विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
काठमाडौँ, ५ भदौ (सीआरआई) । हाल कोभिड –१९ भारइसको डेल्टा उत्परिवर्तित स्वरूपमा कारण विश्वमा महामारी नियन्त्रण अभियानमा अनिश्चितता थपिँदै गएको छ ।
खोप नै महामारीलाई पराजित गर्ने प्रभावकारी साधन हो । तर, विश्वमा खोप वितरण गम्भीर असन्तुलित भएकोले विश्व महामारी नियन्त्रण प्रक्रियालाई धेरै प्रभावित पारिएको छ । तथ्याङ्कका अनुसार, विश्वमा खोप लगाउने दर निकै कम छ भने अझै ६३ प्रतिशत मुलुक र क्षेत्रको खोप लगाउने दर २० प्रतिशतभन्दा कम देखिन्छ । तर यो समस्त मानवजातिको साझा चुनौतीको सामना गर्दा कतिपय मुलुकले जिम्मेवारी बहन गरिरहेका छैनन् भने खोपको राष्ट्रवादमा अडिग रहेका देखिन्छन् ।
यसो अवस्थामा विश्वमा खोपको न्यायिक तथा उचित वितरणलाई बढाउनु नै अझ महत्वपूर्ण भएको छ । विश्वमा खोप वितरणको खाडल विस्तृत भएसँगै अगष्टमा विश्व स्वास्थ्य सङ्गठनले बुस्टर डोज लगाउने अवधि पछि सार्न विकसित मुलुकलाई आग्रह गरेको छ । वर्तमान अवस्थालाई तत्काल बदलेर धेरैजसो खोप उच्च आम्दानी भएका धनी मुलुकमा प्रवाह भइरहेबाट कम आम्दानी भएका मुलुकलाई प्रदान गर्नेमा परिवर्तन गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनले दोहो¥याएको छ ।
चीनले महामारी नियन्त्रणमा चरणबद्ध उपलब्धि हासिल गर्नुका साथै विश्व एकतावद्ध भएर महामारीविरूद्ध, विश्व आर्थिक पुनरूत्थानलाई सक्रियरूपमा बढाइरहेको छ र चिनियाँ खोपले अन्तर्राष्ट्रिय महामारी नियन्त्रण गर्न पनि योगदान गरिरहेको छ । हाल चीनले अन्तर्राष्ट्रिय समूहलाई ७७ करोड डोज कोभिड–१९ खोप प्रदान गरेको छ । तीमध्ये १०० भन्दा बढी मुलुकलाई खोप अनुदान गरेको छ । ६० भन्दा बढी मुलुकलाई खोप निर्यात गरेको छ । चीनले विभिन्न विकासोन्मुख मुलुकसँग प्रविधि हस्तान्तरण र उत्पादन सहकार्य गरी खोपको ठूलो मात्रामा उत्पादनलाई तीव्र बढाएर अन्तर्राष्ट्रिय महामारी नियन्त्रण गर्न चिनियाँ योगदान गरेको छ ।
तर अमेरिकाले खोप एकाधिकारमा अडिग रहेर खोपको राष्ट्रवाद गरिरहेको छ । थोरै प्रदान गरे पनि राजनीतिक उद्देश्य देखिन्छ र खोपको राष्ट्रवादको सार प्रतिबिम्बित भएको हो ।
हालको रिपोर्टअनुसार, अमेरिकी सरकारका उच्च तहले खोप अनुदानलाई चिप्सको रूपमा राखेर चीनका छिमेकी मुलुकलाई चीन भाइरसको उद्गम भन्ने जबरजस्ती अवधारणा बनाएर प्रचार गरिरहेका छन् । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले भन्नुभएझैँ बल्ल अमेरिकाले आफ्नो खोप दिएको छ तर रिपोर्टमा भनिएजस्तै अमेरिकाले खोपमा मूल्य स्पष्टरूपमा देखाइसकेको छ र खोप तथा भाइरस उद्गम खोजी कार्यलाई जोडेर खोपलाई चीन विरोधी गठबन्धनमा संलग्न हुने उपकरण बनाएको छ । यो नै अनैतिक, गैरजिम्मेवार र निन्दनीय कुरा हो ।
Leave a Reply