भर्खरै :

कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग

भक्तपुर, ३ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मा.वि. जिल्ला समिति भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षा यथाशीघ्र सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको छ ।
बिहीबार भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष बुझाएको ज्ञापन पत्रमा साउन ३१ बाट हुनुपर्ने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेको उल्लेख छ । ‘बोर्डको यस्तो निर्णयले देशको शैक्षिक अवस्था खस्कँदै गएको छ र विद्यार्थी निराश बनेका छन् । कोभिड–१९ महामारीको बेला कुनै पनि निर्णय गर्नुअघि पर्याप्त छलफल गरिएको भए अन्योलको अवस्था आउने थिएन’, ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमा नेक्राविसङ्घले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप सहजरूपमा उपलब्ध गराउनुपर्ने र निःशुल्क स्वास्थ्य बिमा तथा स्वास्थ्य अनुशासन पालना गरेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्नुपर्ने, त्यसो गर्न नसकिने अवस्थामा वैकल्पिक उपायबाट परीक्षा सञ्चालन गर्नुपर्ने माग गरेको उल्लेख छ ।
नेक्राविसङ्घ मावि जिल्ला समिति भक्तपुरका संयोजक रितिष्णा दुवालले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई सो ज्ञापनपत्र बुझाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *