भर्खरै :

टाउकाको मूल्य तोक्ने देउवाको सरकारमा माओवादी

सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर ग¥यो । प्रतिनिधिसभा विघटन बदरसँगै अदालतले नेकाका सभापति शेरबहादुर देउवालाई असार २९ गते साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी ग¥यो । अदालतको उक्त परामादेशअनुसार मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेका सभपाति देउवालाई प्रममा नियुक्त गर्नुभयो । यसअघि जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
नेका सभापति देउवा योसमेत पाँचौँ पटक प्रम हुनुभयो । उहाँकै समयमा सांसद किनबेच भएको थियो, पजेरो गाडीको व्यापक विरोध भएको थियो । हालसम्मकै सबभन्दा बढी मन्त्रिमण्डल उहाँकै पालामा बनेको थियो । आज फेरि उहाँ प्रम बन्नुभएको छ । अब देउवाको सरकारले केपी ओलीले गरेको कामभन्दा कुन फरक काम गरेर देशको विकास गर्ने हो र जनतालाई राहत पु¥याउने हो ? ओलीको सरकारले भन्दा देउवाको नेतृत्वमा बन्ने सरकारले कुनै नयाँ काम गर्दैन भने नयाँ सरकारको औचित्य के ? के यो सरकार निर्वाचन प्रयोजनको लागि बनेको हो ? निर्वाचन गर्न र गराउन नयाँ सरकारको आवश्यकता छ र ?
एक समय शेरबहादुर देउवाले माओवादी नेताहरूको टाउकाको मूल्य तोकेका थिए । शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा तिनै माओवादीहरू सामेल हुँदै छन् । नितान्त कम्युनिस्टविरोधी नेकाको नेतृत्वमा रहेको सरकारमा आफूलाई नितान्त क्रान्तिकारी ठान्ने र ‘जनयुद्ध’ गरेर आमूल परिवर्तन चाहने माओवादी नेताहरू किन सामेल हुँदै छन् । माओवादी नेताहरूमा खोइ क्रान्तिकारी आचरण ? सरकारमा जान पाएपछि पार्टीको सिद्धान्त र विचार नै बन्धक राख्ने ? विगतमा जो विरुद्ध लडेका थिए आज तिनै नेताको पाउ मोल्ने ? त्वं शरणम् गर्ने ? नेताहरूको इज्जत, प्रतिष्ठा, सिद्धान्तप्रतिको आस्था र विश्वास केले बगायो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *