क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
“भियतनाम सांस्कृतिक, ऐतिहासिक र राजनीतिकरूपमा फरक सन्दर्भ थियो । संरा अमेरिकाले भियतनाममा गरेको गल्ती अन्यत्र नदोहो¥याउनेमा म आशावादी छु ।”
उपनिवेशवाद, प्रभुत्ववाद र प्रतिरोधका विषयमा जानकार एकजना ठुला गुरु पाकिस्तानका दिवङ्गत बुद्धिजीवी इक्बाल अहमेदले आधा शताब्दीअघि वाशिङ्टनका योजनाकारहरूलाई केही भद्र सल्लाह दिएका थिए । दुःखको कुरा, उनको यो सल्लाह नमानिएको मात्र होइन, बरु साम्राज्यवादले गरेका गल्तीलाई ‘नचाहेर पनि भएको गल्ती’ (ब्लन्डर्स) भनी वर्गीकरण गर्नु र ढाकछोप गर्नुको अब कुनै अर्थ रहेन ।
हरेक राष्ट्रको आफ्नै विशिष्ट लक्ष्य र अवस्तुगत विशेषता हुनु स्वाभाविक हो । विश्व व्यवस्थामा अन्ततः भू–रणनीतिकरूपमा कुनै पनि देशको परिभाषा वा स्थानको निर्धारण यिनै कुराले गर्छन् । वस्तुतः भियतनामीहरू तेस्रो विश्वको अर्को राष्ट्रमात्र हुन् । तथापि, सिङ्गो पृथ्वीमा प्रश्नरहित अमेरिकी सर्वोच्चताविरुद्ध एउटा सङ्गठित प्रतिरोध तात्कालीन परिस्थितिमा भियतनामको एउटा प्रमुख विशेषता थियो ।
भियतनाममा ठुलो सङ्ख्यामा मानिसले ज्यान गुमाए । तथापि, एक दशक लामो निर्मम अमेरिकी हवाइ र स्थलगत हमलाले भियतनामी प्रतिरोधलाई ठेगान लगाउन सकेन । कम्तीमा सैनिक रूपमा भियतनामीमाथि विजय सम्भव भएन ।
सिरिया सरकारलाई रुसी र इरानी÷हज्बुल्लाहको गम्भीर अवस्थामा समर्थन भए पनि दुई दशकअघि अफगानिस्तानमाथि पश्चिमा देशले कब्जा गर्दाको अनुपातमा त्यो सहायता केही पनि होइन । अफगानिस्तानले बीस वर्ष संरा अमेरिका÷नाटोका हवाई हमला सामना ग¥यो । १ लाख ५० हजार स्थल सेनाको स्थलगत कारबाही भोग्यो । त्यही र अझ बढी सङ्ख्यामा भाडाका सिपाहीं र निजी ठेकेदारहरू तथा हतियारबद्ध, तालिम प्राप्त अफगान राष्ट्रिय सेना तथा सुरक्षाकर्मी पनि परिचालित थिए । सबै हिसाब गर्दा अफगानिस्तानमा २० खर्ब अमेरिकी डलर खर्च भयो । तर, त्यसको परिणाम के भयो ? काबुलामा कठपुतली सरकार क्षणभरमै ढल्यो । कुनै पनि खालको प्रतिरोध नहुनु कति अपमानजनक कुरा !
तथापि, राजनीतिकरूपमा भन्दा वाशिङ्टनले ठुलै स्वरमा आफ्नो प्रस्ट सन्देश संसारलाई दिन सफल भयो । तेस्रो विश्व वा ग्लोबल साउथका कुनै पनि देश संसारको लागि संरा अमेरिकाले बनाएको बृहत् योजनासामु नतमस्तक नभए त्यो देशले ठुलो मूल्य चुकाउनुपर्ने उसको सन्देश थियो । वर्षौं वर्ष ठुलो परिमाणमा वमबारी गरेर भियतनामलाई पूर्णतः ध्वस्त बनाइयो । असन्तुलित अमेरिकी प्रभुत्ववादले क्षतविक्षत बनाएको देशमा कस्तो स्वाधीनता र सार्वभौमिकताको अपेक्षा गर्ने ?
संरा अमेरिकी विश्वव्यापी प्रभुत्व आगामी दिनमा सत्ताकब्जा र नक्कली युद्धको रूपमा अभिव्यक्त हुन चालु रह्यो । आगामी दशकमा पनि संरा अमेरिकाको साम्राज्यवादी स्वार्थले उसलाई यस्ता काममा संलग्न बनाइरह्यो । ‘भियतनाम रोग’ (भियतनाम सिन्ड्रम) को अर्थ संरा अमेरिकाले संसारमा हस्तक्षेपकारी काम कम गर्छ भन्ने थिएन । भियतनाम सिन्ड्रम भनेको अप्रत्यक्षरूपको विस्तारवाद नै थियो । तर, यो रोगको आयु छोटो थियो । सन् १९९०–९१ मा भएको खाडी युद्धमा संरा अमेरिकाको ठुलो सैनिक परिचालन गर्दासम्ममा उसले यो रोगलाई जितिसकेको थियो ।
स्थानीय राजनीतिक शक्तिबीच ठुलै वैचारिक भिन्नता भए पनि सन् १९७५ मा सैगन र सन् २०२१ मा काबुलको दृश्यमा उल्लेखनीय समानता छन् । दुवै अवस्थामा संरा अमेरिकाको घोर बेइज्जती पनि ज्यादै कहालीलाग्दो छ । तथापि, केही भिन्नता अवश्य छन् । दुवै घटना नितान्त फरक विश्व परिवेशमा भयो । अहिले त्यसलाई तालिवानले अफगानिस्तानलाई पुनः कब्जा गरेको भनी व्याख्या गरिएको छ ।
सन् १९९६ सम्ममा काबुलमा आफ्नो शासन जमाएका केही युद्धसरदारहरूलाई पराजित गर्न कलिलो तालिवानलाई दुई वर्ष लागेको थियो । त्यत्तिबेला ‘विद्यार्थी’हरूको नयाँ आन्दोलन अर्थात् तालिवानलाई सैनिकलगायत सबै हिसाबमा खुला र पूर्णरूपमा पाकिस्तानले मद्दत गरेको थियो । अहिले भने तालिवानलाई इस्लामाबाद वा अन्य कहींबाट पनि कुनै प्रकारको समर्थन मात्र नभएको होइन, बरु उसले कागजमा निकै डरलाग्दो मानिएको शत्रुको पनि सामना गर्नुप¥यो । ती शत्रुहरू भनेका ३ लाखको सङ्ख्यामा रहेका हातहतियार र तालिमले सुसज्जित अफगानी सुरक्षाकर्मी र सेना थिए । त्यसमाथि अमेरिकी हवाई हमला त थियो नै ।
हामीले आफ्नो आँखाले देख्यौँ, पश्चिमा शक्तिहरूले आफ्नो नियन्त्रण अन्त्य भएको औपचारिक घोषणा गरेको निकै छोटो अवधिमै आदिवासी पास्तुनहरूको यो विद्रोहले चकित पार्ने तेज गतिमा अफगानिस्तानमाथि नियन्त्रण जमायो । सन् १९७२ मा संरा अमेरिकाले सैगन छोडेको तीन वर्षसम्म अमेरिकी कठपुतली सरकारले शासन चलाएको थियो । वास्तवमा काबुलमा सोभियत सङ्घ सन् १९८९ मा फर्केपछि सोभियत सङ्घको कठपुतली सरकारले तीन वर्ष त्यहाँ राम्ररी नै शासन चलाएको थियो । तर, असरफ घानीको सरकार त अमेरिका फर्किने समय सीमा अगावै ढलेको छ ।
तथ्यमाथि अझ जोड दिँदा–सन् १९९० दशकभन्दा फरक आज तालिवानले आफ्नै बलबुत्तामा अफगानिस्तानमा आफ्नो उपलब्धि हासिल गरेको छ । उनीहरूले हासिल गरेका उपलब्धिको तुलनामा उनीहरूका कमीलाई नाप्दा उनीहरू उल्लेखनीय शक्ति नै देखापर्छ । सिरियामा ‘मध्यम विद्रोही’ सँग उनीहरूको तुलना गर्दा तालिवानलाई सफल शक्ति मान्नुपर्छ । सिरियाका ती विपक्षहरूले सयौँ करोड अमेरिकी डलर पाएर पनि र दुवै क्षेत्रीय शक्तिका साथै पश्चिमा (विशेषतः संरा अमेरिका) बाट सहयोग लिएर पनि उति प्रभावकारी काम गर्न सकेन र अस्सादको सत्ता ढाल्न सकेन ।
सिरिया सरकारलाई रुसी र इरानी÷हज्बुल्लाहको गम्भीर अवस्थामा समर्थन भए पनि दुई दशकअघि अफगानिस्तानमाथि पश्चिमा देशले कब्जा गर्दाको अनुपातमा त्यो सहायता केही पनि होइन । अफगानिस्तानले बीस वर्ष संरा अमेरिका÷नाटोका हवाई हमला सामना ग¥यो । १ लाख ५० हजार स्थल सेनाको स्थलगत कारबाही भोग्यो । त्यही र अझ बढी सङ्ख्यामा भाडाका सिपाहीं र निजी ठेकेदारहरू तथा हतियारबद्ध, तालिम प्राप्त अफगान राष्ट्रिय सेना तथा सुरक्षाकर्मी पनि परिचालित थिए । सबै हिसाब गर्दा अफगानिस्तानमा २० खर्ब अमेरिकी डलर खर्च भयो । तर, त्यसको परिणाम के भयो ? काबुलामा कठपुतली सरकार क्षणभरमै ढल्यो । कुनै पनि खालको प्रतिरोध नहुनु कति अपमानजनक कुरा !
अफगानिस्तानमा आज जे भइरहेको छ, त्यसले राजनीतिक अर्थमा सन् १९७५ मा सैगनको पतनभन्दा यो फरक भएको पुष्टि गर्छ । इक्बाल अहमेदले भनेजस्तै भियतनाममा युद्ध र सैनिकरूपमा पराजय भनेको अमेरिकाको ठुलो गल्ती हो । भूराजनीतिक महत्वभन्दा पर भियतनाम युद्धले निकै ठुलो सङ्ख्यामा मानवीय क्षति पनि भोग्नुप¥यो ।
तर, फेरि पनि राजनीतिकरूपमा भन्नुपर्दा संरा अमेरिका त्यत्तिबेला त्यो सैनिक पराजयको प्रभाव भोग्नबाट उम्कियो । भियतनाममा पराजयपछि पनि संरा अमेरिकाले महाशक्तिको रूपमा विश्वव्यापी प्रभुत्वलाई कायम राख्यो । स्वाधीनता र सार्वभौमिकताको सपना देख्ने कुनै पनि देशले अमेरिकी साम्राज्यवादको कडा प्रतिरोध सामना गर्नुपर्ने अवस्था कायम चालु रह्यो । भियत कोङहरूले जस्तै कदाचित त्यस्ता प्रतिरोधले विजय हासिल गरिहाले पनि तिनलाई ध्वस्त बनाइन्थ्यो । अन्ततः तेस्रो विश्वका देशहरूजस्तै राजनीतिक र आर्थिकरूपमा अमेरिकाद्वारा सञ्चालित विश्व व्यवस्थाको दमनकारी ढाँचामा फर्किन उनीहरू बाध्य हुन्थे ।
त्यही कारणले सन् १९७५ को सैगन पराजय र सन् २०२१ को काबुल पराजयबीच अन्तर छ । बितेका केही दशकमा संरा अमेरिका एउटा प्रभुत्वादी शक्तिबाट कमजोर बन्दै गएको छ । इराक र अफगानिस्तानको विनाशकारी युद्धले यो बुझाईलाई थप पुष्टि गरेको छ ।
त्यसकारण अफगानिस्तानमा आज जे भइरहेको छ, त्यो अर्को साम्राज्यवादी ‘गल्ती’ मात्र होइन । खासमा यो साम्राज्यवादको एउटा गम्भीर सङ्कटको परिणाम हो । अनि एउटा निर्लज्ज जालसाजी हो जसले चकित पार्ने घटनाक्रम निम्त्याइरहेको छ र हेर्नलायक दृश्य सिर्जना गरेको छ । काबुलमा तालिवानको कब्जापछि बितेका दुई साताका घटनाक्रमले युद्ध पछिको अमेरिकी साम्राज्यवादको अन्तिम चरणमात्र उजागर गरिरहेको छ ।
सन् १९७५ मा सैगन र सन् २०२१ मा काबुलमा भएका दुई घटनालाई सरलरूपमा तुलना गर्नुभन्दा हामीले सैनिक हस्तक्षेपभन्दा अघि र पछिको संरा अमेरिकाको वस्तुगत संरचनागत विश्वव्यापी अवस्थाको मूल्याङ्कन गर्नुपर्छ । यसैमा मूल विषयवस्तु निहीत छ । भियतनाममा ‘गल्ती’ गर्नुअघि र पछि दुवै अवस्थामा संरा अमेरिकाले संसारमा प्रभाव जमाएको थियो । त्यो ‘गल्ती’ पछि पनि संसार ‘विजयी पश्चिम’ र ‘अन्य बाँकी देश’ गरी दुई खेमामा विभाजित थियो ।
अहिलेको अवस्था फरक छ । काबुल सरकारको पतन अमेरिकी शक्ति निकै कमजोर भएको अवस्थाको लक्षण हो । अमेरिका कमजोर बन्दै गएको दशक लामो प्रक्रियाको यो परिणाम हो । अमेरिकी शक्ति, प्राधिकार र विरासत अथवा सारमा उसको प्रभुत्ववाद कमजोर बन्दै गएको छ । संसार आज बहुधु्रवीय बनेको छ । विशेषतः चीनको उदयपछि संसारको रूप फेरिएको छ । विश्व प्रणालीको केन्द्र अब पश्चिम बन्न छोडेको छ । पश्चिमले संसारमा पाँच सय वर्षभन्दा बढी लामो समय प्रभुत्व जमायो । अब त्यो ओरालो लाग्ने क्रममा छ ।
काबुलबाट संरा अमेरिकी शक्ति फिर्ता हुनु साङ्केतिकरूपमा अमेरिकी अपवाद र विस्तारवादको पराजयमात्र नभई युरोपकेन्द्रित इतिहासको खण्डको अन्तिम पृष्ठको पनि सङ्केत हुनसक्छ ।
(लेखक धर्म र विश्व राजनीतिका प्राध्यापक र पाकिस्तानको इस्लामाबादस्थित इस्लाम र उपनिवेशमुक्ति अध्ययन केन्द्रका निर्देशक हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद :मनिषा
Leave a Reply