भर्खरै :

सुर्खेतमा कालो दिवस

सुर्खेत, १० भदौ । भक्तपुर काण्ड (कालो दिवस) को भत्र्सना गर्दै नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरूङले नेमकिपालाई समुल नष्ट गर्ने उद्देश्यले २०४५ सालमा रचिएको राज्यस्तरको षड्यन्त्रकै कारण पञ्चायती व्यवस्था आफै समाप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिकूल अवस्थामा पार्टी जोगाउन नेपाल क्रान्तिकारी महिला सङ्घका साथीहरूले खेलेको ऐतिहासिक भूमिका महत्वपूर्ण थियो ।” नेमकिपा सुर्खेतका अध्यक्ष
हरिबहादुर बोहराले पार्टीले गरेको सङ्घर्षको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेमकिपा सुर्खेतका उपाध्यक्ष प्रेमकुमार थापाले भक्तपुर काण्डबाट पाठ सिक्नुपर्ने र भेरी कर्णालीमा पनि हिजोका पुराना कार्यकर्ताले गरेको सङ्घर्ष र योगदानको समिक्षा आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सदस्य ऐनबहादुर शाही, नेक्रामजदुर सङ्घका केन्द्रीय सदस्य अक्कल बहादुर राना, नेक्राशिसङ्घका केन्द्रीय सदस्य हस्तबहादुर गुरूङ ,पर्व कार्की, लालबहादुर थापा, शेरबहादुर शाही र गोविन्दनाथ योगीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *