लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
जनादेशविपरीत भए पनि सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । पार्टी फुटाएर प्रधानमन्त्री बनेका देउवालाई आज अपेक्षा नगरेको अवस्थामा प्रधानमन्त्री बन्न पाउँदा खुसी नलाग्ने त कुरै भएन । तर, नेपाली काङ्ग्रेसका सभापति देउवाले न हिजो प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका निर्वाह गरे न अहिले देशको प्रधानमन्त्री बन्दा उनीसँग कुनै स्पष्ट विचार र योजना नै छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले भन्नेझैँ जुन नेताले प्रधानमन्त्री बन्न अरु पार्टीका सांसदहरू अपहरण गरे, सरकारमा टिकिरहन संविधानविपरीत जम्बो मन्त्रिपरिषद् बनाए, राष्ट्रघाती महाकाली सन्धि गरे, पजेरो सुविधाको नाममा राज्यकोषको दुरुपयोग गरे आज त्यस्ता व्यक्तिको नेतृत्वको पार्टी र सरकारबाट जनताले के अपेक्षा गर्ने ?
काङ्ग्रेस नेतृत्वको माओवादी सरकारबाट काङ्ग्रेस र माओवादी नेता कार्यकर्ताहरूका धेरै धेरै आशा अपेक्षा होलान् तर सरकारबाट नेपाली जनताको खासै कुनै अपेक्षा छैन, देउवा नेतृत्वको सरकारले फेरि राष्ट्रघाती सन्धि सम्झौताहरू नगरिदिए हुन्छ भन्नेमात्र छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अरू केही नगरी जनताले बुझ्ने गरी स्पष्ट बोली दिए पुग्छ । देउवाले विगतमा जस्तै प्रधानमन्त्री र नेकाको सभापति पदको जिम्मेवारीविपरीत मलाई केही थाहा छैन, अरूलाई नै सोध्नु भनेर पञ्छिने प्रवृत्ति नदोहो¥याउने जनअपेक्षा छ ।
Leave a Reply