भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
गथामगः च¥हेबाट नेवार समुदायमा चाडपर्व सुरु हुन्छ । यसै पर्वहरूमध्ये एक महत्वपूर्ण पर्व हो जनैपूर्णिमा अर्थात् गुन्हीपुन्ही । हरेक वर्ष नेपाल संवत्अनुसार गुँलाथ्व पुन्ही तथा श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा भनी मनाउने गरिन्छ । नेपालका विभिन्न समुदायका मानिसहरूले यस पर्व आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । यस दिन ब्राह्मण तथा तागाधारीहरू आफ्नो शरिरमा लगाएको जनै फेर्ने गर्दछन् भने हातमा डोरी बाँधेर मनाउने गर्दछन् । त्यसकारण यस पर्वलाई ‘जनैपूर्णिमा’ तथा ‘जनैपूर्णे’ पनि भनिन्छ । यस श्रावण शुक्ल पूर्णिमाको दिन ऋषिलाई पानी तर्पण गरिन्छ । यसकारण, यस दिन ऋषिलाई पानी तर्पण गरिने हुँदा ‘ऋषि तर्पणि’ पनि भनिन्छ ।
यसै गरी उपत्यकाको नेवार समुदायमा यो पर्वमा ९ थरीका गेडागुडी पकाएर झोल खाने गरिन्छ । जसलाई ‘क्वाती’ भनिन्छ । यसकारण, यस दिनलाई क्वाति पुन्हीको नामले पनि चिनिन्छ ।
हरेक पूर्णिमा तथा पर्वहरूमा नेवार समुदायमा फरक फरक परिकार खाने चलन रहेको छ । यस दिन पनि विशेषगरी क्वाति खाने गरिन्छ । नेपालभाषामा ‘क्वा’ भनेको तातो र ‘ति’ भनेको झोल हो । यसकारण, यस पूर्णिमालाई क्वाति पुन्ही भनिन्छ ।
क्वाती पूर्णेको दिन नौ थरीका गेडागुडीको मिश्रण पकाएर खाने गरिन्छ । सेतो सिमी, केराउ, बकुला, बोडी, चना, गेडा, मास, मुंग, भटमास आदि नौ थरीका गेडागुडीको मिश्रण नै क्वाती हो । साथै यसमा ज्वानो, धनियाँ र जिरा तेलमा झानेर पकाइन्छ । जनश्रुतिअनुसार जिरालाई लामखुट्टे, धनियाँलाई उपियाँ र ज्वानोलाई उडुसको प्रतीकको रूपमा लिइन्छ । यसरी झानिएको क्वातीको झोल खाएमा लामखुट्टे, उपियाँ र उडुसले दुःख नदिने विश्वास गरिन्छ ।
यस दिन नेवार समुदायमा खेतको भ्यागुतोलाई खाना खुवाउने चलन छ । जसलाई नेपालभाषामा ‘ब्याँचाजाँ नकेगु’ भनिन्छ । त्यस्तै अर्को किंवदन्तीअनुसार भ्यागुतोलाई पृथ्वीको दूतको रूपमा पुजिन्छ । बर्खाको समयमा नागले पानी पार्छ भन्ने विश्वास छ ।
जनैपूर्णिमा कहिले र कसले सुरुवात ग¥यो भन्ने कुनै यकिन प्रमाण छैन । सम्भवतः यो पर्व मानिसहरू बुझ्न र विचार गर्न सक्षम भएबाट नै सुरु भयो कि भन्ने विश्वास गरिन्छ । मानिस जन्मपश्चात् मर्छ, यो शाश्वत सत्य हो । शरिर जब काम नलाग्ने हुन्छ तब यसले उक्त शरिर छोडेर अर्को चोला लिन्छ । मानिसले पुनः मानिसको चोला लिन ८४ लाख जुनी काट्नुपर्छ भन्ने मान्यता रहेको छ । तर, नेवार समुदायमा वर्षभरिको चाडपर्व नियमित र विधिपूर्वक मनाएमा ८४ लाख जुनी कुर्नुपर्दैन भन्ने विश्वास रहेको छ । यसकारण, ‘गथामगः च¥हे’ बाट सुरु भएको यो चाड ‘सिथि नखः’ सम्म विधिपूर्वक मनाउँदै जानुपर्छ भन्ने मान्यता आजसम्म पनि छ ।
नौ थरीकै गेडागुडी किन ?
हामीलाई जहाँसम्म थाहा छ, तबदेखि नै क्वातीमा ९ थरीका गेडागुडीको प्रयोग गरिन्छ । तर, किन ९ थरीका नै गेडागुडी खाइन्छ, यस कुराबाट अहिलेका नयाँ पुस्ताहरू भने अनभिज्ञ छन् वा भनौँ चासोको विषय नरहेको भनी पुरातत्व विभागका पूर्वप्रमुख पुरातत्व अधिकृत श्यामसुन्दर राजवंशी बताउनुहुन्छ ।
उहाँका अनुसार, “मानव शरिर भनेको पञ्चतत्व र एक मनबाट निर्मित हुन्छ । मानवको मृत्युपश्चात् उक्त पञ्चतत्वको कुनै अवशेष रहँदैन तर एक मन भने कहिले मर्दैन । त्यसैगरी गथामग च¥हेको दिन तीनवटा खुट्टा भएको राक्षस किन जलाइन्छ, यसबारे नयाँ पुस्तालाई कम नै थाहा छ । त्यस दिन बनाएको राक्षसको तीन खुट्टाको अर्थ ‘त्रिगुण’ हुन्छ । जुन मानिसले गथामग च¥हेको दिन प्राप्त गरेको हुन्छ । पञ्चतत्व, एक मन र त्रिगुण (सत्व, रज र तम) गरी ९ वटा तत्व श्रावण शुक्ल पूर्णिमाको दिन पूरा भई मानिसको शरिरमा सक्रिय हुन्छ । त्यसकारण, यस ९ थरीका गेडागुडीलाई ती ९ तत्वको रूपमा लिएर खाने गरेको हो ।”
यस पर्वलाई ‘गुन्ही पुन्ही’ पनि भनिन्छ । यसरी ९ थरी गेडागुडीको झोल खानुको अर्थ मानव शरिरमा ९ वटा तत्व सक्रिय गराउनु हो ।
जनै किन फेरिन्छ ?
वर्ण व्यवस्थाअनुरूप ब्राह्मणलाई ब्रह्माको मुखबाट उत्पति भएको मानिन्छ । यस दिन तागाधारीहरूको लागि विशेष हुने गर्दछ । तागाधारीहरूले पहिले पहिले जनै तीन महिनामा फेर्ने गर्थे तर अहिले वर्षदिनमा एकपटकमात्र फेर्ने गर्छन् भनी इतिहासविद् तथा अनुसन्धानकर्ता पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।
उहाँको अनुसार जनै फेर्नुको कारण सामान्यतः पुरानो भएपछि फेर्ने वा नवीकरण गर्ने दिन हो । त्यो दिनको विशेषता भनेको जनै फेर्दा एउटा विशेष मन्त्र हुन्छ । उक्त मन्त्र स्मरण गर्ने दिनको रूपमा पनि यस दिनलाई लिन सकिन्छ । मोक्ष प्राप्ति नै मानिसको अन्तिम लक्ष्य हो । त्यसकारण, मोक्ष प्राप्तिको एउटा प्रतीकको रूपमा जनैपूर्णिमालाई लिन सकिन्छ ।
Leave a Reply