“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, ३० असार । कोरोना भाइरसको पहिलो लहर शिथिल हुँदा नहुँदै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका नेताहरूबीचको झगडाले उग्र रूप लियो । कोठा र सभाहलबाट झगडा अन्ततः सडकमा पोखियो । नेकपाका दुवै खेमाबीच देशभरि विशाल जनसभाहरू आयोजना गर्ने प्रतिस्पर्धा चल्यो । कसले सबभन्दा बढी टाउका सडकमा प्रदर्शन गर्ने होडबाजी चल्दै गर्दा चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले महामारीको दोस्रो लहरको सम्भावनाबारे पटक–पटक सजग पार्ने जम्मेवारी पूरा गरे । कोरोना भाइरस फैलिनबाट रोक्न विश्व स्वास्थ्य सङ्गठनले वैज्ञानिक अध्ययन अनुसन्धानको आधार तय गरेका नियमको पालना दसौँ हजार मानिसको भीडमा सम्भव थिएन । तर, त्यस्ता सभाहरूको आयोजना जनतालाई महामारीबाट जोगाउने प्रमुख दायित्व बोकेको सत्तारूढ दलले गरेको थियो ।
सत्तारूढ दल आफै स्वास्थ्य मापदण्ड पालनामा खुकुलो बनेसँगै सर्वसाधारण जनता पनि ती नियम पालनामा उदासीन बने । सरकारले न त रोकथामलाई ध्यान दियो, न त कदाचित महामारीको दोस्रो लहर आइहाले प्रतिरोधको निम्ति कुनै पूर्वतयारी नै ग¥यो । न त सिमानामा नै कुनै विशेष सावधानी अपनाइयो । अन्ततः दोस्रो लहर भित्रियो । पहिलो लहरको तुलनामा दोस्रो लहर अझ बढी घातक बन्यो । पहिलो लहरको तुलनामा दोस्रो लहरबाट धेरै मानिस प्रभावितमात्र भएनन्, बरू धेरै मानिसले ज्यान गुमाउनुप¥यो । अक्सिजन अभावकै कारण पनि धेरैले ज्यान गुमाउनुप¥यो ।
यतिबेला संसारभरका केही देशहरू नयाँ भेरियन्टको भाइरसका कारण नयाँ लहरको महामारी सामना गरिरहेका छन् । वैज्ञानिकहरूले अहिले संसारभर फैलिरहेको डेल्टा भाइरस यसअघिका भाइरसको तुलनामा अझ बढी घातक र सङ्क्रामक भएको बताइरहेका छन् । छिमेकी देश भारतको स्वास्थ्यकर्मीहरूको सङ्गठनले तेस्रो लहर अवश्यम्भावी भएकोले स्वास्थ्य नियमको पालनामा कडाइ गर्न केन्द्रीय र प्रान्तीय सरकारलाई आग्रह गरेको छ । सङ्गठनले कम्तीमा तीन महिना मास्क लगाउने, आपसी दुरी कायम गर्ने, ठुला जमघट नगर्नेजस्ता नियमको कडाइका साथ पालना हुनुपर्नेमा जोड दिएको छ । भारतकै स्वास्थ्य मन्त्रालयले सर्वसाधारण जनता स्वास्थ्य नियम पालनामा गम्भीर नभएकोमा चिन्ता पोखेको छ । ‘तेस्रो लहरको चेतावनीलाई मानिसहरूले मौसमसम्बन्धी जानकारी’ जस्तै सहज लिएको भन्दै तेस्रो लहर आउने कुरा मानिसहरूको व्यवहारमा निर्भर हुने बताइएको छ ।
अहिलेसम्मको अनुभवले भारतमा सङ्क्रमण दर बढ्दा नेपालमा पनि सङ्क्रमण दर बढ्ने गरेको छ । भारतका विज्ञहरूले दिएको चेतावनीलाई त्यस अर्थमा नेपालमा पनि गम्भीरतापूर्वक लिनुपर्ने अवस्था छ । अर्थात्, नेपालले पनि तेस्रो लहर सामनाको निम्ति तयारी थाल्नुपर्छ र रोकथामको निम्ति जनस्वास्थ्यको नियमको पालनामा कडाइ गर्नुपर्छ ।
विडम्बना ! परिवर्तित राजनीतिक परिस्थितिसँगै सडक फेरि तात्न थालेको
छ । बुधबार मात्र पूर्वप्रम केपी ओलीलाई हजारौँ मानिसले ‘इस्कोर्ट’ गरेर बालुवाटारबाट बालकोट पु¥याए । हजारौँ सङ्ख्यामा मानिसहरू भेला भएर यस्ता गतिविधि गर्नु जनस्वास्थ्यको हिसाबमा जोखिमपूर्ण हो । राजनीतिक दलहरू जनताको जीवन र स्वास्थ्यप्रति जिम्मेवार हुनुपर्छ ।
भारतमा मोदी सरकारले कोभिडको जोखिमलाई खेलाँची गर्दा दोस्रो लहरमा भारतीय जनताले ठुलो क्षति भोग्नुप¥यो । समयले सिकाएको यो पाठलाई अब पनि नेपालका राजनीतिक दलहरूले गम्भीरतापूर्वक नलिए र विज्ञानले देखाएको बाटोलाई उपेक्षा गरे आगामी दिन अझ बढी भयावह बन्ने पक्का छ ।
राजनीतिक दलहरूले तत्कालै भौतिक उपस्थितिमा ठुलो आकारका जनसभा, जुलुस र भेला गर्नु ठीक नहोला । राजनीतिक प्रतिशोध र प्रतिस्पर्धाभावमा गरिने यस्ता भेलाले अन्ततः जनताको जीवनमा प्रतिकूल असरमात्र होइन, खतरामा समेत पार्नेछ । कोभिडको कुरूप अनुहारलाई नजिकबाट देखेका चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यका विज्ञ, वैज्ञानिकहरूले पटक –पटक विभिन्न माध्यमबाट स्वास्थ्य नियम पालनको निम्ति आग्रह गरिरहेका छन् । उनीहरूका कुरालाई उपेक्षा गर्नु औषधि खान नमान्नु सहर हो ।
Leave a Reply