विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
काबुल, २४ अगस्ट । अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिवान समुहले तोकिएको अगस्ट ३१ अघि नै आफ्ना सबै नागरिकलाई अफगानिस्तानबाहिर लगिसक्न समय दिएको छ । त्यस्तै त आफ्ना नागरिक र आफ्नो शासनकालमा सहायता गरेका अफगानीहरूको उद्धार गर्न हम्मेहम्मे भइरहेको संरा अमेरिकालाई तालिवानको यस्तो सूचनाले अझ हतास बनाएको छ । अहिले पनि दसौं हजारको सङ्ख्यामा काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धारको लागि भेला भएका सर्वसाधारणलाई अफगानिस्तान लान संरा अमेरिकालगायत नाटोसम्बद्ध विभिन्न देशलाई समस्या भइरहेको छ ।
संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले तोकिएको समयसीमा अगस्ट ३१ भन्दा समय बढाउनुपर्ने दबाबमा छन् भने बेलायतले यो विषयमा जी ७ समूहको मङ्गलबार बसेको भर्चुअल बैठकमा उठाएका छन् ।
दस दिनअघि अफगानिस्तानको राजधानी काबुलमा तालिवानले कब्जा जमाएपछि झण्डै ५० हजार विदेशी र अफगान नागरिकले हवाइमार्गबाट अफगानिस्तान छोडिसकेका छन् ।
अफगानिस्तान छोड्न चाहने अधिकांश मानिसहरूले तालिवानको शासन फेरि पनि अघिल्लो सन् १९९६–२००१ को कार्यकालजस्तै निर्मम र कडा हुने भयले देश छोड्न खोजेको बताइए पनि केही अफगान नागरिक भने सम्भावित अस्थिर राजनीतिक र लगातारको द्वन्द्वको कारण आजित भएर पनि आफ्ना सन्तान र आफ्नै भविष्यको लागि देश छोड्न खोेजिरहेका छन् । सन् २००१ मा संरा अमेरिका नेतृत्वको नाटो सेनाले अफगानिस्तानमा हमला गरेपछि त्यो देश लगातार हिंसात्मक द्वन्द्वमा छ । नाटो सेना अफगानिस्तान रहुञ्जेल कुनै न कुनै हिसाबले विदेशी सेनालाई सहायता मानिसहरू अहिले तालिवानको कोपभाजनमा पर्ने भयले पनि देश छोड्न खोजिरहेका छन् । आफ्ना सेनाको लागि भाषाअनुवाद र अन्य काममा रहेर सेवा गर्ने अफगानीलाई संरा अमेरिकाले शरण दिने वाचा गरेको छ ।
तालिवानहरूबीस वर्षअघि भन्दा फरक हुनसक्ने सकारात्मक अपेक्षाबीच केही नागरिकहरू भने बीस वर्षअघिका तालिवान र आजको तालिवानबीच किमार्थ भिन्नता नभएको भन्दै देश छोड्न आतुर छन् । “तालिवान बीस वर्षअघि जस्ता थिए, आज पनि उस्तै छन्”, महिला अधिकारकर्मी र अफगानिस्तानको ह्विलचेयर बास्केटबलका पूर्व कप्तान निलोफर बयातले भने । उनी अफगानिस्तानबाट अहिले स्पेन पुगेका छन् ।
अफगानिस्तानबाट आफ्ना र केही अफगानी नागरिकलाई बाहिर लाने सन्दर्भमा संरा अमेरिका वा बेलायतले समय थप्न चाहे त्यो मान्य नहुने तालिवानका प्रवक्ता सुशैल शाहिनले समाचारमाध्यमलाई सोमबार भनेका छन् ।
उनले तोकिएको समत्र्न्दा बढी विदेशी सेना बसे त्यसलाई ‘विस्तारित कब्जा’ को रूपमा लिने बताएका छन् ।
‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट
अमेरिकी गुप्तचर निकाय (सीआईए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्टन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ ।
अमेरिकी सङ्घीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ ।
एक हप्ताअघि अफगानिस्तानमा बीस वर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो । सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन । यस बैठकमा अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने अगस्त ३१ को समय सीमा विस्तार गर्ने विषयमा छलफल समावेश भएको हुनसक्ने ‘द वाशिङ्टन पोस्ट’ द्वारा सम्प्रेषित समाचारमा उल्लेख गरिएको छ ।
बाइडेन प्रशासनका सबैभन्दा विश्वस्त कूटनीतिज्ञ बन्र्सले विदेशी सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । झन्डै ११ वर्षअघि बारादरलाई सीआईएले संयुक्त अमेरिकी–पाकिस्तान मिशनमा गिरफ्तार गरेर आठ वर्षसम्म जेलमा राखेको थियो ।
Leave a Reply