विनियोजन विधेयकमा हाम्रो समर्थन छैन ।
(असार २७ गते बाग्मती प्रदेश सभाको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले राख्नुभएको विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *