क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
चिनियाँ राष्ट्रपति सी चिन फिङको नजरमा ‘चिनियाँ जनताका एकजना सच्चा मित्र’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शब्दमा ‘युगका प्रतीक र रुसका वास्तविक एवम् विश्वशनीय मित्र’, भेनेजुयलाका नेता निकोलास माडुरोको भनाइमा ‘स्वतन्त्रताको झन्डा’, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाको विश्लेषणमा ‘विश्वभरका शोषित पीडितहरूको स्वतन्त्रताको पक्षधर’ मेक्सिकोका पूर्वराष्ट्रपति एनरिका पेन्या निएटोका अनुसार ‘मेक्सिकोका ठूलो मित्र’, एल साल्भाडोरका पूर्वराष्ट्रपति साल्भाडोर साँचेज सेरेनका शब्दमा ‘जीवन्त मित्र’ फिडेल क्यास्ट्रो । आज फिडेलको व्यक्तित्व र कृतिबारे विश्वभर चर्चा भइरहेको छ, उहाँको ९५ औँ जन्मदिवसको सन्दर्भमा ।
सन् २०१६ अगस्त २५ मा ९० वर्षको उमेरमा फिडेलको निधन भएपछि संरा अमेरिकाबाट प्रकाशित ‘वासिङ्टन पोस्ट’ ले ‘क्युवालाई एक समाजवादी राज्यका रूपमा पुनः आविष्कार गर्ने नेताको अवसान’ शीर्षकमा लेख्यो ‘क्यास्ट्रो विश्वका गरिबले निष्पक्षरूपमा आफ्नो हिस्सा पाउनुपर्छ भन्ने अडान अघि सार्ने नेतामात्रै थिएनन्, शक्तिशाली शत्रुमाथि आफ्नो निशाना साँध्न पनि पछि नहट्ने हक्की नायक थिए ।’
हवाना विश्वविद्यालयबाट कानुनमा स्नातक सक्दैगर्दा साम्राज्यवादविरोधी वाम राजनीतिमा होमिनुभएका क्यास्ट्रोको नेतृत्वमा अमेरिकी सैन्य समर्थनका तत्कालीन राष्ट्रपति फुल्गेन्सियो बाटिस्टालाई सत्ताच्युत गर्ने लक्ष्यअनुसार २६ जुलाई १९५३ मा मोन्काडा सैन्य ब्यारेकमा आक्रमण गरियो । सो असफल हमलाको कारण पक्राउ पर्नुभएका क्यास्ट्रोलाई १५ वर्षको जेल सजाय तोकियो । अदालतमा बहस हुँदा उहाँले दिनुभएको बयान ‘इतिहासले मलाई सही प्रमाणित गर्नेछ’ शीर्षकमा पुस्तकमा प्रकाशित छ । २२ महिनापश्चात् जेलमुक्त भएपछि सशस्त्र क्रान्ति गर्ने लक्ष्य लिएर मेक्सिकोमा गई तयारी थाल्नुभयो । भाइ राउल क्यास्ट्रोले फिडेललाई अर्जेन्टिनी चिकित्सक तथा क्रान्तिकारी चे ग्वेभारासँग भेटघाट गर्ने बन्दोवस्त मिलाए । सारा दक्षिण अमेरिकी महादेश मुक्त गर्ने लक्ष्य बोकेका चे र क्रान्तिकारी फिडेलबीच रातभर छलफल भयो । चे क्युवाली क्रान्तिमा चिकित्सकको रूपमा सहयोग गर्न तयार भए । बाटिस्टाको तानाशाही सत्ता पल्टाउन ‘२६ जुलाई मुभमेन्ट’ नामक क्रान्तिकारी समूह गठन भयो, करिब ७० जनाको क्रान्तिकारी दस्ता ग्रान्मा नामको डुङ्गामार्फत क्युवा फर्किए । ठूलासाना सफल हमला र जनसमर्थनको कारण १ जनवरी १९५९ मा बाटिस्टाको तानाशाही सत्ता ढल्यो ।
क्यास्ट्रोले चलाखीपूर्वक क्रान्ति सम्पन्न भएपछि कम्युनिस्ट पार्टीको घोषणा गरी साम्राज्यवादी अमेरिकालाई छक्याउनुभयो । क्युवाको सामाजिक, आर्थिक र राजनीतिक पुनर्संरचनाको आरम्भ भयो । समाजवादी क्रान्तिको घोषणा, विदेशी पुँजीको राष्ट्रियकरणबाट संरा अमेरिका आत्तियो । तत्काल क्युवामाथि आर्थिक नाकाबन्दी ग¥यो । तर, क्युवाली क्रान्ति अघि बढिरहेको छ । प्रस्तुत आलेखमा क्युवाली क्रान्तिका उपलब्धिहरूबारे चर्चा गर्ने चेष्टा गरेको छु ।
क्युवाली क्रान्तिको उपलब्धिबारे कुरा गर्दा शिक्षा, स्वास्थ्य र जनजीविकाको क्षेत्रमा भएका परिवर्तनहरू सबभन्दा महत्वपूर्ण विषय हुन् । क्युवाली समाजवादी क्रान्तिका यी उपलब्धिले विश्व पूँजीवादलाई चुनौती दिएका छन् । क्युवाली क्रान्ति उल्ट्याउन क्युवाविरुद्ध जस्तोसुकै नाकाबन्दी लगाइए तापनि, नेता फिडेलको हत्या गर्ने अनेक षड्यन्त्र भए पनि, क्रान्तिविरुद्ध जतिसुकै गोयवल्स शैलीका प्रचार गरिए पनि क्युवाले समाजवादी झन्डा अझै माथि उठाइरहेको छ ।
क्युवाली शैक्षिक क्रान्ति
क्युवाली क्रान्तिको एउटा महत्वपूर्ण उपलब्धि समाजवादी शिक्षा व्यवस्था हो । समाजवादी शिक्षा भन्नेबित्तिकै उत्पादन–श्रमसँग जोडिएको निःशुल्क शिक्षा भन्ने बुझिन्छ । जस्तो शिक्षाबारे कम्युनिस्ट घोषणापत्रमा प्रस्ट भनिएको छ, “सबै केटाकेटीको निम्ति निःशुल्क सार्वजनिक शिक्षा र शिक्षालाई औद्योगिक उत्पादनसँग जोड्ने ।” शिक्षाबारे क्युवाली संविधान भन्छ, “शिक्षा राज्यकोे कर्तव्य हो र यो निःशुल्क हुन्छ । शिक्षा अध्ययन र जीवन, काम र उत्पादनसँगको गहिरो सम्बन्धमा आधारित हुन्छ । नयाँ पुस्तालाई कम्युनिस्ट तालिम दिनु शिक्षाको उद्देश्य हो ।” अध्ययनलाई कामसँग जोड्ने नीतिलाई क्युवाको शिक्षाको आधारशिला (कर्नर स्टोन) मानिन्छ ।
क्रान्तिपूर्व शिक्षाको अवस्था
क्युवाली क्रान्तिपूर्वको शैक्षिक स्थिति बुझ्न विश्व बैङ्कको एउटा प्रतिवेदनमा उल्लेख गरिएको एउटा तथ्य पर्याप्त हुन्छ । प्रतिवेदन भन्छ, “सन् १९५२ मा कोषको अभाव र सरकारी भ्रष्टाचारको कारण सार्वजनिक शिक्षा भत्ताभुङ्ग थियो,” (ब्रेइड्लिड, २००७) । क्रान्ति अगाडि गरिबको निम्ति प्रावि शिक्षा पाउनु पनि एउटा सपना हुन्थ्यो (जोन्स्टोन, १९९५) । त्यतिबेला क्युवाली विद्यालयमा प्रावि तहमा भर्ना हुने उमेरका केटाकेटीको प्रतिशत ल्याटिन अमेरिकाको तुलनामा कमै थियो (युनेस्को, १९६२) ।
क्युवाको शैक्षिक सफलता
सन् ९० को दशकमा रक्षा बजेट कटाएर शिक्षामा लगानी बढाएकोेमा युनिसेफबाट क्युवाको प्रशंसा भएको थियो । विश्वका १२५ देशको कुल गार्हस्थ उत्पादनमध्ये सबभन्दा बढी शिक्षामा लगानी गर्ने ५ वटा देशमध्ये क्युवा एक थियो । प्राथमिक तहमा पढाउने शिक्षकहरू शतप्रतिशत तालिमप्राप्त थिए । ल्याटिन अमेरिका एवम् क्यारेबियाली देशमा सबैभन्दा कम विद्यार्थी शिक्षक अनुपात क्युवामा थियो । विश्व बैङ्क (२०००) ले ‘क्युवाले उच्च विद्यालय भर्नादर मात्र होइन शिक्षाको गुणस्तर पनि उच्च बनाएको’ स्वीकारेको थियो । युनेस्को (२००६) ले ‘अन्तर्राष्ट्रिय साक्षरता कार्यक्रमको निम्ति युनेस्को पुरस्कार’ क्युवालाई नै प्रदान गरेको थियो ।
क्युवाले सन् २०१० मा कुल गार्हस्थ उत्पादनको १२.९ प्रतिशत शिक्षामा लगानी गरेको थियो तर पेरुले २.६ प्रतिशत, संरा अमेरिकाले ५.४ प्रतिशत, स्वीडेनले ७.३ प्रतिशतमात्र लगानी गरेको युनेस्कोको सन् २०१२ को प्रतिवेदनमा उल्लेख छ । क्युवाले सन् ९० को दशकको आर्थिक सङ्कटबाट पार पाउँदै क्रमशः शिक्षामा लगानी बढाएको तथ्याङ्क देखिन्छ । यसले सन् १९९८ मा कुल गार्हस्थ उत्पादनको ६.८ प्रतिशत शिक्षामा लगानी गरेको थियो भने सन् २००१ मा ८.७ प्रतिशत लगानी गरेको थियो ।
सन् २००४ मा क्युवाको प्रावि तहमा विद्यार्थी शिक्षक अनुपात १०.२४ थियो, संरा अमेरिकामा यो अनुपात १४.२१ थियो । ल्याटिन अमेरिकाका १२ वटा देशमध्ये क्युवाली प्रावि बालबालिका गणित र भाषामा सबभन्दा राम्रा छन् (युनेस्को, १९९८) । सन् २००८ मा गरिएको यस्तै परीक्षणमा तेस्रो र छैटौँ कक्षाका १६ विद्यार्थीले ल्याटिन अमेरिकी र क्यारेबियाली देशमध्ये सबभन्दा उत्कृष्ट नतिजा ल्याएका थिए (युनेस्को, २००८) ।
विश्व बैङ्कलाई गेस्पेरिनी (२०००) ले दिएको प्रतिवेदनमा उल्लेख गरिएको तथ्य पनि यहाँ सान्दर्भिक छ – “क्युवाली शिक्षाको रेकर्ड अतुलनीय छ । शतप्रतिशत विद्यालय भर्ना एवम् हाजिरी † सबैलाई प्रौढ शिक्षा † उच्च शिक्षादेखि सबै क्षेत्रमा समानुपातिक महिला प्रतिनिधित्व † खासगरी रसायनशास्त्र एवम् चिकित्साशास्त्रमा राम्रो वैज्ञानिक तालिमको बन्दोवस्त † गुणस्तरीय पढाइ† गरिब क्षेत्रलगायत ग्रामीण र सहरी क्षेत्रमा आधारभूत शैक्षिक अवसरमा समानता छ ।”
ल्याटिन अमेरिकामा ‘सबैलाई शिक्षा’ को सहस्राब्दी लक्ष्य पूरा गर्ने क्युवा एउटै मुलुक हो (युनेस्को) । फिडेल र चेको भनाइ छ – “क्रान्ति र शिक्षा उही हुन्… सिङ्गो समाज विशाल विद्यालय हुनुपर्छ ।”
क्युवाका सहयोगी हातहरू
क्युवाले उपनिवेशबाट मुक्त भएका देशहरूमा पनि शिक्षा र स्वास्थ्यउपचार सेवा पु¥याउँदै आएको छ । क्युवाको ‘हो, म सक्छु’ कार्यक्रम विश्वप्रसिद्ध छ । यो कार्यक्रमअन्तर्गत १५ देशका २३ लाख जनता अध्ययन गर्दै छन् । सन् २००३ देखि २००७ सम्ममा भेनेजुयलाका १५ लाख जनतालाई साक्षर बनाउन क्युवाले सहयोग ग¥यो । यसरी भेनेजुयला ल्याटिन अमेरिकामा क्युवापछि पूर्णतः साक्षर बन्न सफल भयो । क्युवा र भेनेजुयलाको सहयोगमा सन् २००८ मा बोलिभियाले निरक्षरता उन्मूलन ग¥यो । अल्वा सिद्धान्तअनुसार क्युवाले सन् २००७ को दस वर्षभित्रमा १ लाख ल्याटिन अमेरिकी एवम् क्यारेबियालीलाई चिकित्सा शिक्षा दियो ।
सन् १९६१ को साक्षरता अभियान
सन् १९५९ को क्रान्तिपछि बुद्धिजीवी र प्राविधिकमध्ये धेरैले देश छाडे । तत्कालीन जनसङ्ख्या ६० लाख थियो । जनसङ्ख्याको २६.३ प्रतिशत निरक्षर थिए जसमध्ये ४१.६ प्रतिशत ग्रामीण र ११.२ प्रतिशत सहरी जनसङ्ख्या थियो ।
सन् १९६० मा क्युवाका तत्कालीन प्रधानमन्त्री फिडेल क्यास्ट्रोले संयुक्त राष्ट्र सङ्घको महासभामा घोषणा गर्नुभएको थियोे, “अर्को वर्ष हरेक व्यक्तिलाई पढ्न र लेख्न सिकाउने महत्वाकाङ्क्षाकासाथ हाम्रा जनताले निरक्षरताविरुद्ध व्यापक युद्ध लड्दै छन् ।”
क्युवाले सन् १९६१ लाई ‘शिक्षा वर्ष’ घोषणा ग¥यो । २ लाख ५० हजार क्युवाली नागरिकले सो अभियानमा शिक्षकको रूपमा भाग लिए । साक्षरता अभियानमा १९ वर्ष मुनिका १ लाख युवा थिए । क्रान्तिकालमा चे ग्वेभारा र फिडेल क्यास्ट्रोले हिँड्नुभएको कठिन बाटोमा हिँड्न पाएकोमा साक्षरता कक्षाका स्वयम्सेवक खुसी थिए । साक्षरता अभियानको क्रममा ८ महिनासम्म देशभरका विद्यालय बन्द गरिएकोे थियो ।
फिडेलले भन्नुभएको थियो, “साक्षरता अभियानले प्रत्यक्षरूपमा गरिब जनतालाई फाइदा पु¥याउँदछ । निरक्षरता तिनीमाथिको साह्रै ठूलो अन्याय थियो र यसलाई क्रान्तिले सच्याउँदै छ । त्यतिमात्र होइन देशको निम्ति यो अपरिहार्य कुरा पनि हो । शिक्षाविना कुनै क्षेत्रको पनि विकास सम्भव छैन । क्रान्तिपछि बनाएको योजनाअनुसार विज्ञान र आर्थिक क्षेत्रमा प्रगति गर्ने हो भने शिक्षा अनिवार्य छ । गरिबी हटाउने र जनताको जीवनस्तर माथि उठाउने हो भने शिक्षा जरुरी छ ।” संयुक्त राष्ट्र सङ्घमा क्यास्ट्रोले भन्नुभएको थियो, ‘साम्राज्यवादीहरू १० वर्षको शैक्षिक योजना बनाउँछन् तर त्यो पूरा गर्न सक्दैनन् । क्युवाली क्रान्तिले एक वर्षमा यो योजना पूरा गरी देखाउनेछ ।”
नभन्दै ११ महिना लामो साक्षरता अभियानबाट निरक्षरता प्रतिशत २६.३ बाट ३.९ मा झ¥यो ।
समाजवादी स्वास्थ्य
आधा शदाब्दीदेखि विश्वको सर्वशक्तिमान मानिएको संरा अमेरिकाको कडा आर्थिक एवम् व्यापारिक नाकाबन्दी लागेको छ तर समाजवादी क्युवाको स्वास्थ्य व्यवस्था विश्वको उत्कृष्टतम मानिन्छ । जनस्वास्थ्यका सम्पूर्ण सूचकाङ्कमा क्युवा अब्बल देखिन्छ । प्रतिव्यक्ति आयको तुलनामा कता हो कता बढी भएको संरा अमेरिकालाई पनि जनस्वास्थ्यको क्षेत्रमा उछिन्ने हैसियत अरू कारणले बनेको होइन त्यस देशको समाजवादी स्वास्थ्य प्रणालीले गर्दा भएको हो । क्रान्ति अगाडि क्युवाको आयुदर न्यून र शिशु एवम् मातृ मृत्युदर उच्च थियो । ५० प्रतिशतभन्दा बढी चिकित्सक र ७० प्रतिशतभन्दा बढी सुविधा राजधानीकेन्द्रित थिए । औषधी उपचार ‘भाग्यमानी’ को निम्तिमात्र उपलब्ध थियो । २० प्रतिशत जनता औषधी उपचारबाट पूर्ण वञ्चित थिए । सफाइ सुविधा अपर्याप्त थियो । क्रान्तिपछि जनस्वास्थ्य क्षेत्रमा पनि आमूल परिवर्तन आयो । क्युवाली संविधानले स्वास्थ्य आधारभूत मानव अधिकार हो र यो राज्यको जिम्मेवारी हो भन्ने कुरा स्थापित गरेको छ । त्यहाँ निःशुल्क एवम् सुलभ स्वास्थ्यउपचारको सिद्धान्त लागु भयो । प्रत्येक नागरिकलाई पर्याप्त खानेकुराको बन्दोवस्त गरेपछि जनस्वास्थ्य सुरक्षामा ठूलो योगदान भयो । सहर एवम् गाउँका प्रत्येक बस्तीको सरसफाइमा व्यापक सुधार गरियो । जनताको आवासको निम्ति पर्याप्त घर निर्माण गरियो । स्वस्थकर घरले मानिसको स्वास्थ्य सुरक्षाको हक सुरक्षित बनायो ।
क्युवाली सरकार भन्छ, “औषधीले मात्र जनताको स्वास्थ्य सुधार गर्दैन ।” त्यहाँको स्वास्थ्य क्षेत्र सुधारमा शिक्षा, आवास र सामाजिक सुधार समावेश छन् । सुधारका निर्देशक सिद्धान्त रहेका छन्– सेवाको पहुँचमा समानता, स्वास्थ्यलाई वातावरणसँग जोड्ने, रोकथाम, उपचार र पुनःस्थापनालाई एकीकृत गर्ने र स्वास्थ्य अभियानमा समुदायको सहभागिता ।
क्युवालीको आयुदर ७८.५ छ, संरा अमेरिकाको भने ७८ वर्षमात्र छ । क्युवामा शिशुमृत्यु दर ४.२ मात्र छ । यो ल्याटिन अमेरिकामा सबभन्दा कम दर हो । त्यस्तै, मातृ मृत्युदर १ लाखमा ४५ जनामात्र छ । शतप्रतिशत शिशुको जन्म दक्ष चिकित्सकको उपस्थितिमा हुन्छ । १६५ जनताको निम्ति एक डाक्टर उपलब्ध छ । कुल गार्हस्थ उत्पादनको ६.४ प्रतिशत स्वास्थ्यमा खर्च गरिएको छ । ९९ प्रतिशत केटाकेटी १३ वटा विभिन्न रोगबाट सुरक्षित छन् । २१९ अस्पताल, ४९९ स्वास्थ्य केन्द्र, ३३५ आमा घर, १५६ आदर निकेतनको बन्दोवस्त गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनलगायत अन्तर्राष्ट्रिय विशेषज्ञहरूद्वारा क्युवाको स्वास्थ्य नीतिको प्रशंसा गरेको तथ्य पनि यहाँ उल्लेखनीय छ ।
क्युवामा ‘परिवार स्वास्थ्य कार्यक्रम’ सन् १९८० मा सुरु गरिएको थियो । विकेन्द्रीकरण गरी स्वास्थ्यउपचार सेवा जनस्तरमा पु¥याउने उद्देश्यअनुसार यो नीतिगत कार्यक्रम लागु गरिएको थियो । सहरको हरेक टोल (सीटी ब्लक) एवम् दुर्गम क्षेत्रमा डाक्टर र नर्सको समूह राखी समुदायसम्म चिकित्सा सेवा दिने बन्दोवस्त थालियो । यस कार्यक्रमअन्तर्गत १२० देखि १५० परिवारको निम्ति एक परिवार चिकित्सक र नर्स उपलब्ध गराइएको छ । ३२ हजार ५४८ परिवार डाक्टरबाट ९९.७ प्रतिशत जनता लाभान्वित भएका छन् ।
कम स्रोत र साधनमा आमजनताको घरघरमा स्वास्थ्यउपचार पु¥याउने र कोही पनि स्वास्थ्यउपचारको अधिकारबाट वञ्चित नहुने स्वास्थ्य प्रणाली समाजवादी क्युवाले विकास गरेको छ । उच्चस्तरका उपकरण हुँदैमा वा धेरै धनराशी खर्च गर्दैमा जनस्वास्थ्यस्तर अब्बल हुँदैन भन्ने क्युवाली अनुभव रहेको छ ।
महान् महिला
क्रान्ति अगाडि महिला पनि शोषण, दमन, सीमान्तीकरण एवम् यातनाको शिकार भएका थिए । वेश्यावृत्ति व्यापक थियो । महिला घरेलु हिंसापीडित थिए । तिनलाई सीमित अवसर उपलब्ध थियो । जिउन धेरै गा¥हो थियो । सन् १९५९ मा कुल श्रमशक्तिमा १२ प्रतिशत महिला सहभागी थिए ।
क्रान्तिपछि लैङ्गिक विभेदको समस्या समाधान हुनगयो । लैङ्गिक समानता र महिला अधिकार क्रान्तिको उद्देश्यसँग जोडिएका थिए । महिलामाथिको अन्याय कायम भएमा निष्पक्ष र भेदभावविहीन समाज बन्दैन । यसैलाई फिडेल क्यास्ट्रोले ‘क्रान्तिभित्रको क्रान्ति’ भन्नुभएको थियो ।
सन् १९५९ को क्रान्तिपछि क्युवाली महिला महासङ्घ सन् १९६० मा गठन भएको थियो । महासङ्घमा हाल ३० लाख सदस्य छन् । जम्मा महिला सङ्ख्याको ८० प्रतिशत यसमा संलग्न छन् । यसलाई क्युवामा सबभन्दा ठूलो जनसङ्गठन मानिन्छ भने ल्याटिन अमेरिकामा सबभन्दा ठूलो महिला सङ्गठनको रूपमा लिइन्छ ।
क्युवाली महिलाको समानता तह (इक्वेलिटी लेभल) ल्याटिन अमेरिकामध्ये उच्च स्थानमा र विश्वमा २९ औँ स्थानमा रहेको मानिन्छ । महिला आयुदर ८० छ भने महिला साक्षरता ९९ प्रतिशत छ । क्युवामा महिला प्राध्यापक र प्राविधिक मजदुर ६० प्रतिशत छन् । संसद्मा महिलाको सहभागिता ४३ प्रतिशत छ जुन विश्वमा तेस्रो हो । विश्वविद्यालयमा ६४ प्रतिशत महिलाको उपस्थितिले क्युवाली महिला राजनीतिकरूपमा पनि सक्रिय, सचेत र सङ्गठित छन् भन्ने प्रस्ट हुन्छ ।
क्युवाली स्वास्थ्य प्रणाली पनि महिलामैत्री छ । निःशुल्क स्वास्थ्य उपचारको बन्दोवस्त छ । मातृत्वसम्बन्धी बिदा ऐन (१९७४) अनुसार सुत्केरीलाई १८ हप्ताको तलबी बिदा दिइन्छ । बच्चा ढिलो जन्मेको अवस्थामा थप २ हप्ता बिदा लिने सुविधा दिएको छ । बिदापछि उही काममा फर्कन पाउने अधिकार सुनिश्चित छ भने ६० प्रतिशत तलब खानेगरी बच्चा १ वर्ष हुँदासम्मको लागि बिदाको सुविधा पनि छ । यो सुविधा बच्चाको आमा अथवा बुबाले लिन पाउँछन् । गर्भपतन र परिवार नियोजनको निम्ति शुल्क मिनाहा छ भने बच्चा जन्मिनुअघि र दूध खुवाउने परिपाटीमा विशेष जोड दिइएको छ । बच्चा जन्मिनुअघिको निम्ति ‘मातृघर’ को बन्दोवस्त छ । आधाभन्दा बढी डाक्टर महिला छन् । महिला स्वास्थ्यमा जोड दिएकै कारण आयुदर ८० पुगेको हो । सारमा, क्युवाली समाजवादी क्रान्तिबाट क्युवाली जनताले उत्कृष्ट शिक्षा र स्वास्थ्यको अधिकार पाएको पुष्टि हुन्छ । क्युवाली महिलाको स्थान विश्वमै उत्कृष्ट छ ।
कृषि क्रान्तिमा क्युवा
गत १५ वर्षमा क्युवाले सहरी कृषिमा विश्वमै सफल उदाहरण प्रस्तुत गरेको छ । हवाना सहरका २० लाखभन्दा बढी जनसङ्ख्यालाई खुवाउन सहरी कृषि प्रणाली सफल भएको छ ।
सन् २००७ मा क्युवाको कुल कृषिमा सहरी खेतीले १४.६ प्रतिशत ठाउँ ओगटेको थियो । महत्वपूर्ण कुरा सबैजसो सहरी खेती जैविक छ, रासायनिक मल तथा कुनै विषादी प्रयोग गरिँदैन ।
कृषि उत्पादन अधिकांश स्थानीय उपयोगको निम्ति गरिन्छ । परिणामतः विश्वमा उत्पादकदेखि उपभोक्तासम्मको दूरी सबैभन्दा छोटो क्युवामै भएको मानिन्छ ।
सन् १९८९ सम्म क्युवा ५७ प्रतिशत खाद्यवस्तुमा सोभियत सङ्घसँग निर्भर थियो । सोभियत सङ्घ विघटन भएपछि हवाना सहरका २२ लाख जनतालगायत सम्पूर्ण क्युवाली जनतालाई खुवाउन अत्यन्तै कठिन र विकराल स्थिति उत्पन्न भएको थियो ।
सन् १९९८ सम्ममा हवानामा मात्र राज्यद्वारा सञ्चालित ८ हजार बगैँचा बने र तिनले देशको ५० प्रतिशत तरकारी उत्पादन गरे । सन् २००८ मा राउल क्यास्ट्रोको नेतृत्व आएपछि कृषिमा अझ व्यापक सुधार गर्ने घोषणा गरिएको थियो ।
क्युवाको कृषिमा अर्को क्रान्ति भन्नु जैविक कीट नियन्त्रण (बायोलोजिकल पेस्ट म्यानेजमेन्ट) मा प्राप्त सफलता हो । क्युवा संसारको यस्तो एउटा देश हो, जहाँ जैविक कीट नियन्त्रण प्रणाली राष्ट्रिय तहमा लागु भएको छ ।
यसको अतिरिक्त क्युवामा १७३ गड्यौला मल बनाउने केन्द्र स्थापना भएका छन् । ती केन्द्रले वार्षिक ९३ हजार टन प्राङ्गारिक मल उत्पादन गर्छन् । साथै, जैविक मलको प्रयोगलाई उच्च प्राथमिकता दिइएको छ । यसरी जैविक प्रविधिको विकासले क्युवाली कृषिमा आशातित सुधार ल्याएको छ ।
नेपालले क्युवाबाट धेरै कुरा सिक्न सक्छ ।
Leave a Reply