भर्खरै :

क्यारिबियाली बौद्धिकहरूको जिम्मेवारी

क्यारिबियाली बौद्धिक परम्पराले शासकविरुद्ध जनतामा जग बसाल्नमा जोड दिन्छ । त्यसो भए क्यारिबियाली बौद्धिकहरूको जिम्मेवारी के हो त ? मैले यहाँ धेरैथरी व्यक्तित्वहरू जस्तै एन्टोनिओ ग्राम्स्की, क्लाउडिया जोन्स र अउड्री लोर्डीजस्ता बौद्धिकहरूका विचारमा आधारित रहेर बौद्धिकतासम्बन्धी मेरो परिभाषा÷बुझाइ बनाएको छु । यो लेखमा मैले जर्ज लेमिङ र वाल्टर रोड्नेका विचारलाई जोड्ने प्रयास गरेको छु । लेमिङले बौद्धिकलाई छोटोमा व्याख्या गरेका छन् । उनको शब्दमा ‘बौद्धिक भनेका ती व्यक्तिहरू हुन् जसको आधारभूत विषय विचारको जीवन्तता हो । जसको निम्ति विचारले अक्सिजन बराबरको काम गरिरहेको हुन्छ ।’ रोड्नेले भने सङ्घर्षमा बौद्धिकहरूको वैचारिक जिम्मेवारीमा जोड दिएका छन् । बौद्धिकहरूले पुँजीवादी शिक्षाको विरोधमा र मानवीय स्वतन्त्रताको पक्षमा उभिनुपर्ने उनको विचार हो । क्यारिबियामा यी विचारले हामीलाई तत्कालै हाम्रा सामाजिक विषयमा टिप्पणी गर्दै गीत गाउने गाइने, कलाकार, लेखक र सामाजिक अभियन्तातर्फ ध्यानाकर्षण गर्छ । यो अचम्मको कर्ममा संलग्न हुने शैली र गहिराइलाई नै जीवन बनाउनुले नै कसैलाई बौद्धिक बनाउँछ । अनि त्यत्तिकै जीवन र दिन व्यतित गर्नुभन्दा यो बौद्धिक कर्म ज्यादै महत्वपूर्ण हुन्छ । क्यारिबियाली बौद्धिकहरूका जिम्मेवारीलाई मैले एक अर्कामा खप्टिएका सात वटा समूहमा विभाजित गर्न चाहेको छु । मैले यहाँ जे कुरा सम्प्रेषण गर्न खोजेकी हुँ, त्यस आधारमा यो विभाजन चित्तबुझ्दो छ–छैन, म पक्का गर्न सक्दिनँ । तर, यो लेखमा अपूर्णरूपमा चित्रण गरिएको भविष्यप्रतिको सङ्केतको रूपमा यसरी विभाजन गरिएको हो ।
पहिलो कुरा, क्यारिबियाली बौद्धिकहरू आफ्नो समयका सबभन्दा क्रान्तिकारी र विवेकपूर्ण सामाजिक आन्दोलनमा सामेल हुनुपर्छ । आफूसँग भएको बौद्धिक श्रमलाई मानव स्वतन्त्रताको लक्ष्यको निम्ति योगदान गर्नुपर्दछ । आफ्नो समयको सामाजिक न्यायको आन्दोलन जतिसुकै अस्पष्ट वा अन्तरविरोधात्मक भए पनि कसैले पनि आफूलाई तिनबाट अलग वा निरपेक्ष राख्नु सार्थक वा कदरयोग्य काम होइन । न त जनताबाट आफू अलग बस्ने परम्परा नै क्यारिबियाली बौद्धिक परम्परा हो । क्यारिबियाली बौद्धिक परम्पराले शासकविरुद्ध जनतामा आफ्नो जग बसाउनमा जोड दिन्छ । क्यारिबियाली जनता प्रायशः एकै ठाउँमा बस्ने गर्दैनन् । त्यसकारण तपार्इँ जहाँ गए पनि सामाजिक र राजनीतिकरूपमा तपाईं सचेत हुनुपर्छ र जहाँ पनि सक्रिय बन्नुपर्छ । क्यारिबियाली क्षेत्रका समकालीन आन्दोलनले क्यारिबियाली जनताको आत्मसक्रियता प्रतिविम्बित गर्छ । आज क्यारिबियालीहरू पितृसत्ताका उत्पीडन र पुरुष हिंसाविरुद्ध उठेका छन्, पुँजीवादी व्यवस्थाले गरेको वर्गीय दमनविरुद्ध लडेका छन्, एलजीबीटीक्यु (समलिङ्गी) जनतालाई नागरिकता नदिने र उनीहरूमाथि हिंसा लाद्ने कदमको विपक्षमा लडेका छन् । अनि स्थानीयरूपमा दक्षिणी गोलाद्ध र विश्वव्यापीहरूमा काला जनताविरुद्धको जातिवादलाई समूल नष्ट गर्न लागेका छन् ।

क्यारिबियाली क्षेत्रमा प्रायशः चर्किरहने सङ्कटलाई अराजकताको साक्षी, दुःख, अल्छी चाहना अथवा दृष्टिकोणको गरिबी आदि वियोगान्तको परिणामको रूपमा प्रस्तुत नगर्नु अर्को जिम्मेवारी हो । दासता मोचनयता हाइटीले भोगेको सबभन्दा ठुलो सङ्कट सन् २०१० को भूकम्पदेखि अहिलेको जलवायु सङ्कट र घातक आँधीबेहरीले क्यारिबियाली क्षेत्रमा निः सन्देह भयानक त्रास फैलाएको छ । तर, हामीले शासकहरूले सीमित सामाजिक प्रजातन्त्र पनि बेवास्ता गर्न छुट दिने अवस्थाको प्रतिरोध गर्नुपर्छ । उनीहरूले स्वाधीनताको मूल्यमा त्यस्ता बेवास्ता गर्छन् । जनतालाई भन्दा नाफालाई प्राथमिकता दिने नवउदारवादी नीतिसामु उनीहरूले आत्मसमर्पण गर्छन् । क्यारिबियाको भूमि र समुद्रलाई वस्तु ठान्छन् । उनीहरूले विश्व पुँजीवादको पिछलग्गु बन्नुबाहेक देशको भविष्य नभएको जस्तो भान पार्छन् ।

दोस्रो, क्यारिबियाली बौद्धिकले पश्चिमा चिन्तनधाराको सीमा नाघेर क्यारिबियाली चिन्तनधाराको भव्य परम्परालाई समृद्ध बनाउनमा ठुलो मिहिनेत गर्नुपर्छ । क्यारिबियाली चिन्तनधाराको सौन्दर्य प्रभावशाली छ र विश्वव्यापीरूपमा कहलिएको छ । त्यो चिन्तनधाराले शोषण र उत्पीडन नभएको विश्व बनाउने आशा जगाउने गरेको छ । जोसे मार्टीले संसारमा मानिसको जीवन ‘व्वाँसाको बथानमा व्वाँसो भएर होइन, मानिसको बीचमा मानिस बाँचेजस्तै हुुनुपर्ने’ बताएका छन् । जमैकाका लेखक सालभिया विन्टरले प्लान्टेसन (दासहरूको बस्ती) र प्लट (जमिन) बीच अन्तरविरोधबारे बोलेकी छिन् । ‘व्यवस्थालाई सही ठह¥याउने र रक्षा गर्ने पक्ष अनि व्यवस्थालाई चुनौती दिने पक्षबीचको द्वन्द्वलाई उनले चर्चा गरेकी छिन् । ‘त्यस्तो कुनै परम्परा हुँदैन जसको विषयमा बहस गर्न नपर्ने होस् । तर, त्यस्तो संस्कृति पनि हुँदैन जसले आफ्नो पुर्खाको चिन्तनधाराप्रति सम्मान र समर्थन नगरेको होस् ।’ मानव स्वतन्त्रता प्राप्तिका क्षेत्र र समयबारे क्यारिबियाली जनताका सचेतनाबारे क्यारिबियाली चिन्तनधाराले हामीलाई धेरै कुरा भन्छ ।
तेस्रो, क्यारिबियाली बौद्धिकहरूले क्यारिबियाली जनतालाई उपनिवेशवादभन्दा पर मानव स्वतन्त्रताको अन्तरनिहित अभिव्यक्ति गर्ने जनताको रूपमा निसंकोच प्रेम र कदर गर्नुपर्छ । हाम्रा सार्वजनिक संरचनाहरूमा पाउन असम्भव सचेतना भएका क्रान्तिको प्रमाणका रूपमा यी जनताको कदर गर्नुपर्छ । क्यारिबियाली जनतालाई आफ्नो अस्तित्वबोध गर्न बौद्धिकहरूको कुनै खाँचो छैन । आजभन्दा पचास वर्षअघि सीएलआर जेम्सले हवानामा ‘बौद्धिकहरूले संस्कृतिको हिस्साको रूपमा बौद्धिकताको उन्मुलनको निम्ति तयार हुनुपर्छ’ भन्दै गर्दा उनको खास आशय पनि त्यही थियो । जनता उनीहरूका व्याख्याताभन्दा सधैँ अगाडि हुन्छन् । जनताको अर्थ बुझ्न सधैँ कठिन नै हुन्छ । यद्यपि, क्यारिबियाली बौद्धिकहरूले परिवर्तनका महान अभियन्ताका बाटामा आइपर्ने वैचारिक भूमिलाई सफा गर्ने प्रक्रियामा मद्दतसम्म गर्न सक्छन् । अनुदारवादीहरूको हमलाबाट जोगाउन सक्छन् । ताकि कलाकारहरू आफ्नो वैधतामाथि भएको हमलामा भन्दा बढी सिर्जनामा बढी केन्द्रित हुन सकोस् ।
चौथौ, क्यारिबियाली बौद्धिकहरू क्षेत्रीय एकताको पक्षमा छन् । पश्चिमा शक्तिले आफ्नो शिकार नबनेको राष्ट्रमा क्यारिबियाली जनताको बाँच्ने अवसरलाई नलत्याउने ऐक्यबद्धता र मिलापको पक्षमा उनीहरू उभिन्छन् । लोड बेस्ट ‘भव्य क्यारिबियाली सो–सो (बचत समूह) को हिस्सा’ बन्न नपाएकोमा चुकचुकाउँछन् । डेभिड रडर आफ्ना जनतालाई अन्तर–टापु आशङ्का र झगडाको उपनिवेशवादी स्रोत स्मरण गराउन पाउँदा खुशी छन् । त्यस्ता आशङ्का र झगडा हिंसात्मक हुँदा पनि सहिष्णु थियो अथवा सहिष्णु भएकैले भिन्नरूपमा हिंसात्मक भएको हुनसक्छ । क्यारिबियाली जनताको एकताको निम्ति अर्थशास्त्रीको हिसाबकिताब चाहिंंदैन, सरकारी अधिकारीको प्रविधितन्त्र चाहिँदैन । धेरै क्यारिबियाली जनताको निम्ति आपसी एकता नै जीवनको जीवन्त वास्तविकता हो । यो जञ्जाललाई क्यारिबियाली आत्मनिर्णयको पक्षमा भएको अनुभव गराउन संस्थागत रूप दिने गरिन्छ ।
क्यारिबियाली क्षेत्रमा प्रायशः चर्किरहने सङ्कटलाई अराजकताको साक्षी, दुःख, अल्छी चाहना अथवा दृष्टिकोणको गरिबी आदि वियोगान्तको परिणामको रूपमा प्रस्तुत नगर्नु अर्को जिम्मेवारी हो । दासता मोचनयता हाइटीले भोगेको सबभन्दा ठुलो सङ्कट सन् २०१० को भूकम्पदेखि अहिलेको जलवायु सङ्कट र घातक आँधीबेहरीले क्यारिबियाली क्षेत्रमा निः सन्देह भयानक त्रास फैलाएको छ । तर, हामीले शासकहरूले सीमित सामाजिक प्रजातन्त्र पनि बेवास्ता गर्न छुट दिने अवस्थाको प्रतिरोध गर्नुपर्छ । उनीहरूले स्वाधीनताको मूल्यमा त्यस्ता बेवास्ता गर्छन् । जनतालाई भन्दा नाफालाई प्राथमिकता दिने नवउदारवादी नीतिसामु उनीहरूले आत्मसमर्पण गर्छन् । क्यारिबियाको भूमि र समुद्रलाई वस्तु ठान्छन् । उनीहरूले विश्व पुँजीवादको पिछलग्गु बन्नुबाहेक देशको भविष्य नभएको जस्तो भान पार्छन् ।
वास्तविकता के हो भने जोखिम, सङ्कट र नवउदारवादलाई निकट भविष्यमा सामना गरिनेछ । यद्यपि, क्यारिबियाली बौद्धिकहरूको अर्को जिम्मेवारी भनेको ऐतिहासिक विश्लेषण र सामाजिक–आर्थिक विकल्पसहित समुदायको लचकता र अस्तित्वको निम्ति सहजीकरण गर्नु हो । जर्ज लेमिङले एउटा प्रसङ्गमा ठट्टा गर्दै नवउदारवादी अर्थतन्त्रमा कोही कसरी नैतिकरूपमा एकाकार हुनसक्छ भनी सोधेका छन् । तर, हामी एकाकार हुनैपर्छ । खास अपेक्षा त व्यापारीको झूटबाट उत्पादित चाहनाभन्दा मानिसलाई आवश्यक भएको कुराको उत्पादन गर्नु हो । उत्पादन प्रक्रियालाई सबल बनाउनेलाई भन्दा मानवीय सिर्जनशीलता विस्तार गर्नु हो । पृथ्वीलाई ध्वस्त बनाउन टेवा पु¥याउने वस्तु वा सेवाको उत्पादन गर्न दिनुहुन्न । मानिसलाई खुशी बनाउने कुरालाई प्रबद्र्धन गर्नुपर्छ । पुँजीवादी व्यवस्थामा यो सब हुन सम्भव छैन भन्ने तर्क पनि आउने छ । म यो तर्कसँग सहमत छु । त्यही भएर त नयाँ समाजवादतर्फको यात्राको लागि रूपान्तरण अवश्यम्भवी छ । त्यो समाजवाद क्यारिबियाली चेतनाअनुसार पहिलोपटक निर्माण गरिएको समाजवाद हो ।
अनि, अन्त्यमा सातौँ जिम्मेवारी, क्यारिबियाली बौद्धिकको सबभन्दा ठुलो आकांक्षा सशक्तिकरणको प्रक्रियालाई पूर्णता दिनु हो । त्यसो भन्नुको अर्थ पुर्खाको सम्मान गर्नु, आफ्नो समयको जिम्मेवारी पूरा गर्नु अनि क्यारिबियाली क्षेत्रमा मानव जीवनलाई सार्थक बनाउन बाँचेकाहरूबीच आफू पनि बाँच्ने योग्यता पुरा गर्ने काम हो ।
समकालीन क्यारिबियाली क्षेत्रको मेरो अध्ययनले क्यारिबिया क्षेत्रले आफैलाई नवीनरूपमा सिर्जना गर्न हतार भइसकेको मेरो विश्वास हो । यो रूपान्तरणको अर्थ शासकहरूको दमनबाट मुक्त अलग राजनीतिक अर्थतन्त्र र राजनीति बन्दोबस्तको स्थापना गर्नु हो । निजी तथा सार्वजनिक नागरिकको जीवनमा नितान्त भिन्न संरचनाको वैचारिकको संसार बनाउनु हो । भिन्न क्यारिबिया बनाउने सपना देखेका अरू सबैलाई जस्तै मलाई पनि यो सपनाले गिज्याइरहेको हुन्छ । तर, यो सपनाबिना हामी बाँच्न सक्दैनौँ ।
(लेखक वेस्ट इन्डिज विश्वविद्यालयको सांस्कृतिक अध्ययनका वरिष्ठ लेक्चरर हुनुहुन्छ ।)
स्रोत : मन्थ्ली रिभ्यु अनलाइन
नेपाली अनुवादः सुशिला

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *