विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
काठमाडौँ, १० भदौ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महाकाली नदीमा बेपत्ता पारिएका दार्चुलाका जयसिंह धामी र कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएका किशोरी निर्मला पन्तबारे सत्य तथ्य सार्वजनिक गर्नेबारे र बढ्दो कालाबजारी एवम् रिलेबलिङ्ग नियन्त्रणबारे बिहीबार छलफल भयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रम शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, माओवादी नेता पुष्पकमल दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरसँगकोे नेपाल भ्रमणमा रहेका भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवालेको भेटमा भारतीय एसएसबीद्वारा तुइन काटिँदा दार्चुलाका धामी महाकाली नदीमा बेपत्ता भएको विषय उठे नउठेको बारे गृहमन्त्री खाणसँग जिज्ञासा राख्नुभयो ।
जनताको विरोधलाई मत्थर पार्नेतर्फ छानबिन समिति लक्षित हुन नहुने र धामीको बेपत्ताबारे छानबिन गर्न गठित समितिलाई भारत सरकारको तर्फबाट सहयोग नभएको बारे जिज्ञासा राख्दै सांसद सुवालले २०४६ सालको जनआन्दोलन दबाउने र २०५८ पछिको प्रतिगमनविरोधी जनआन्दोलनलाई दबाउनेविरूद्ध छानबिन समिति गठन भए पनि कारबाही नभएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले थप्नुभयो, “अघिल्ला सरकारहरूले तुइन हटाउने प्रतिबद्धता गरेजस्तै देउवा सरकारले पनि तुइन हटाउन आदेश गरे । आदेश नै सबथोक भए धामीको दार्चुलाको महाकाली नदी खण्डमा बेपत्ता हुने थिएन । प्रम, मन्त्री, सचिव र उच्च अधिकारीहरूको ध्यान तुइन हटाउनेभन्दा पनि काठमाडौँमा घर–जग्गा किन्नेमा केन्द्रित छ । आफ्नै सदरमुकाम खलङ्गा पुग्न दार्चुलावासीले विदेशी भूमि कहिलेसम्म प्रयोग गर्नुपर्ने हुन्छ ?”
किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विषय तीन वर्षसम्म छानबिनमै भएको उल्लेख गर्दै सांसद सुवालले गृहमन्त्री र प्रशासनका मुख्य मुख्य अधिकारीहरूसँग सम्बन्धित मुद्दामा मात्र प्रशासन एवम् प्रहरी तदारूक हुने र सर्वसाधारण जनताको पीरमर्कालाई बेवास्ता गरिने जनगुनासोतर्फ गृहमन्त्री खाणको ध्यानाकर्षण गराउनुभयो ।
“भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीको घरमा दिनदहाडै चोरी भएको नगद र गहनासहित चोर पक्राउ भएको तीन वर्ष भयो तर नगद र गहना अहिलेसम्म फिर्ता भएको छैन”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
बजार अनुगमनमा तदारूक भएको सबै सरकारले दाबी गरे पनि खाद्यान्नमा मिसावट, कालोबजारी, रिलेबलिङ्ग बढिरहेको उल्लेख गर्दै सांसद सुवालले शासक दलहरूको सडक प्रदर्शनमा भिडभाड भएपछि पर्व–मेलामा मानिस जम्मा हुन थालेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको सदरमुकाम खलङ्गा पुग्न तुइन तरेका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएपछि सांसदहरूले धामी महाकाली नदीमा खसेको होइन, एसएसबीद्वारा तुइन काटिदिँदा महाकाली नदीमा बेपत्ता भएको विषयलाई तोडमरोड नगर्न गृहमन्त्री खाणलाई सचेत गराउनुभयो ।
गृहमन्त्री खाणले दार्चुलाका सहायक प्रजिअ ज्योत्सना भट्ट आफन्तको उपचारमा दिल्ली गएको हुँदा प्रतिवेदन ढिलो भएको उल्लेख गर्दै नेपाली भूमिबाट खलङ्गा पुग्न दिनभरि लाग्ने भएकोले दार्चुलावासी जोखिम लिएर तुइन तरिरहेको बताउनुभयो ।
निर्मला पन्तको बलात्कारपछि हत्याबारे गृहमन्त्री खाणले छानबिनमै रहेको तर दोषीलाई कारबाही गर्न सक्षम हुने बताउनुभयो ।
कोभिड–१९ महामारी र चाड पर्वको फाइदा उठाएर कालाबजारी र बढिरहेको रिलेबलिङ्गलाई नियन्त्रण गर्न सकिने उल्लेख गर्दै गृहमन्त्री खाणले नियन्त्रणका उपाय अपनाउँदा पनि पर्व मेलामा भिड बढेको बताउनुभयो ।
गृहसचिव टेकनारायण पाण्डेले सीमानाका (भारत ?) बाट गुणस्तरहीन खाद्यान्न आयात भइरहेको र चाडपर्वमा झन् बढ्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग सम्बन्धित कागजात केन्द्रीयस्तरमा अध्ययन भइरहेको उल्लेख गर्दै म्याद नाघेका वस्तु आयात भई रिलेबलिङ्ग भइरहेको उल्लेख गर्नुभयो र सो रोकथामको लागि प्रहरी परिचालन भइरहेको बताउनुभयो ।
एमालेका सांसद लालबाबु पण्डितले जयसिंह धामीको हत्या नै भएको उल्लेख गर्नुभयो भने नेकाका सांसद देवेन्द्र कँडेलले निर्मला पन्तको हत्यापछि बलात्कारबारे त्यसबेलाका सुरक्षा निकायबारे प्रश्न उठेको बताउनुभयो ।
माओवादीका सांसद यशोदा सुवेदीले धामी तुइन तर्दा खसेको नभई खसालिएको उल्लेख गर्नुभयो भने नेकाका सांसद अमरेशकुमार सिंहले नेता (शासक पार्टीका ?), तस्कर, व्यापारीमा फरक नभएको, घुमुवा प्रहरीमार्फत रकम असुली भइरहेको बताउनुभयो ।
समितिले धामीको महाकाली नदीमा बेपत्ता पारिएको बारे कूटनीतिक पहल गरी दोषीलाई कारबाही गर्ने निर्देशनलाई गृहको तर्फबाट आपत्ति व्यक्त गरिँदा संशोधन निर्देशनमा थोरै संशोधन गरिएको थियो ।
Leave a Reply