भर्खरै :

तेस्रो लहरको प्रारम्भिक चरणमा संसार

जेनेभा, १५ जुलाई । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घिब्रिथे्रससले बिहीबार कोरोना भाइरस महामारीको तेस्रो लहरबाट सजग रहन देशहरूलाई आग्रह गरेका छन् ।
“दुर्भाग्यवश…अहिले हामी तेस्रो लहरको प्रारम्भिक चरणमा छौँ”, उनले भने । भाइरसले लगाताररूपमा परिवर्तन गरिरहेको र थप सङ्क्रामक भाइरसहरू फैलिन थालेको भन्दै उनले भने, “संसारका १११ देशमा डेल्टा भेरियन्ट पुगिसकेको छ । हामीलाई लाग्छ यदि अहिलेसम्म नभएको भए डेल्टा भेरियन्ट नै संसारभर फैलिएको मुख्य भेरियन्ट भाइरस हुनेछ ।”
गत जुलाई ९ मा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथमले महामारी शिथिल भइनसकेको बताएकी थिइन् । उनले डेल्टा भाइरस अझ बढी सङ्क्रामक हुनु, लकडाउनका नियम सहज बनाउनु, सावधानीका नियममा खेलाँची गर्नु र खोप लगाउने क्रम विस्तार हुनु नै कोरोना भाइरस फैलिरहनुका प्रमुख कारण भएको बताइन् ।
विश्व स्वास्थ्य सङ्गठनले मे ११ मा भारतमा पहिलोपटक फेला परेको डेल्टा भेरियन्टलाई चिन्ताजनक भेरियन्टको संज्ञा दिएको थियो । जून महिनामा स्वामिनाथमले डेल्टा भेरियन्ट निकै सङ्क्रामक भएकोले संसारभर प्रभावशाली भेरियन्ट भएको बताइन् ।
यसैबीच महानिर्देशक टेड्रोसले बुधबार विश्वव्यापीरूपमा खोपको वितरणमा विभेद भएको बताएका छन् ।
“धेरै देशले खोप अभियान नै पनि सुरु गरेका छैनन् । तर कतिपय देशमा भने बहुमत जनताले दोस्रो खोप समेत लगाइसकेका छन् । अझ उनीहरू बुस्टर डोज भनेर तेस्रो मात्राको खोप समेत लगाउन थालेका छन् । यो तेस्रो मात्राको पनि खास कुनै अर्थ छैन”, उनले भने ।
महानिर्देशकले खोप उत्पादकहरूलाई विश्वव्यापी असमानता हटाउन मिलेर काम गर्न आग्रह गरे । “खोपको उत्पादन हुन सक्छ र विश्व यसमा खुला हुनुपर्छ”, उनले थपे ।
टेड्रोसले खोपले मात्र सङ्क्रमण फैलिन नरोकिने बताए । उनले महामारीको सामना गर्न देशहरूलाई ‘प्वाल परेको ठाउँमा टाल्ने दिगो अवधारणा’ आवश्यक भएको बताए ।
गत साता मात्र विश्व स्वास्थ्य सङ्गठनले निषेधाज्ञा खुकुलो गर्न सबै देशलाई विचार पु¥याउन आग्रह गरेको थियो ।
गत अप्रिल महिनामा संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पूर्णतः खोप लगाइसकेको व्यक्तिले कोठाभित्र बस्दा मास्क लगाउन नपर्ने बताएको थियो ।
यसै महिनाको सुरुमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाइ १९ बाट सबै खालका निषेधको अन्त्य गर्ने बताएका थिए । उनले जुलाई १९ लाई ‘स्वतन्त्रता दिवस’ को संज्ञा दिएका छन् । यस्ता कदमप्रति प्रतिक्रिया दिँदै वैज्ञानिक, चिकित्सक र अन्य पेशाकर्मीहरूले ‘द लेन्सेट’ नामको स्वास्थ्य पत्रिकामा सरकारलाई आप्mनो निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *