भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडौँ, २५ असार । विभिन्न बक्ताहरुले नेपालको कलासंस्कृति नै विश्वमा पहिचान राख्ने एक प्रमुख माध्यम भएकाले हाम्रा पुर्खाले हामीलाई छाडेर गएको कलासंस्कृतिको जगेर्ना गर्न युवावर्ग लाग्नुपर्नेमा जोडदिनुभएको छ ।
राष्ट्रिय योजना आयोग र नेपाल ललित कला क्याम्पसको संयुक्त तत्वाबधानमा आज आयोजित कला प्रदर्शनीमा उहाँहरुले नेवार समुदायको पौभा चित्र, विभिन्न विधाका चित्रहरु र हाल विकास भइरहेको आधुनिक चित्रकलाबाट मुलुकको पहिचानको जगेर्ना गर्न थप बल पुग्ने विचार व्यक्त गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले देशको विकासका लागि कलाको महत्वपूर्ण भमिका हुने बताउँदै देशको पहिचानलाई जीवन्त राख्ने यस पेशामा गम्भीर भई लाग्न कलाकारहरुलाई सुझाव दिनुभयो ।
आयोगका सदस्य प्रभु बुढाथोकीले कलाकारहरु स्वच्छन्द र स्वतन्त्र हुने बताउँदै हाम्रो सभ्यता झल्किने कला सिर्जनामा कलाकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कूलपति रागिनी उपाध्याय, ललितकला क्याम्पसका क्याम्पस प्रमूख रमेश पोखरेल तथा नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय तथा कलासमीक्षक मदन चित्रकारलगायतका बक्ताले कला क्षेत्रको विकासमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले अग्रज कलाकारहरु वत्सगोपाल बैद्य, शशिकला तिवारी, शशिविक्रम शाह, मदन चित्रकार, रागिनी उपाध्यायसहित ११ कलाकारलाई सम्मान गर्नुभएको थियो । रासस
Leave a Reply