मार्गनिर्देशन कार्यक्रमबाट विद्यार्थीमा ऊर्जा मिल्ने
- जेष्ठ ८, २०८३
विश्लेषकहरूले काबुलबाट संरा अमेरिकी सेनाको फिर्तालाई संसारमा एकध्रुवीय युगको अन्त्य र बहुध्रुवीय युगको औपचारिक सुरुवातको रूपमा विश्लेषण गरेका छन् । सन् १९८९ मा सोभियत सङ्घको पतनपछि संरा अमेरिकाले संसारमा आफ्नो एकछत्र शासन चलायो । संरा अमेरिका नेतृत्वको धनी पश्चिमा देशहरूको मोर्चाले चाहेकै दिशामा संसार अघि बढ्यो । विशेषतः जी ७ देशहरूले संसारलाई हाँक्यो । संसारको कुनै पनि देशले उनीहरूको चाहनाभन्दा औंसमात्र पनि तलमाथि गर्न खोजे तिनलाई गोर्खेलौरी लगाउने काम गर्दै गए । त्यसको निम्ति सैनिक रूपमा उनीहरूसँग नाटो गठबन्धन छ, आर्थिक र वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय मुद्रा कोष छ र राजनीतिक क्षेत्रमा जी ७ जस्ता सङ्गठन छ । सोभियत सङ्घको प्रभाव क्षेत्र मानिएका संसारका भूगोललाई ती देशहरूले आपसमा बाँडचँुड गरेर लिए, अनि पुरानै उपनिवेशवादी युगमा नयाँ लिपपोत गरेर संसारमा आफ्नो रजगज चलाए । राज्यको रूपमा यी देशहरू फरक–फरक भए पनि तिनको लक्ष्य र स्वभाव एकै थरी छ ।
संसारलाई आफ्नो तखतमा चलाउने चाहनाबाट अभिप्रेरित पूर्व उपनिवेशवादी शक्तिहरूको यो मोर्चाले आप्mनो सिंहासनसामु झुक्न नमान्ने शासक र देशमाथि सैनिक हमला गर्ने, आर्थिक नाकाबन्दी लगाउने र राजनीतिकरूपमा एक्लो बनाउने काम गर्दै आए ।
पश्चिमा मोर्चासामु झुक्न तयार नहुँदा लिवियामा गद्दाफीको सत्तामात्र उल्टाइएन, उनको अमानवीय हत्या भयो । समाजवादी देश क्युवा र प्रजग कोरियामाथि ६० वर्षदेखि लगातार आर्थिक र वित्तीय नाकाबन्दी थोपरेको छ । इरानमाथि एकपछि अर्को नाकाबन्दीले कमजोर बनाउने प्रयास चालु छ । रुसलाई अझ कमजोर बनाउने पश्चिमा देशको प्रयास रोकिएको छैन । इराक र अफगानिस्तानमा अपुष्ट कारण देखाएर पश्चिमा देशहरूले गरेको सैनिक हमलाले त्यहाँका जनताले अनाहक दुःख भोग्नुप¥यो ।
तर, संसार आज बदलिसकेको छ । प्रथमतः स्वार्थको द्वन्द्वले पश्चिमा देशहरू आफै विभाजित छन् । नाटोको प्रभावकारिताबारे पश्चिमा देशहरू आफै अन्योलमा छन् । उनीहरूले अघि सारेको नवउदारवादी आर्थिक ढाँचाले संसारलाई विभाजित र जनताको जीवन थप कष्टकरमात्र बनायो । संसारसामु आएका नयाँ नयाँ चुनौतीजस्तै जलवायु परिवर्तन र कोभिड–१९ महामारीको प्रभावकारी समाधानको निम्ति पश्चिमा देशहरूले भूमिका खेल्न नसकेको मात्र होइन, बरु उनीहरूकै कमी कमजोरीको कारण ती समस्या संसारले भोग्नुपरेको छ । त्यसकारण, संसारलाई हाँक्न आज पश्चिमा देशहरू कमजोर र असमर्थ बन्दै छन् ।
यस्तो परिस्थितिमा आर्थिक र राजनीतिक शक्तिको रूपमा चीनको उदयले पनि संसारमा परिवर्तनको क्षितिज खुलेको सर्वत्र अनुभव गरिंदै छ । अब संसार कुनै एउटा देश वा मोर्चाको तखतमा चल्ने अवस्था छैन । बरु संसार बहुध्रुवीयतामा अघि बढ्नुको विकल्प देखिँदैन । व्यतीत भइसकेको समयलाई स्मरण गर्दै फेरि पनि आफ्नो तखतमा संसार चलाउन खोज्ने शक्तिहरूसँग आगामी दिनमा असफल हुनुको विकल्प छैन । उनीहरूले या त बहुध्रुवीयताको नयाँ यथार्थ स्वीकार्नुपर्छ नभए अब लगाम छोड्नुको अर्को बाटो छैन ।
भियतनाममा जसरी काबुलबाट पनि संरा अमेरिका भाग्नुपर्नाको कारणबारे अमेरिकी नेतृत्वले गम्भीरतापूर्वक समीक्षा नगर्ने हो भने ऊ कमजोरमात्र बन्ने होइन, समाप्तिको बाटोमा पनि जान सक्छ । इतिहास र समयले सबैलाई पाठ सिकाउँछ । अफगानिस्तानमा सैनिक हस्तक्षेप गर्दा तत्कालीन सोभियत संशोधनवादले जसरी हार व्यहोर्नुप¥यो, त्यसरी नै नयाँ परिस्थितिलाई नबुझ्ने हो भने अमेरिकी साम्राज्यवाद र पश्चिमा मोर्चाको चिहान पनि अब अफगानिस्तान नै बन्नसक्छ । काबुलबाट भाग्दैमा अफगानिस्तानको भूतले संरा अमेरिकालाई कदापि पनि छोड्नेछैन ।
Leave a Reply