भर्खरै :

२०४५ भदौ ९ – अविस्मरणीय सम्झना

जीवनको तीता र मिठा कुरा सम्झिँदा मेरो जीवनको सबैभन्दा तीता कुरा २०४५ सालको भाद्रमा गएको भूकम्प र भाद्र ९ को कालो दिन २०४५ साल नै भन्ने लाग्छ ।
हुन त २०७२ सालमा ०४५ सालमा भन्दा बढी धनजनको क्षति पुग्ने भूकम्प गयो तर मेरो मनमा क्षति २०४५ सालमा नै बढी भयो । मेरो बालमस्तिष्कमा भूकम्पले पारेको प्रभाव केही अझै याद छ । छिमेकीको घरमा दिदीहरूसँगै प्रौढ कक्षामा जान्थेँ । सङ्गठनको केही कुरा त्यहाँ हुन्थ्यो । प्रौढ शब्दको अर्थ मलाई थाहा थिएन । तर, ती कक्षा सङ्गठनको गतिविधि थियो भनी पछि मात्र थाहा भयो । दाइहरूले त्यहाँ विद्यालयको पुस्तकमा पढ्न नपाइने कथा र गीतहरू सुनाउँदा रमाइलो लाग्थ्यो ।
त्यहाँ अक्षर लेखपढ गर्न सिकाउनुका साथै लु–सुनका निबन्धहरू, मेक्सिम गोर्कीको आमा उपन्यास तथा महिलाहरूलाई उत्साहित गर्ने क्रान्तिकारी कथाहरू सुनाइन्थ्यो । त्यस्तै ल्यु–हुलानको कथा, पर्यवेक्षण चौकी नं ३ जस्ता बालकथा एवं हो–चि–मिन्हका साहसिक कथा आदिबारे छलफल भएको अझै स्मरणमा आउँछ । त्यस्तै रूस र चीनका युद्धहरूबारे चोटा बैठकहरूमा बताइन्थ्यो । देश विदेशका मात्र होइन, हाम्रो देशको परिस्थिति, राजधानीको कुरा, जुम्ला हुम्लाका कुराहरू पनि बताइन्थ्यो । तर, सबै विदेशका कुराझैँ लागे पनि घटनाबारे चाख राखेर सुन्थेँ । सङ्गठनका ती गतिविधि प्रस्ट हुँदै गयो ।
यी सबै निमुखा जनतालाई शिक्षित पार्न र निरङ्कुश सरकारविरोधी ज्ञान दिइने कक्षाहरू थिए । त्यसैले त्यसबेलाको निरङ्कुश सरकारले यहाँका जनता शिक्षित होलान् भन्ने डरले अनेक जालझेल गथ्र्यो ।
आजको यस कार्यक्रममा भक्तपुर काण्डसँग सम्बन्धित केही अनुभवहरू यहाँ राख्न चाहन्छु । भाद्र ५ गतेको भूकम्पले भत्काएको घरका छरपस्ट सामानहरू मिलाउने काम गरिरहेका थियौँ । राहत वितरणमा धाँधली गरेका कर्ण ह्योजूलाई घुमाउन ल्यायो भन्ने सुन्नेबित्तिकै सबैजना सूर्यमढी पुग्यौँ । भिड च्याम्हासिंहतिर लाग्यो । धेरै बेरपछि पुनः सोही बाटो भएर दत्तात्रयतिर लाग्यो ।
साँझ सुनिल दाइले भन्नुभयो, “निकम्मा प्रशासनले जनतालाई सा¥है दुःख दियो । भोलि नगरपालिकामा गएर जनताका समस्या र जनतामाथिको अत्याचारबारे राम्ररी छलफल गर्नुपर्छ ।” उहाँ त्यतिबेला भनपा वडा नं २ को वडाध्यक्ष हुनुहुन्थ्यो । तर, राति ३ बजे नै प्रहरीको हुल घरमा जबरजस्ती पस्यो । दाइलाई बैठकका लागि लिन आएको भने । “बैठक भोलि बिहान नहुने हो र ?’ आमा र भाउजूले भन्नुभयो । “जरूरी भयो होला” भन्दै दाइ जानुभयो । आमा रूनुभयो । दाइ भोलि आउनुहुन्छ भनी सम्झायौँ ।
भोलिपल्ट थाहा भयो, कर्ण ह्योजू त मरिसकेछ र हाम्रो दाइमात्र होइन धेरै जनप्रतिनिधिहरू र आदरणीय नारायणमान दाइलाई पनि प्रहरीले लगेको रहेछ । भोलिपल्ट सडकमा पञ्च ¥याली भयो । नारा सुनियो–‘हत्यारालाई फाँसी दे ¤’ ठूलै षड्यन्त्र भइसकेछ ¤
“अब ज्यानमारा भनेर लगेपछि जिन्दगीभर जेलमा बित्ने भयो”, “बुबा बित्नुभएको वर्ष दशा लागेको हो”, ‘धर्ममा विश्वास नगर्नेहरूलाई यस्तै हुन्छ ।”, “त्यसैले त सेतो लुगा लाएको बेला बाहिर हिँड्नु हुँदैन भनेको मान्दैन ¤” यस्तै यस्तै वचन छिमेकी भनिएकाबाट सुन्न मिल्यो ।
घरमा ३ महिनाको सुत्केरी भाउजू र पुरूषविहीन घर र थोरै भए पनि पढेकी या नेपाली बोल्नसम्म जानेकी म र यही नै हाम्रो घरको परिवेश थियो । दाइहरू सबै भक्तपुरकै हिरासतमा भएकाले अब दैनिक बिहान–बेलुका खाना दिन जाने र टाढाबाट दाइलाई देखिन्छ कि भनी कुर्ने कार्य मरो दैनिकी बन्यो । त्यहाँ पनि कति आमाहरू, दिदी भाउजूहरू जो खाना ल्याउनुहुन्थ्यो उहाँहरूलाई नेपाली भाषा बोल्न आउँदैनथ्यो । उनीहरूको लागि दोभाषेको काम गर्थेँ ।
केही दिनपछि दाइहरूलाई काठमाडौँ हनुमानढोकाको खोरमा सारिएको खबर आयो । काठमाडौंको बसपार्कमा पत्रपत्रिका बेच्नेहरू पत्रिकाका हेडलाइन ठुल्ठुलो स्वरले चिच्याएको स्मरणमै छ । आजको मुख्य समाचार ‘भक्तपुर काण्डमा ६७ जनालाई ज्यान मुद्दा दायर’, ‘रोहितलाई फाँसीको माग,’ ‘भक्तपुर अब जनप्रतिनिधिविहीन’ आदि । असह्य हुन्थ्यो तर, चुपचाप सुन्नेबाहेक अर्को उपाय थिएन ¤
विशेष अद्दालतको बयान
सधैँझैँ खाना लिएर हनुमानढोका पुगेको थिएँ । दाइले झ्यालबाट “आज हामीलाई सिंहदरबारमा लाँदै छ । तिमीहरू त्यहाँ जानू ।” भन्नुभयो । सिंहदरबार छिर्न नौ बजे अगाडि भए पास चाहिँदैन, पासविना छिर्न पाइँदैन । हामीले पास मिल्ने कुरै थाहा थिएन । त्यसैले ९ बजे नै हामी त्यहाँ भित्र गयौँ । कतिले किन भनेर सोधे । हामी दाइहरूको प्रतिक्षामा बस्यौँ । बल्ल दिउँसो १२ बजेतिर ल्याइयो तर उहाँहरूलाई कसैसित भेट्न र बोल्न दिइएन ।
धेरै बेर कुरेपछि न्यायाधीशको अगाडि बयान दिन लगाइयो । दाइहरू दुई जना हुनुहुन्थ्यो । दुबैले न्यायाधीशको अगाडि आफ्ना कुरा राख्दै आफ्नो शरीरको निलडामहरू लुगा फुकालेर देखाउँदा मैले आँसु थाम्न सकिनँ । प्रहरी अत्याचार सबैले महसुस गरे । सबैमा आक्रोश देखिन्थ्यो ।
बाटोमा जाग्राम
सानो छँदा सत्यनारायणको पूजा लगाएर बसिने जाग्राम कति रमाइलो हुन्थ्यो । तर २०४५ सालमा प्रहरीहरूले घर – घरमा दिने दुःख र पीडाको विरोधमा सबै महिलाहरू टोल – टोलमा बाटो र चोकमा रातभरी जाग्राम बस्थे । प्रहरीहरू ढोका फोर्दै घर – घरमा छिर्थे र माटोका भाँडाहरू फुटाउँथे र अन्य सामान फाली क्षति पु¥याउँथे त्यतिबेला । बसेको त्यो दैनिकको जाग्राम सत्यनारायणको पूजाबाट भन्दा सय गुणा धर्मको काम भएको अनुभव भयो । प्रहरी दमन र प्रहरी प्रशासनबाट नेमकिपाका कार्यकर्ताहरूको घरमा खानतलासी सुरू भयो । मेरो घर नजिकै बुद्धिकुमार गोसाई काकाको घरमा त २–४ पटक नै खानतलासी भन्दै धेरै पुस्तकहरू र तस्बिरहरू जफत गरेर लगेको याद अझै ताजा छ ।
राति राति घर – घरमा खानतलासी गर्ने, खोजेको व्यक्ति नभेटे बालकहरू भए पनि लाने र महिलाहरूलाई अमानवीय व्यवहार गर्नेजस्ता क्रियाकलाप हुनथालेपछि भक्तपुरका सम्पूर्णजसो ठाउँमा जाग्राम बस्ने अभियान सुरू भयो ।
बुबाको वार्षिकीको कुरा
बुबाको वार्षिकी नजिकै आइसकेकोले कतै निवेदन गरेर एक दिनको लागि दाइलाई घर ल्याउन मिल्ने कुरा सुन्नुभएछ आमाले । त्यही सिलसिलामा हामीले चिनेका एक वकिल तथा अलि जानेबुझेकासँग सल्लाह लिन जाँदा “हाम्रो कुरा नसुनेर भएको हो, अब कहिल्यै आउँदैन, कुन मुखले निवेदन गर्ने ? ज्यानमुद्दा लागिसक्यो’ भनेर आमालाई रूवाए ।
एक व्यक्तिले ‘अब उपरान्त यस्तो गर्दिनँ भन्न लगाउनु छोरालाई, त्यसो भए हामी छोडाइदिन्छौँ” जस्ता कुराले सपरिवारलाई दुःखी बनायो । यतिमात्र होइन, घरसँगैको एउटा केटा मान्छेले बरोबर तर्साउन आउँथ्यो । पुरूषविहीन हाम्रो घरमा अँध्यारोमा कौसीबाट आउने, अबेर राति घरमा आउने जस्ता शङ्कास्पद गतिविधिले हाम्रो परिवारमा मानसिक तनाव थपेको थियो । हामीलाई तर्साउन आएको वा गुप्तचरी गर्न आएको हुनुपथ्र्याे ।
विद्यालयको स्मरण
म पढेको वागीश्वरी माध्यमिक विद्यालयको प्रधानाध्यापकदेखि शिक्षकहरू सम्पूर्ण कोही गिरफ्तार हुनुभयो भने कोही भूमिगत हुनुभयो । तसर्थ, नयाँ प्रधानाध्यापक तथा शिक्षकहरू आए । हामी सम्पूर्ण विद्यार्थीहरूले “हामीलाई पुरानै शिक्षकहरू चाहिन्छ” भनेर विद्यालयदेखि सूर्यमढी हुँदै दतात्रयसम्म जुलुस ग¥यौँ । नयाँ शिक्षकहरूलाई हामीले बहिष्कार ग¥यौँ । कक्षा ९ मा लेखा विषय पढाउने शिक्षक नै एक महिनामा सात जना फेरिए । हाम्रा पुराना शिक्षकहरूले पनि अहिलेलाई उनीहरूबाटै पढिराख्ने सल्लाहअनुसार हामीले ती गतिविधि रोक्यौँ ।
सहयोगी भावना
बन्दी दाइहरूको घर – घरमा गई धान रोप्न र धान काट्न सङ्गठनकै साथीहरूले सहयोग गर्थे । हामी खुसी भयौँ । सङ्गठनले भित्रभित्रै काम गरिरहेको प्रस्ट अनुभव भयो । किसान कार्यकर्ता दाइहरूले आवश्यक सहयोग दिेने तथा सान्त्वना दिने काम बेलाबेलामा गर्नुभयो ।
जतिसुकै दमन भए पनि सङ्गठनको गतिविधि दिनप्रतिदिन बढ्न थाल्यो । ०४६ सालको जनआन्दोलनमा नेमकिपाको भूमिका सशक्त बन्यो । नेमकिपाको योगदान कसैको भन्दा कम थिएन । २०४५ सालको काण्ड र ०४६ सालको आन्दोलनले न्यायको जीत हुन्छ, जनताको जीत हुन्छ भन्ने साबित भयो ।
यस्तो घटना पुनः नहोला भन्न सकिन्न । तसर्थ सत्यको सधैँ साथ देऔँ । दृढ भएर लागौँ । “हामी यति थोरैले के गर्न सकिन्छ ¤” भन्ने नसोचौँ । थोपा थोपा मिलेर समुद्र बन्छ ।
पार्टीका केही दाइ–दिदीहरूको निर्देशनमा कामहरू गर्दै थियौँ । कहिलेकाहीँ राति पर्चा छर्ने काम मैले पनि गरेँ । त्यस्तो काममा मभन्दा पनि स्कूल नपढेका मेरी दिदीहरूले साहस देखाउनुहुन्थ्यो
२०४६ फागुन ८ मा सूर्यमढीबाट जुलुस गरेर टौमढी पुग्दा गोली चल्यो । त्यहीबाट जनआन्दोलनको रूपमा अगाडि बढ्यो । अन्ततः २०४६ साल चैत २६ गते नेपालमा पञ्चायती व्यवस्था हटेर बहुदलीय प्रजातन्त्रिक व्यवस्था स्थापना भयो ।
त्यसको दुई हप्तापछि २०४७ वैशाख ५ गते भक्तपुर कान्डका राजबन्दीहरू रिहा भए तब मात्र यहाँ परिवर्तन आएको अनुभव भयो । २०४७ वैशाख ६ गते जब टौमढीमा अभिनन्दन कार्यक्रम भयो तब बल्ल हाम्रो जीतको महसुस भयो । आन्दोलन गरेको र फल पाएको अनुभव भयो ।
त्यस्ता दमनका घटना पुनःदोहरिन सक्छ । उस्तै प्रकृति या प्रवृत्ति नभए पनि उद्देश्य उस्तै हुनेछ । तसर्थ सत्यको सधैँ साथ देऔैँ, सत्य र निष्ठाका लागि साहसी बनौँ । पुराना घटनाबाट सिकौँ, दुःख र दशा बाजा बजाएर आउँदैन तर भइहाले सामना गर्न कहिल्यै पछि नहटौँ । सुरुआत गर्न लाग्दा थोरैले गरेर के हुन्छ भनेर नसोचौँ किनभने थोपा थोपा पानीले समुद्र बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *