सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
संरा अमेरिकाको ब्राउन विश्वविद्यालयको वाटसन अन्तर्राष्ट्रिय तथा सार्वजनिक मामिला प्रतिष्ठानको युद्धको लागत परियोजनाअनुसार सन् २००१ देखि २०२१ को बीचमा अफगानिस्तानमा भएको युद्धमा संरा अमेरिकाले २.३ त्रिलियन (२३ खर्ब) अमेरिकी डलर खर्च ग¥यो । अमेरिकी स्वतन्त्र चिन्तन संस्था सुरक्षा नीति सुधार प्रतिष्ठान (एसपीआरआइ) का विज्ञहरूले अफगानिस्तानमा त्योभन्दा धेरै गुणा डलर खर्च भएको बताएका छन् । अमेरिकी करदाताहरूको यति ठुलो परिणामको पैसा कहाँ खर्च भयो ? यसको मूलभूत लाभ कसलाई भयो ? औसत अफगानी जनताले यो ठुलो रकमबाट कति फल प्राप्त गरे ?
एसपीआरआईले हालै अफगान युद्धमा सबभन्दा धेरै लाभ उठाउनेहरूको सूची सार्वजनिक ग¥यो । त्यसमा सबभन्दा माथि संरा अमेरिकाका चर्चित अमेरिकी कर्पोरेसनजस्तो लकहिड मार्टिन, रेथिओन, जनरल डाइनामिक, बोइङ र नर्थरोप ग्रुम्यानको नाम आएकोमा कोही पनि आश्चर्यमा परेको छैन ।
सन् २०११ मा विकिलिक्सका संस्थापक जुलियान असान्जले अफगानिस्तानमा अमेरिकी युद्धको मूल लक्ष्य भनेको ‘कुनै सफल युद्ध होइन, अन्त्यहीन युद्ध गर्नु हो …संरा अमेरिकी करदाताले तिरेको कर बहुराष्ट्रिय सुरक्षा क्षेत्रका अधिपतिहरूको हातमा पु¥याउनुभएको’ बताएका थिए ।
स्वीज पत्रिका Neue Wurcher Weitung मा पनि यस्तै विचार प्रकाशित भएको छ । त्यसमा भनिएको छ, अफगानिस्तानको पुनःनिर्माण संरा अमेरिकाको आधारभूत लक्ष्य कहिल्यै पनि भएन । अमेरिकी करदाताहरूको गोजीबाट खरबौँ डलर युद्धमा खर्च गरियो । तर, त्यसको एउटा सानो हिस्सामात्र देशको पुनःनिर्माणमा खर्च गरियो ।”
संरा अमेरिकी सिनेटर एलिजावेथ वारेनले पनि पेन्टागनको खर्चप्रति चिन्ता पोखिन् । उनले ठुला सैनिक व्यापारीहरूले अमेरिकी पैसाको केही अंश ‘आफ्नै शेयरको खरिद गर्न, उच्च मुनाफा र व्यवस्थापनको तलब’को नाममा खर्च गरिएको बताइन् । समयक्रममा सन् २०१५–२०१९ भित्र पाँच वटा सैनिक व्यापारी कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीइओ)को तलब ५० करोड अमेरिकी डलर पुगेको थियो । के यो भ्रष्टाचार थियो अथवा आधारभूत संस्थागत असफलता ?
आधिकारिक स्रोतअनुसार सन् २००१ यता स.रा. अमेरिकाले अफगानिस्तानको पुनःनिर्माणको लागि १ खर्ब १४ अर्बभन्दा बढी अमेरिकी डलर खर्च गरिसकेको छ । तर, त्यो पैसाको अधिकांश भाग अफगान सुरक्षा फौज बनाउने, प्रशासन सुधार, आर्थिक र सामाजिक विकास प्रवद्र्धन र अवैध लागुऔषधको रोकथामको नाममा निजी ठेकेदार र सरकारी पैसामा सञ्चालित कार्यक्रम र परियोजनाअन्तर्गत सञ्चालित गैरसरकारी सङ्गठनहरूको पोल्टामा गएको छ ।
सबभन्दा चरम र महँगो असफलता भनेको सन् २००२ को मेदेखि यो वर्षको मार्च महिनासम्म अफगान सेनाको तालिम र साधनसम्पन्न बनाउन, लागूऔषध कारोबारको रोकथाम, ‘शान्ति कायम गर्न (विद्रोहको प्रतिरोध) मा ८८ अर्ब ३० करोड अमेरिकी डलर खर्च थियो भन्ने कुरा अहिले देखिएको छ । सैनिक पराजयबाहेक अफगानिस्तान अझै पनि संसारको सबभन्दा ठुलो अफिम उत्पादक हो ।
करदाताको पैसा सही ढङ्गले प्रयोग नभएको आशङ्का गर्दै सन् २००८ मा संरा अमेरिकी संसदले विशेष ‘अफगानिस्तान पुनःनिर्माण विशेष अनुगमन प्राधिकरण’(सिगार) स्थापना गरेको थियो । अफगानिस्तानको पुनःनिर्माणको लागि सरकारी कामको परीक्षण र मूल्याङ्कन नै त्यसको मूल जिम्मेवारी थियो । त्यो प्राधिकरणको गतिविधि निरर्थक र सम्भवतः भ्रष्ट भएको अहिले प्रस्ट भएको छ ।
अगस्टमा सिगारले दिएको पछिल्लो प्रतिवेदन ‘हामीले के गर्नुपर्छ ः अफगानिस्तानको पुनःनिर्माणका बीस वर्ष’ को सार खिच्दै त्यसको महानिरीक्षक जोन एफ सोपकोले सबै कुरा ठीकठाक चलिरहेको छ र अफगानिस्तान मिसनमा निकै झिनामसिनामात्र जोखिम भएको बताए । सिगारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको अहिले प्रस्ट भइसकेको छ । त्यस अवस्थामा अमेरिकी करदाताहरूलाई यस्तो हुनु पछाडिको मूल दोष कसको र अब के गर्ने भन्ने प्रश्न गर्न पाउनु अधिकार हो ।
झन्डै सबै विज्ञहरू अफगानिस्तानबाट संरा अमेरिका फर्किनुले उसका भूराजनीतिक प्रतिस्पर्धी मुख्यतः रुस र चीनलाई लाभ भएकोमा विश्वास गर्छन् । अधिकांश मानिसहरू यी दुवै देशहरू अमेरिकी मिसनको असफलतामाथि फाइदा उठाइरहेको बताइरहेका छन् । यो विचारसँग म सहमत छैन । भुमण्डलीकरणको युगमा रुस र चीन तथा बाँकी विश्व कमजोर र आक्रामक अमेरिका होइन, अझ बलियो र आत्मविश्वासपूर्ण अमेरिका हेर्न चाहन्छ । अमेरिका कमजोर भएको हेर्ने कसैलाई चाहना छैन ।
विडम्बना ! यो महाशक्तिको पछिल्ला कार्यले संरा अमेरिका आफू बसेको हाँगा नै काटिरहेको देखिन्छ । बितेका २० वर्षमा अमेरिकाले ऐतिहासिक मूल्यका गल्तीहरू गरेका छन् । उसका गल्तीले संसारका विभिन्न भूभागमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । महत्वपूर्ण कुरा के हो भने यी गल्तीहरू कुनै बाह्य कारणले भएको होइन, बरु संरा अमेरिकाभित्रकै राजनीतिक सङ्गठनका गतिविधिको कारण भइरहेका छन् ।
वाशिङ्टनले यी घटनाबाट सही पाठ सिक्ने आशा गरौँ । अफगानिस्तान ईसापूर्व ४९ मा जुलियस सिजरले तरेको रुबिकन नदीजस्तै होस् । त्यो नदी तरेपछि सिजरले नयाँ युद्ध नीति बनाएको थियो जसले रोम साम्राज्यको उदय भएको थियो । अमेरिकी शासकहरू अब नयाँ अवस्थामा प्रवेश गरुन् जसले भविष्यमा आफ्नो भूमिबारे व्यवहारिक अवधारणा विकास गर्नुपर्ने उनीहरूले बुझ्नेछन्, स्वीकार्नेछन् र प्रयास पनि थाल्नेछन् ।
झन्डै दुई शताब्दीअघि फ्रान्सका इतिहासकार र राजनीतिक लेखक अलेक्साइ डी टोक्युभिल्लेले आफ्नो पुस्तक ‘डेमोक्रेसी इन अमेरिका (१८३५–१८४०)’ मा लेखेका छन्, “अमेरिकाको महानता कुनै अर्को देशबाट बढी प्रबुद्ध हुनुमा छैन बरु उसको आफ्नो गल्ती सुधार्न सक्ने क्षमतामा निहीत छ ।” अमेरिकाले आफ्ना गल्ती सच्याउनेमा म आशावादी छु । प्रश्न, त्यसको निम्ति अब कति समय लाग्छ भन्ने हो ।
लेखक कीर्गिस्तानका पूर्वप्रधानमन्त्री हुनुहुन्छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला
Leave a Reply