सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
प्योङयाङ, ९ नोभेम्बर । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापनाको ७३ वर्ष पुगेको अवसरमा संसारका विभिन्न देशका सरकार र राजनीतिक दलले कोरियाली मजदुर पार्टीका महासचिव तथा प्रजग कोरियाली सरकारका अध्यक्ष किम जङ उनलाई शुभकामना सन्देश पठाएका छन् । त्यस्तै प्रजग कोरियालगायत संसारका विभिन्न देशका अखबारमा प्रजग कोरिया स्थापना दिवसको शुभकामना दिन सम्पादकीय टिप्पणी प्रकाशित भएका छन् ।
चीनका राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले प्रजग कोरियाको ७३ औँ स्थापना दिवसको अवसरमा कोरियाली नेता किमलाई शुभकामना सन्देश पठाउनुभयो ।
सन्देशमा उहाँले कोरियाली मजदुर पार्टीले कोरियाली जनतालाई समाजवाको बाटोमा अघि बढ्न सङ्गठित गर्नुका साथै अथक सङ्घर्ष गरेको बताउनुभयो ।
उहाँले कमरेड र मित्रको रूपमा चीन प्रजग कोरियाको यो सङ्घर्षमा सधैं साथमा रहने बताउनुभयो ।
समाजवादी देश क्युवाका राष्ट्रपति तथा क्युवाली कम्युनिस्ट पार्टीका महासचिव मिगुएल मारिओ डाएज कानल बर्मुदेजले पनि प्रजग कोरियाली जनतालाई शुभकामना सन्देश पठाउनुभएको छ ।
शुभकामना सन्देशमा उहाँले सन् २०२१ प्रजग कोरिया र क्युवाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ वर्ष पुगेको स्मरण गर्दै मित्रता, सहकार्य र ऐक्यबद्धतामा आधारित सम्बन्ध आगामी दिनमा अझ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
निकारागुआका राष्ट्रपति डानिएल ओर्टेगा र उपराष्ट्रपति रोजारिओ मुल्लिलोले पनि प्रजग कोरिया स्थापना दिवसको अवसरमा शुभकामना सन्देश पठाउनुभएको ।
सन्देशमा उहाँहरूले दुई देशका नेताहरूबीच भएका विभिन्न भ्रातृत्वपूर्ण बैठकको स्मरण गर्दै नेता किम इल सङ र किम जङ इलका साथै प्रिय बन्धु किम जङ उनलाई सधैँ हृदयमा राख्ने बताउनुभएको छ ।
७३ औँ प्रजग कोरिया स्थापना दिवसको अवसरमा राजधानी प्योङयाङको किम इल सङ चोकमा भव्य अर्धसैनिक तथा सार्वजनिक सुरक्षा बलको परेड आयोजना गरिएको छ । सो क्रममा प्रजग कोरियाली राष्ट्रिय झन्डा प्रदर्शनका साथै विभिन्न सैनिक कला पनि देखाइएको थियो ।
प्रजग कोरियाको स्थापना दिवसको अवसरमा प्रजग कोरियामा कविता वाचन, कला प्रदर्शन, श्रमिक सम्मानलगायत विभिन्न गतिविधि भएको प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।
Leave a Reply