भर्खरै :

चिनियाँ खोप ‘कोभ्याक्स’ को खोप भण्डारमा

पेइचिङ, १४ जुलाई । विश्व खोप गठबन्धन अर्थात् ग्यावीले हालै चिनियाँ साइनोफाम र साइनोभ्याक्ससँग छुट्टाछुट्टै बिक्री सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यो साइनोफाम र साइनोभ्याक्सले ‘कोभ्याक्स’को खोप भण्डारमा औपचारिकरूपमा प्रवेश गरेको द्योतक हो । विकासोन्मुख मुलुकहरूको महामारीको रोकथाम तथा नियन्त्रणको लागि जुलाई महिनादेखि साइनोफाम र साइनोभ्याक्सले कोभ्याक्सलाई खोपको आपूर्ति गर्ने भएका छन् ।
यो दुई महिनाअघि विश्व स्वास्थ्य सङ्गठनले यी दुईवटा खोपलाई आकस्मिक प्रयोग सूचीमा थपेपछि अन्तर्राष्ट्रिय संस्थानले चिनियाँ खोपबारे दिएको अर्को अख्तियार स्वीकार हो । यो पनि वास्तविक कारबाहीमार्फत खोपलाई विश्वको सार्वजनिक वस्तुको रूपमा राख्ने सम्बन्धमा चीनले व्यवहारमा उतारेको हो ।
वास्तवमा कोभ्याक्समा संलग्न भएको साइनोफाम र साइनोभ्याक्सको सुरक्षा र प्रभावकारिता परीक्षण गरिएको छ । १०० वटाभन्दा बढी मुलुकले चिनियाँ खोपको प्रयोग गर्न अनुमति दिएका छन् । ३० भन्दा बढी विदेशी नेताहरूले चिनियाँ खोप लगाउनुभएको छ । यसबाट चिनियाँ खोपको क्षमताको प्रतिबिम्बित भएको छ ।
चालु वर्षको मे महिनामा ब्राजिलको सेराना बस्तीमा चिनियाँ खोप लगाइएको समाचार फैलिएको छ । स्थानीय बासिन्दाहरूले साइनोभ्याक्स खोप लगाएपछि कोरोना भाइरसबाट मृत्यु भएकाहरूको सङ्ख्या ९५ प्रतिशत घटेको छ । अस्पतालमा उपचार लिएकाहरूको सङ्ख्या ८६ प्रतिशत घटेको छ । ‘वाल स्ट्रिट जर्नल’ले जनाएअनुसार, सेराना बस्तीमा गरिएको परीक्षणले कोरोना भाइरस महामारीसँग लड्ने मुलुकहरूको लागि जाँगर थपेको छ । यसबाट पनि साइनोभ्याक्स खोपको सुरक्षा प्रमाणित भएको छ ।
बेलायतको चिकित्सा पत्रिका लान्सेटले जुलाई ८ तारिख अनलाइनमा टर्कीमा साइनोभ्याक्सको तेस्रो चरणको क्लिनिकल परीक्षणको मध्यकालीन तथ्याङ्क प्रकाशित गर्दै दुई डोज खोप लगाइएको चौध दिनपछि सङ्क्रमणको रोकथामको प्रभावकारीता ८३.५ प्रतिशत भएको जनाएको छ ।
यसका साथै केही पश्चिमी सञ्चार–माध्यमहरूको धारणामा पनि परिवर्तन आएको छ । सीएनएनले हालै मङ्गोलिया, चिली, सेशेल्स आदि मुलुकहरूको लेख प्रकाशित गर्दै कुनै पनि खोपले कोरोना भाइरसबारे शतप्रतिशतको प्रभावकारी रोकथाम गर्न नसक्ने कुरा जनाएको छ । जानकारीअनुसार, चिनियाँ खोपले गम्भीर सङ्क्रमण र मृत्युको सङ्ख्या सीमित गर्दै छन् । चिनियाँ खोप नभएमा ती मुलुकहरूको अवस्था अझै गम्भीर हुनेछ ।
यसबाहेक, अरू धेरै चिनियाँ खोप उद्योग–व्यवसायहरूले कोभ्याक्समा संलग्न हुने इच्छा प्रकट गरेका छन् । यसबाट अझै धेरै चिनियाँ खोपले विश्वको महामारीविरूद्धको लागि सकारात्मक योगदान दिने कुरा प्रतिबिम्बित भएको छ ।
–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *