विदेशमा बस्ने छोराको कथा
- जेष्ठ २९, २०८३
बागलुङ, २६ असार । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गर्ने भएको छ ।
बागलुङको मूलपानी घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित पुरस्कारबाट लामिछाने पुरस्कृत हुन लाग्नुभएको हो ।
नगद रु १० हजार राशिको पुरस्कार यही असार २९ गते २०४ औँ भानुजयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । लामिछानेले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याएको योगदानस्वरुप पुरस्कार दिन लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो ।
पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्षसमेत रहनुभएका लामिछाने साहित्यिक क्षेत्रमा ‘गोर्खे साइँलो’ नामले परिचित हुनुहुन्छ । रासस
Leave a Reply