सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
काराकस, ५ नोभेम्बर । भेनेजुयलाका एक जना उच्च अधिकारीले मेक्सिकोको राजधानी मेक्सिको सहरमा लामो समयदेखि चालु राजनीतिक सङ्कट समाधान गर्न सरकार र विपक्षीबीच चालु वार्तामा ‘आंशिक सहमति’ भएको सङ्केत गरेका छन् ।
“विशेषतः भेनेजुयलाका जनताको सेवासँग सम्बन्धित आंशिक सहमतिमा हामी मूलतः काम गरिरहेका छौं”, भेनेजुयलाको राष्ट्रिय सभाका सभापति जर्ज रोड्रिग्युजले भने । मेक्सिको सिटीमा उनले सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
तर, अधिकारीहरूले कस्तो खालको सहमति भएको हो खुलाएका छैनन् । त्यस्तै विपक्षी दलको प्रतिनिधिले भने ‘हालसम्म कुनै सहमति नभएको’ बताएका छन् ।
जुलाई महिनामा भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले तीन वटा अवस्थामा विपक्षीहरूसँग मेक्सिकोमा राजनीतिक वार्ता गर्ने बताएका थिए । विपक्षी खेमासामु उनले राखेका अवस्थाअन्तर्गत क) सबै सहभागी राजनीतिक शक्तिले हिंसात्मक गतिविधिको भत्र्सना गर्नुपर्ने, ख) भेनेजुयलाविरुद्ध संरा अमेरिका नेतृत्वमा थोपरिएका सबै नाकाबन्दी तत्काल फिर्ता गर्न माग गर्नुपर्ने र ग) अति दक्षिणपन्थी विपक्षी खेमाले भेनेजुयलाका सबै राज्यका निकायका प्राधिकार स्वीकार गर्नुपर्ने छन् ।
“‘भेनेजुयलाका जनताबाट खोसिएका, रोकिएका, चोरिएका र फिर्ता गरिएका’ सबै आर्थिक सुनिश्चितताप्रति सरकार ‘निकै गम्भीर’ छ”, रोड्रिग्युजले भने । उनले विपक्षी दलसँगको सम्झौताको लागि नाकाबन्दी पूर्ण रूपमा नभए पनि आंशिक रूपमा फिर्ता गर्न माडुरोले माग गरेको बताए ।
यसै साता विपक्षी खेमाका नेता ह्वान ग्वाइडोले तीन वर्षदेखिको चुनाव बहिष्कार नीति परिवर्तन गर्ने र नोभेम्बरमा हुने स्थानीय चुनावमा सहभागी बन्ने घोषणासँगै विपक्षी खेमाले आफ्नो नीति उल्टाएको छ ।
भेनेजुयलाको राष्ट्रिय निर्वाचन परिषद्ले चालु वार्ता देशको सार्वभौमिकता र स्वाधीनताको अभिव्यक्ति भएको बताएको छ ।
“संवाद, राजनीतिक समझदारी, शान्ति, विविधता र बहुपक्षताले यी वार्तालाई परिभाषित गर्छ”,भेनेजुयलाको राष्ट्रिय जीवनका ‘आधारभूत मूल्य’ भएको चर्चा गर्दै राष्ट्रिय निर्वाचन परिषद्ले आफ्नो वक्तव्यमा भनेको छ ।
सन् २०१९ को जनवरीमा त्यत्तिबेला विपक्षीको नियन्त्रणमा भएको राष्ट्रिय सभाका नेता ह्वान ग्वाइडोले सन् २०१८ मा माडुरोको पुनःनिर्वाचन अवैधानिक भएको दाबी गर्दै आफैलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि भेनेजुयला गहिरो राजनीतिक सङ्कटमा फसेको थियो । ह्वान ग्वाइडोलाई समर्थन गरेको संरा अमेरिकाले त्यत्तिबेला भेनेजुयलामाथि नाकाबन्दी थप गरेको थियो ।
हालैका वर्षमा सरकार र विपक्षी खेमाबीचको पटक पटकको वार्ता भेनेजुयलाको सङ्कट समाधान गर्न असफल भएको थियो ।
Leave a Reply