सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
ब्रिक्स देशहरू सेप्टेम्बर ९ मा भर्चुअल शिखर सम्मेलन भयो । बैठकको अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे । ब्रिक्सअन्तर्गत ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् । सघन विश्वव्यापी र क्षेत्रीय चुनौतीको समयमा यो बैठक बसेको हो ।
संसारभर कोभिड–१९ महामारीविरूद्धको लडाईँ चालु छ । सबैले आर्थिक पुनःनिर्माणमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । ब्रिक्सका तीन देशको प्रत्यक्ष क्षेत्रीय चासो भएको र चीनसँग त नै सीमा जोडिएको अफगानिस्तानको परिवर्तित अवस्थाले पनि थप विशेष सुरक्षा चासो तेर्र्साएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबारको शिखर बैठकमा अफगानिस्तानको मुद्दा पनि सामेल गरिएको बताएका छन् । उनले यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको तयारी बैठकमा भएको ‘संवाद र समन्वय’ प्रति ब्रिक्सको प्रतिबद्धताबारे पनि प्रकाश पारे ।
आर्थिक पुनःनिर्माणबारे रूसका व्यापार र उद्योग सहायक मन्त्री अलेक्सी ग्रुजदेभले भने, “महामारीले अर्थतन्त्रका सबै क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको कुरामा विवाद छैन । विश्वव्यापी व्यापार र सम्बन्धमा पनि त्यसले गम्भीर चुनौती तेर्साएको छ । सबै देशका अर्थतन्त्रलाई आपूर्ति सञ्जाल पुनः निर्माण गर्न र सम्बन्ध पुनःस्थापना गर्न बाध्य बनाएको छ ।”
कोभिड–१९ महामारीपछिको आर्थिक पुनःनिर्माण कोरोना भाइरसको खोप अभियान र भाइरस रोकथाम तथा नियन्त्रणको उपायमा आंशिकरूपमा निर्भर छ । ब्रिक्समा आबद्ध देशहरूमध्ये चीन र रूस आफैले बनाएका खोपका साथै भारतमा ठूलो परिमाणमा उत्पादित खोपले ब्रिक्स देशहरूका खोप अभियानमा नेतृत्वदायी भूमिका खेलिरहेको छ । यसैको आधारमा ग्रुजदेभले ब्रिक्स देशको खोज अनुसन्धानले ‘कोभिड–१९ को प्रतिरोध गर्न खुला अन्तर्राष्ट्रिय सहकार्यमा पाँच वटा ब्रिक्स देशले उदाहरणीय भूमिका खेलेको’ बताएका हुन् ।
ब्रिक्स देशहरूभित्र खोपको उत्पादन प्रशस्त भइरहेको अवस्थामा स्वभावतः महामारी छिचोल्न कठिनाइ भोगिरहेका सदस्य देशलाई कसरी थप सहायता वा विज्ञता आदानप्रदान कसरी गर्न सकिन्छ भन्नेमा सबैको ध्यान गएको छ । उदाहरणको लागि ब्राजिलमा कोभिडको कारण मर्नेको सङ्ख्या ५ लाख ८४ हजार पुगेको छ । कोभिड–१९ को कारण मर्नेको सङ्ख्यामा संरा अमेरिकापछि ब्राजिलकै नाम आउने गरेको छ ।
कोभिड–१९ नियन्त्रण गर्न प्रत्यक्ष गतिविधिका अतिरिक्त ब्रिक्स समूहले समूहका बहुपक्षीय संरचनाको अविछिन्न विकासमाथि पनि छलफल गर्दै छ । सेप्टेम्बर २ मा साङ्घाइमा रहेको ब्रिक्सअन्तर्गतको नयाँ विकास बैङ्क (एनडीबी) ले पहिलोपटक ब्रिक्स सदस्यबाहेकका देशहरू बङ्गलादेश, संयुक्त अरब इमिरेट्स र उरूग्वेलाई बैङ्कमा सामेल गरेको छ ।
गैर–ब्रिक्स देशहरूको सदस्यताबारे प्रतिक्रिया दिने क्रममा बैङ्कका अध्यक्ष मार्कोस त्रोएजोले बैङ्कको विकास गर्ने आकाङ्क्षाबारे प्रस्ट पार्दै भने, “हामी परिपक्व र सन्तुलित ढङ्गले बैङ्कको सदस्यता विस्तार गर्नेछौँ ।” त्रोएजोले एनडीबीका नयाँ सदस्यले पूर्वाधार र दिगो विकासमा सहकार्य प्रबद्र्धनको लागि नयाँ दबु पाउने भन्दै ती नयाँ देशहरूलाई जोड दिएका छन् ।
सन् २०१५ मा स्थापना भएको त्यो बैङ्क वास्तवमा ब्रिक्सअन्तर्गतको सफल अनुभव हो । अहिले सो बैङ्कअन्तर्गत सबै सदस्य देशहरूमा ८० वटा भन्दा बढी परियोजना सञ्चालनमा छन् । ती सबै योजनाको कुल लागत ३० अर्ब अमेरिकी डलर बराबर छ । विद्युत्तीय अनुसन्धानदेखि ढलनिकास र सरसफाइसम्म, जलदेखि यातायातसम्मका क्षेत्रमा ती परियोजना लागु गरिएका छन् । ती परियोजनाको विकास र वृद्धिमा लगातार ध्यान दिइएको छ । यी लक्ष्यमा सफलताले समग्रमा ब्रिक्सका लक्ष्यलाई सफल बनाउन टेवा पु¥याउँछ ।
एनडीबीसँगै अघि बढेको निकाय हो, आपत्कालीन जगेडा कोष । यो एक प्रकारको वित्तीय सुरक्षा सञ्जाल हो । संरा अमेरिकाको बलियो प्रभावभन्दा यो बाहिरको संरचना हो ।
संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका अब बहुराष्ट्रिय मोर्चाहरूमा फर्केको घोषणा गरे पनि त्यो घोषणा खोक्रो सावित भएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले ब्रिक्स, युरोपेली सङ्घ, आसियान र टीपीपीजस्ता बहुपक्षीय सङ्गठनलाई लगातार संरा अमेरिकी विदेश विभागको स्वार्थको कोणबाट अन्तर्राष्ट्रिय व्यापार र कूटनीतिमा अवरोध पु¥याइरहेको छ ।
त्यही कारण भारतले बहुपक्षीय संस्थाहरूमा सुधारको प्रयासस्वरूप ब्रिक्सको समन्वयात्मक भूमिकाको उपयोग गर्न खोजेको छ । विश्व व्यापार सङ्गठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घलाई पनि यो छलफलको ढाँचाभित्र समेटिएको छ । ब्रिक्सले संसारको कुल जनसङ्ख्याको ४२ प्रतिशतको प्रतिनिधित्व गरेको छ । मोदी यो शक्तिलाई उपयोग गर्न खोजिरहेका छन् ।
भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले पन्ध्र वर्षको अनुभवसँगै ब्रिक्समा बढ्दो सहमति र परिपक्वताको चर्चा गर्दै ब्रिक्समा ‘विचारले आकार लिँदै गरको, विश्व दृष्टिकोणले मूर्त रूप लिन थालेको र जिम्मेवारीको भावना अझ बढेको’ बताएका छन् ।
संरा अमेरिकामाथिको केन्द्रियता न्यून रहेको बहुपक्षीय सङ्गठन बनाउन काम गर्नुपर्नेमा जोड दिंदै जयशङ्करले ब्रिक्सले खेल्नुपर्ने महत्वपूर्ण भूमिकामा जोड दिए । ‘प्रभुत्ववादको प्रतिरोध र सबै खालको बहुध्रुवीयताप्रतिको सिद्धान्तनिष्ठ प्रतिबद्धता’ ब्रिक्सको जन्मकुण्डलीमा यही लेखिएको छ ।”
संरा अमेरिकाले अलगावको पक्ष लिइरहेको परिस्थितिमा कोभिड–१९, आर्थिक पुनःस्थापना र विश्वव्यापी सुरक्षाका चुनौती सामना गर्दै गर्दा बहुपक्षीय संस्थाहरूको महत्व र अवसर अझ बढ्दै गएको छ । त्यस्ता संस्थाहरूबाट पाउन सकिने उपलब्धि सबै देशले हासिल गर्नुपर्छ ।
(लेखक लण्डनका स्वतन्त्र राजनीतिक टिप्पणीकार हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply