भर्खरै :

भक्तपुर काण्ड : पञ्चायती व्यवस्थाको फासीवादी दमन

भक्तपुर, ९ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले भक्तपुर काण्ड निरङ्कुश पञ्चायती व्यवस्थाको फासीवादी दमन भएको बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी महिला सङघ, पाँचौँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिले आयोजना गरेको पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रममा बुधबार अध्यक्ष रोहितले भक्तपुर काण्ड नेमकिपाविरूद्धको षड्यन्त्रमात्र नभई विचार, वर्ग, जाति, भाषा र धर्मको विरोधमा गरिएको फासीवादी दमन पनि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “इटालीमा मुस्सोलिनीले कुलीन वर्गको शासन कायम गर्न एक देश, एक भाषा, एक पार्टीबाहेक सबैमाथि दमन ग¥यो, त्यस्तै जर्मनीमा हिटलर र नाजीहरूले शुद्ध आर्य रगत र जर्मन भाषीबाहेक सबैमाथि नृशंस दमन ग¥यो । नेपालमा पञ्चायती शासकहरूले एक देश र एक राष्ट्रियताको नाममा दमन गरेका थिए ।”
पञ्चायती व्यवस्थाविरूद्ध नेमकिपाको सङ्घर्ष र नेमकिपाविरूद्धको पञ्चायती षड्यन्त्र वर्गीय र राजनीतिक सङ्घर्ष भएको उहाँले बताउनुभयो ।
भक्तपुर काण्डको क्रममा प्रहरी प्रशासनले नेमकिपाका नेता–कार्यकर्ताहरूको घरघरबाट उठाएको सम्पत्ति र पुस्तक फिर्ता गर्न माग गरिरहेको तर पञ्चायत पछिका कुनै पनि सरकारले त्यो माग पूरा नगरेको उल्लेख गर्दै उहाँले पञ्चायती व्यवस्था अन्त भयो तर पञ्चायतको विचार र प्रवृत्ति अहिले पञ्चहरूलाई आफ्नो पार्टीमा भित्र्याएका नेका, एमाले, माओवादी केन्द्रलगायत पार्टीहरूमा देखिएको बताउनुभयो ।
देशका कर्मचारी, प्रहरी र सेनालाई प्रजातान्त्रिक विचारले प्रशिक्षण नदिए देशमा पुनः फासीवादी प्रवृत्ति मौलाउने औँल्याउँदै अध्यक्ष बिजुक्छेँले शासक पार्टीहरूले संरक्षण र बढावा दिइरहेको फासीवादी विचारले भोलि ती पार्टीहरू पनि बच्न सक्नेछैनन् भन्नुभयो ।
नेमकिपाका कार्यकर्ताहरूलाई भोलिका दिनमा पनि फासीवादी शासकहरूले पार्टी र नेपाली जनताविरूद्ध षड्यन्त्र रच्न सक्ने र भक्तपुर काण्डको बेलामा भन्दा धेरै दुःखदायी स्थिति आउनसक्नेप्रति सचेत गराउँदै बिजुक्छेंले त्यस्तो स्थितिको सामना गर्न तयार रहन भन्नुभयो ।
अध्यक्ष रोहितले एमसीसीमार्फत् नेपालमा अमेरिकी सेना ल्याउने र छिमेकी देश चीनविरूद्ध लडाइँको स्थिति निम्त्याएर देशको स्वाधीनता रक्षाको माग गर्ने नेपाली जनतामाथि दमन हुनसक्ने उल्लेख गर्नुभयो ।
पत्रकार समाज नेपालका पूर्वअध्यक्ष लक्ष्मणराज जोशीले नेमकिसंले पञ्चायती व्यवस्थाविरूद्ध गरिरहेको राजनीतिक सङ्घर्ष र देश तथा जनताको इमानदारीपूर्वक सेवाबाट तर्सेर एकजना पञ्चलाई बलीको बोको बनाई राज्य आतङ्क मच्चाएको थियो भन्नुभयो ।
नेमकिपाको सिद्धान्तनिष्ठता, शोषित पीडित जनताप्रतिको अविचलित आस्था नै पञ्चायती शासकहरूको आँखामा बिझेको उहाँले बताउनुभयो ।
बाग्मती प्रदेश सांसद सृजना सैँजूले लेनिनवादी नीतिअनुसार पञ्चायतको उपयोग गरेको हुनाले नै नेमकिपाको समूल नष्ट गर्ने नियतले भक्तपुर काण्डको षड्यन्त्र रचिएको भन्नुभयो ।
‘मजदुर’ दैनिकका प्रकाशक एवं सम्पादक उद्धव सुजखूले पञ्चायती शासकहरूले भक्तपुर काण्डको क्रममा श्वेत आतङ्क मच्चाएर नेमकिपाका नेता कार्यकर्तालाई मात्र नभई धेरै सर्वसाधारणलाई पनि यातना र दुःख–कष्ट दिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष कमलमैया सुवालले भक्तपुर काण्डको क्रममा पञ्चायती पुलिस र सुराकीले नेमकिपाका नेता कार्यकर्ताहरूको घरमामात्र नभई सर्वसाधारण जनताको घर–घरमा आतङ्क मच्चाएको हुँदा महिलाहरूले प्रहरी आतङ्कको प्रतिकार गरेको बताउनुभयो ।
एकपक्षीय पक्षपातपूर्ण सरजमिनविरूद्ध भक्तपुरका महिलाहरूले ऐतिहासिक विरोध जुलुस तथा चोक–चोकमा कोणसभा गरेको र त्यसले पञ्चायती व्यवस्थाविरूद्ध आन्दोलनका लागि ऊर्जा थपेको उहाँले बताउनुभयो ।
कार्यक्रममा डा. राजुभाइ त्यात, शिक्षक विश्वराम प्रजापति, शिक्षिका सीतालक्ष्मी प्रजापति, धर्मलक्ष्मी लघु, ज्योतिकिरण बासुकला र निर्मला प्रजापतिले भक्तपुर काण्ड र पञ्चायती राज्य आतङ्कविरूद्धको सङ्घर्षको संस्मरण सुनाउनुभयो ।
प्राध्यापक–शिक्षकको प्रवचन
नेपाल प्राध्यापक समाज र नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी मावि÷कलेज एकाइ समितिको संयुक्त आयोजनामा भक्तपुर काण्डको भत्र्सनामा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर काण्ड देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने पार्टीलाई सखाप पार्न रचिएको षड्यन्त्र भएको बताउनुभयो ।
समसामयिक राजनीतिक परिस्थितिबारे उहाँले भन्नुभयो, “अहिले ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिमा अराजकता ल्याउनेछ । यो अप्रजातान्त्रिक कदम हो ।”
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर जनताको सेवा गर्ने नेमकिपाको सिद्धान्त र व्यवहार नै भक्तपुर काण्डको कारण हो भन्नुभयो ।
सङ्कटको बेला रगतको नाता भएका आफ्ना मान्छेले साथ नदिएको तर भावनात्मक सम्बन्ध भएका साथीहरूले साथ दिएको स्मरण गर्दै उहाँले भक्तपुर काण्डबाट सिकेको अनुभव पार्टीको लागि ठूलो राजनीतिक पुँजी भएको बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य तथा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले भक्तपुर काण्ड हुनुको पृष्ठभूमि र घटनाक्रमबारे चर्चा गर्नुभयो ।
नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी एकाइ समितिका अध्यक्ष विश्वेश्वर मानन्धर र सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
व्यासीमा भेला
नेमकिपा, भक्तपुर नपा–२ को आयोजनामा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ (२०४५ भदौ ९) को विरुद्धमा विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले मोहियानी हक, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, सुस्तामा भारतीय थिचोमिचो र अमेरिकी विस्तारवादको विरोधमा नेमकिपाले गरिरहेको गतिविधि पञ्चायती सरकारलाई सह्य नभएको हुँदा पञ्चायती राज्यले षड्यन्त्र गरेको बताउनुभयो ।
नेमकिपाका ६७ जना नेता तथा कार्यकर्तालाई झूटा मुद्दा लगाई पञ्चायती सामन्तहरूले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई रातारात पक्राउ गरेर सताएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समिति अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुर काण्डको समयमा भूमिगत बस्दाको अनुभव सुनाउनुभयो ।
नेपाल कर्मचारी समाज केन्द्रीय समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपाले देश र जनताको इमानदारीका साथ सेवा गरेकोले भक्तपुर काण्ड रचिएको हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भनपा–२ का अध्यक्ष रत्नकाजी नात्ररिले ‘भक्तपुर काण्ड’को संस्मरणबारे बताउनुभएको थियो ।
कालीकोट
नेमकिपा जिल्ला समिति कालीकोटको आयोजनामा भक्तपुर काण्डको विरोध एवं भत्र्सना मा बुधबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले २०४५ साल भदौ ९ गते तत्कालीन पञ्चायती राज्यस्तरबाट रचित भक्तपुर काण्ड नेमकिपालाई समाप्त गर्ने उद्देश्यले रचिएको षड्यन्त्र हो भन्नुभयो ।
भदौ ९ को दिनलाई नेमकिपाले हरेक वर्ष कालो दिनको रूपमा लिइँदै आएको उल्लेख गर्दै उहाँले पञ्चायती तत्वहरू अझै पनि विभिन्न राजनीतिक दलहरूमार्फत सक्रिय रहेको हुँदा त्यस्ता कार्यबाट सजग रहन भक्तपुर काण्डबाट शिक्षा लिनुपर्ने र नयाँ पुस्तालाई यसबारे प्रशिक्षित गर्दै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा कालीकोटका सचिव खड्गराज शाहीले नेमकिपाका कार्यकर्ता र समर्थकहरूलाई विभिन्न लोभलालच देखाउँदै, झुटा आश्वासन बाँड्दै, पद–पैसाको लोभ देखाउँदै नेमकिपाको सङ्गठन भाँड्न शासक दलहरू सक्रिय रहेको हुँदा अझ चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रत्ना भण्डारी, धनञ्जय अधिकारीलगायतले बोल्नुभएको थियो ।
त्यस्तै कालीकोटको तिलागुफा वडा नं. ३ वडा समितिको आयोजनामा फोइमहादेवमा कालो दिवस कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा दसौँ कालीकोट जिल्ला सम्मेलन तयारी समिति कालीकोटका अध्यक्ष नवराज कोइरालाले नेमकिसंले पञ्चायतलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको कारण तत्कालीन पञ्चायती शासकले राजनीतिक प्रतिशोध लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर काण्डबाट हामीले शिक्षा लिँदै प्रतिक्रियावादीसँग लड्न सिक्नुपर्छ ।”
नेक्राशिसङ्घ कालीकोटका अध्यक्ष नरदीप शाहीले पुँजीवादी पार्टीहरू नेमकिपाविरूद्ध सक्रिय रहेकाले नेता तथा कार्यकर्ताहरू चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा तिलागुफा नपा वडा नं. ३ का वडाध्यक्ष सूर्यबहादुर शाही, नेक्राशिसङ्घ कालीकोटका जिल्ला सदस्य धर्मदत्त पाण्डे, तिलागुफा नपा वडा नं. ३ का पार्टी वडा समिति अध्यक्ष बमबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
बाल विकासमा विचार गोष्ठी
भक्तपुर काण्डको विरोध एवम् भत्र्सना गर्दै बालविकास स्कूलमा शुक्रबार विचार गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले २०४५ सालमा निरङ्कुश निर्दलीय पञ्चायती राज्य सत्ताले नेमकिपाको जनप्रिय काम देखेर आफ्नो सत्ता गुम्ने डरले नेमकिपालाई समुल नष्ट गर्न राज्यस्तरबाटै षड्यन्त्र रचे पनि पञ्चायत आफूले खनेको खाल्डोमा आफै परेको बताउनुभयो ।
उहाँले प्रतिक्रियावादीहरू सधैँ षड्यन्त्रका तानाबाना बुन्न तल्लीन रहने भएकाले नयाँ पुस्ता सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
कामदार वर्गका जनताको एकताले मात्र प्रतिक्रियावादी राज्यसत्ताको षड्यन्त्रलाई सजिलै चिर्न सकिने धारणा राख्दै उहाँले शिक्षक शिक्षिकाहरूले समाजमा अरूलाई सुसूचित बनाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा शिक्षिकाहरू सीतालक्ष्मी प्रजापति, सुलोचना छ्वाजू, गंगा वैद्य र सुशिला लवजूले ‘भक्तपुर काण्ड’ बारे आ–आफ्नो धारणा राख्नुभयो ।
काभ्रेमा प्रशिक्षण
भक्तपुर काण्डको भत्र्सना गर्दै नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले प्रतिक्रियावादीहरूले आफ्नो चिहान आफै खन्छन् भन्नुभयो ।
२०४५ साल भदौ ९ गते तत्कालीन नेमकिसंका नेता कार्यकर्ताहरूलाई पक्राउ गरेर ‘फाँसी दे’ भन्ने षड्यन्त्रकारी पञ्चायत आफै अन्त्य भएको उहाँले चर्चा गर्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले नेमकिपाले देश र जनताको सेवा पञ्चायती शासकहरूलाई असह्य भएर षड्यन्त्रपूर्वक भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले चाणक्य नीतिअनुरूप पञ्चायती व्यवस्थाले नेमकिपाविरूद्ध षड्यन्त्र गरे पनि परिणाम विपरीत हुनु नराम्रो कामको राम्रो परिणाम हो भन्नुभयो ।
कार्यक्रममा पुण्यशोभा श्रेष्ठ, लक्ष्मीराम न्हुछेप्रधान, पूर्णसिं तामाङ, भोला खरेललगायतले बोल्नुभएको थियो ।
चन्द्रागिरीमा अन्तरक्रिया
नेमकिपा चन्द्रागिरी नगर समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवं भत्र्सना तथा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाकोे अध्ययन गोष्ठी अनलाइनमार्फत सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर काण्डको विरोध एवं भत्र्सना गर्दै नेमकिपालाई समूल नष्ट गर्न खोज्ने पञ्चायती व्यवस्था आफै समाप्त भएको बताउनुभयो । सिद्धान्त र विचारमा अडिग पार्टी जस्तोसुकै षड्यन्त्रदेखि डराउँदैन भन्ने शिक्षा नेमकिपाले दिएको स्मरण उहाँले गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य नारायण महर्जनले पुँजीवादमा जनता गरिब हुने र धनी झन्झन् धनी हुने भएकोले समाजवादको आवश्यकताबारे प्रस्ट पार्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विश्वक डंगोल, रकेश डंगोल हरिशरण श्रेष्ठ, रामचन्द्र महर्जन, चण्डेश्वरी महर्जन, बन्दना महर्जन, रत्ना डंगोल, सुनिल महर्जनलगायतले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाका विभिन्न आलेखहरूबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *